शुक्रबार, चैत १६, २०८०

ईयुबाट बेलायतको प्रस्थान- विवाद, वास्तविकता र सपनामा बेलायत : मेडिया रिपोर्ट

नेपाल प्लस२०७७ पुष १८ गते १:३०

बेलायती जनता र राजनितिज्ञहरुलाई युरोपेली युनियनबाट बेलायत बाहिरिनुपर्छ भन्ने अनुभूति भएपछि बेलायती प्रेसहरुपनि नयाँ युगमा फर्किएका छन् । अब उनीहरुले बेलायतको स्पष्ठ धारणा खोज्ने छन् । तर युरोपेली खुला बजारबाट बाहिरिएसँगै प्रमुख बेलायती अखबारहरु बेलायतको निर्णयबाट खासै खुसी देखिएका भने छैनन् ।

“हाम्रो भविष्य, हाम्रो ब्रिटेन, हाम्रो नियति” दैनिक एक्सप्रेसको शीर्षकमा ब्रिटिश झण्डाको फोटोसहित उल्लेख छ । स्वतन्त्रता भन्ने शव्द प्रयोग गरिएको छ । ब्रेक्जिटको समर्थक यो पत्रिका रूढीवादी दैनिकको रुपमा परिचित छ । यो नयाँ वर्षले “बेलायतको पहिलो स्वतन्त्रता दिवस” ​​लाई इंगित गर्छ भन्दै यो दैनिकले उल्लेख गरेको छ । उसले यस्तो उल्लेख गर्नुको एउटै आधार छ, बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले ब्रेक्जिट अगाडि दिएको शुभकामना ।

बोरिस जोनसनले आफ्नो भाषणमा युरोपेली युनियनबाट बाहिरिएपछि बेलायतलाई सफलताका पहाड र आश्चर्यजनक काम गर्ने प्रतिज्ञा गरेका थिए । उनले विशेष गरी बेलायतलाई नवीकरणीय उर्जाको च्याम्पियन बनाउने, वैज्ञानिक अनुसन्धानको “महाशक्ति” मा परिवर्तन गर्ने बचन दिएका थिए । तर विश्वप्रसिद्द ‘टाईम्स म्यागाजिन’ ले भने जोनसनको भनाईलाई “एक अविश्वसनीय भविष्य” भनेको छ । ब्रेक्जिटपछि बेलायतको भविष्य उति विस्वास गर्न नसकिने टाईम्सले उल्लेख गरेको छ ।

बेलायतको प्रसिद्द पत्रिका द गार्जियनले भने ईयुबाट बाहिरिने बेलायतको निर्णय गर्व गर्न लायक नभएको उल्लेख गरेको छ । पत्रिकाले निकट भविष्यमा बेलायतको लागि के हुने भन्ने प्रश्न उभिएको उल्लेख गरेको छ । सधैं प्रतिपक्ष वा लेफ्टविङका रुपमा रहँदै आएको यो पत्रिकाले ‘ब्रेक्जिट दुखद गल्ति’ भनेर उल्लेख गरेको छ । उसले सोधेको छ “के कारणले हाम्रो देशले युरोपेली संघ छोडेको हुनसक्छ?”

युरोपमा बेलायती संलग्नताबारे अतिवादी धार समात्नु, राजनितिक बिभाजन, मेडियाको पूर्व निर्धारित स्वार्थपूर्ण भूमिका आदिको कारणले गर्दा ब्रेक्जिट भएको र यो गलत वास्तविकताको सामना बेलायतीले गर्नुपरेको उल्लेख गरेको छ ।

यो अखवार आउँदै गरेको अवस्था बारे चिन्तित देखिन्छ । फ्रान्ससित समुद्री सिमा जोडिएको डोभरका बारेमापनि चिन्ता थपिएको उल्लेख गरेको छ । युरोपेली महाद्वीपबाट बेलायत आयातका लागि मुख्य बन्दरगाह हो बेलायतको डोभर र फ्रान्सको काले । बेलायत इयुबाट बाहिरिएकै दिन सडक खाली थियो । द गार्जियनका अनुसार जनवरीको मध्यदेखि सिमामा ट्रकहरुको लाम लाग्नसक्छ । एकोहोरो बन्दरगाह नियम र भन्सार नितिले बेलायतबाट युरोप छिर्ने फ्रान्सको मूल मार्ग कालेमा समस्या देखिने छ । पहिलेको स्वतन्त्र खुला सिमा अब आआफ्नै नियम अनुसार बन्द र खुला हुनेछन् । अब दुबै तर्फबाट धेरै नियम र सिमाहरुको आदर, पालना गर्नुपर्ने छ । जुन झन्झटिलो, लामो, महँगो र कठिनपूर्ण हुने छ ।

स्कटल्याण्डको राष्ट्रिय दैनिक ‘द नेशनल’ ले स्कटल्याण्ड ब्रेक्जिटको बिरुद्द रहेको उल्लेख गरेको छ । यो पत्रिकाले फेरि ब्रसेल्ससित भेट हुने भन्दै उल्लेख गरेको छ ‘हाम्रो ब्रसेल्ससित फेरि छिट्टै भेट हुने छ ।”

फ्रान्सेली पत्रपत्रिकालेपनि ब्रेक्जिटलाई मुख्य शिर्षक बनाएका छन् । फ्रान्सको प्रसिद्द ‘ल लेबरास्योँ’ दैनिकले ‘द ईन्ड (अन्त)’ भन्दै मुख्य शिर्षक बनाएको छ । साँढे चार वर्षदेखि हात धोएर लागेको नाटक अन्त्य भएको अखवारमा उल्लेख छ । लेबरास्सियोंको सम्पादकियमा उल्लेख छ ‘बेलायतले अब महसुस गर्ने छ कि युरोपेली युनियनमा बसेर केकति फाईदा र सहुलियत लिएको थियो । आफ्नो यथार्थतामा फर्किने अवशर हो यो बेलायतकालागि ।”

बेलायत बाहिरिएसँगै स्वतन्त्र आन्दोलनको अन्त्य, विद्यार्थीहरूको लागि इरास्मस कार्यक्रमको अन्त्य हो । यो विध्यार्थी कार्यक्रमबाट बेलायतले धेरै सहुलियत लिएको थियो । युरोपियन बासिन्दाहरूको लागि पनि स्थिति परिवर्तन भएको अवस्था हो ब्रेक्जिट ।

युरोपसितको संवन्ध धेरैले राम्रो राख्न चाहेका छन् । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनकै पिता स्टेन्ली जोन्सननै युरोपेली युनियन्सितको संवन्ध राम्रो राख्न चाहेको बतएका छन् । फ्रान्सको आर टि एल रेडियोलाई अन्तर्वार्ता दिँदै जोनसनका पीताले नै फ्रान्सको नागरिकता लिने चाहना ब्यक्त गरेका छन् । हाल ८० वर्षको उमेरमा रगतका नाताले फ्रान्सेली नागरिकता लिने प्रोसेस शुरु गरेको बताएका छन् । “मेरा मावली हजुर बा हजुर आमा फ्रान्सेली थिए । फ्रान्ससित हाम्रो रगतको नातो छ । युरोपेली युनियनसितको नाता राख्नपनि फ्रान्सेली नागरिकताको हामीलाई अधिकार छ । बेलायतीले हामीलाई अचम्मित पार्न छोडेका छैनन् ।” फ्रान्सेली रेडियोसित उनले भनेका छन् ।

यहि विषयसित संवन्धित अन्य रिपोर्टपनि हेर्नुस्

बेलायती प्रधानमन्त्रीका पिताद्वारा फ्रान्सेली नागरिकता माग

युरोपेली युनियनबाट बेलायत बाहिरियो : युनियन र बेलायत कसलाई कति घाटा ?

फ्रान्स र बेलायतबिच पानी र माछामा झगडा : के हो वास्तबिक लडाइँ ?

तपाइँको प्रतिक्रिया

फेसबुक