शनिबार, वैशाख ८, २०८१

कोरोनाकालमा लुकुलुकि २५०० को भोज : प्रहरीद्वारा हस्तक्षेप, सयौंलाई जरिवाना

नेपाल प्लस२०७७ पुष १८ गते १८:०४

फोटो- लेस्त रेपुब्लिकाँ

फ्रान्सको उत्तरपश्चिममा रहेको विश्वविध्यालय शहर भनेर चिनिने रेनमा अवैध रुपमा आयोजित नववर्षको भोजमा प्रहरीले हस्तक्षेप गरेको छ । भोज शुरु भएको ३६ घण्टापछि बल्ल गृहमन्त्री जेराल्ड डरमानिनले आज शनिबार ट्वीट मार्फत सार्वजनिक गरे । कोरोना भाईरस रोकथामका का नियमहरुलाई नयाँ वर्षको भोजमा करिब २५ सय मानिस भेला भएका थिए ।

कोरोना भाईरस रोकथामका नियमहरु पालना नगरेको अभियोगमा भोजमा सहभागि मध्ये १२०० लाई मास्क नलगाएको र गैह्र कानुनीरुपमा भोजमा सहभाहि भएको आरोपमा जरिवाना लगाइएको छ । सहभागि मध्ये पाँच जना पक्राउ परेका छन् ।

भोजमा चर्कोसित संगित बजाउन प्रयोग गरिएको साउन्ड बक्स र जेनेरेटर बरामत गरिएको ग्रिहमन्त्रीले बताएका छन्

भोज ब्रिटानी स्थित रेन शहरको लिउरोनमा आयोजित थियो । शुक्रवार भोज रोक्न प्रहरीले हस्तक्षेप गरेको थियो । त्यस क्रममा प्रहरी र सहभागिबिच झडप भएको थियो । सहभागिले प्रहरीमाथि आक्रमण गरेका थिए । तिनलाई हस्तक्षेप गर्न प्रहरीले भोज आयोजित क्षेत्र वरिपरि घेरा हालेको थियो ।

फोटो- फ्रँस ब्लु

स्थानीय प्रहरीका अनुसार सहभागिहरुले प्रहरीलाई शत्रुतापूर्ण ब्यवहार गरेका थिए । प्रहरीलाइ त्यहाँबाट हटाउन खोज्दा प्रहरीको कारमा आगो लगाउनुका साथै सिसाका बोत्तल र ढुंगा प्रहार गरेका थिए । सहभागिको आक्रमणमा परि केहि प्रहरी घाइते भएका छन् ।

भोज आयोजित ठाउँमा पुग्नु अघि सहभागिहरु अन्यत्र जम्मा भएका थिए । सहभागीहरूले एएफपीलाई सुनाए अनुसार पार्टीमा स्पेन र बेलायतका नागरिकहरू थिए । प्रहरीहरुले त्यस घटनाको अनुसन्धान शुरू गरेका छन्, जसमा अधिकारप्राप्त वा जिम्मेवारि लिएका व्यक्तिहरूसमेत त्यसमा सहभागि हुन सक्ने र तिनलाई हिंसाको आरोप लगाउन सकिने छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक