शुक्रबार, वैशाख १४, २०८१

कोरोना नियन्त्रण गर्न अग्रपंक्तिमा लड्ने ४००० सम्मानित

नेपाल प्लस२०७७ पुष १८ गते १५:२८

कोरोना भाईरस संक्रमणलाई रोक्न अग्रमोर्चामा खटिने चार हजार सेवक, कर्मचारीलाई फ्रान्स सरकारले सम्मानित गरेको छ ।

शुक्रवार सन् २०२१ को पहिलो दिन तिनलाई सम्मान गर्न र अग्रज मोर्चामा बसेर कोरोना भाईरस बिरुद्द लड्न खटिँदाखटिँदै ज्यान गुमाउनेलाई श्रद्दान्जली दिन कार्यक्रम आयोजना गरिएको थियो । कोरोना बिरुद्द खटिएका चार हजारलाई लिजियोँ अफ अनर पदले सम्मानित गरिएको हो । तिनको पदोन्नतीसमेत गरिएको छ । कोरोना भाईरसका बिरुद्दको सेवामा खटिएका ४० जना सेवा गर्दागर्दै कोरोनाका कारण ज्यान गुमाएका छन् । तिनलाई म्रित्यु पर्यान्त दिईने पोस्थुमले सम्मानित गरिएको छ ।

ति ४००० मध्ये धेरै ब्यक्तिले कतिँकतै नदेखिईकन, कतै चर्चामा नआइकनै कोरोना भाईरसबिरुद्द आम नागरिकलाई जोगाउन बहादुरीपूर्ण काम गरेको भन्दै तिनलाई पदोन्नती र सम्मानित गरिएको हो ।

ति चार हजारमा सरकारी रेल सेवा एस एन सि एफ, ब्रिद्दाश्रम, सरकारी र निजि अस्पताल, प्राविधिक, सामान ओसारपसार गर्ने चालक, हेलिकप्टर चालक र कर्मचारी, चिकित्सा क्षेत्रका अन्य कर्मचारी, सेना र प्रहरी, एम्बुलेन्स चालक, बैज्ञानिक, ब्यवस्थापक, सुसारेलगायत विभिन्न क्षेत्रबाट छनौट गरिएको उल्लेख छ ।

तपाइँको प्रतिक्रिया