शुक्रबार, वैशाख ७, २०८१

गोपी सापकोटाको उपन्यास ‘काँचो कागज’ आउने

नेपाल प्लस२०७७ पुष १७ गते १३:५४

नेपाली कविता र नाटक बिधाका सशक्त हस्ताक्षर गोपी सापकोटाको नयाँ उपन्यास ‘काँचो कागज’ रहेको छ । ‘काँचो कागज’लाई काठमाडौंको कलम प्रकाशनले प्रकाशन गर्न लागेको हो । प्रकाशनले उपन्यासको कभर हालै सार्वजनिक गरेको छ ।

लेखक गोपी सापकोटाका चार वटा नाटक संग्रह, तीन वटा कविता संग्रह र एउटा बालकथा संग्रह प्रकाशित भइसकेका छन् । ‘काँचो कागज’ उनको पहिलो उपन्यास हो ।

उपन्यास ‘काँचो कागज’ प्रेम, आशक्ति र आध्यात्मको बिषयमा रहेको लेखक सापकोटाले बताए । उनले भने, ‘एउटा बेजोड कथाले घचघचाएपछि मैले उपन्यास नलेखी बस्नै सकिनँ । मलाई लाग्छ धेरै पाठकहरुले यो उपन्यासलाई मन पराउनु हुनेछ ।’

बिगत तीन दशकदेखि नेपाली साहित्यमा सक्रिय सापकोटाको लेखनमा नविनता पाइन्छ । नेपाली नाटकमा प्रयोगधर्मी नाटककारको रुपमा परिचित गोपीले उपन्यासमा के कस्तो प्रयोग गरेका छन् भन्ने हेर्नै बाँकी छ । उपन्यास ‘काँचो कागज’ केही हप्तापछि बजारमा आउने छ ।

सपकोटाको यस अघि एक अन्त्य एक सुरुवात- कविता संग्रह, पूर्णविराम- नाटक संग्रह, खरानी- नाटक संग्रह, कमिलाको सपना- बाल कथा संग्रह, कालो आक्रिती – कविता संग्रह, गुलाफको एस्ट्रेमा मृत्‍यु- कविता संग्रह, प्रेम कतिपय- नाटक, असुसाइड नोट- अंग्रेजी कविता संग्रह गरी आठ वटा कृती प्रकाशन भईसकेका छन् । उपन्यास विधामा सापकोटाले पहिलो पटक कलम चलाएका हुन ।

तपाइँको प्रतिक्रिया