शुक्रबार, वैशाख ७, २०८१

बेलायतमा खोपको अभाव : खोपको रणनिति बदलियो, दोस्रो खोप पाए दिने, नपाए अनिस्चित

नेपालप्लस स्वास्थ्य संवाददाता२०७७ पुष १९ गते ०:५८

फोटो- च्यालेन्ज डट एमए

कोरोना भाइरस विरुद्ध खोप अभियान आरम्भ गर्ने पहिलो पश्चिमी देश बेलायतले खोप लगाउने रणनितिनै परिवर्तन गरेको छ । उसले पहिलो खोप लगाउनेलाई तिन हप्तामा दिनुपर्ने दोस्रो मात्रा नराखि ति खोप अन्य नागरिकलाई लगाउने रणनिति बनाएको हो । दोस्रो खोपको लागि राखिएको ब्याचहरू भण्डारण गर्नुको सट्टा उसले सकेसम्म धेरैलाई खोप लगाउने रणनिति बनाएको छ ।

सकेसम्म धेरै संख्यामा एउटा खोप लगाउने कि प्रयोगशालाहरुले सिफारिस गरेअनुसार दुई खोप लगाउने ? अझ गम्भिर अवस्था भनेर पहिचान गरिएकालाई झन के गर्ने ? पछिल्लो समयमा बेलायतमा कोरोना भाईरसको बदलिएको रुप (उत्परिवर्तित) ले ठूलो संख्यालाई संक्रमित पारेपछि बेलायतले खोपको रणनिति बदलेको हो । तिन हप्तापछि हेरौंला, अहिले भएका खोप एक मात्रा भएपनि धेरैलाई दिउँ, के न केहि त रोक्ला भन्ने मानसिकताले यस्तो रणनिति बनाएको देखिन्छ ।

यो महामारीले ७४ हजार भन्दा बढि नागरिकको ज्यान लिइसकेकोले पनि बेलायत आत्तिएको छ । कोरोना भाइरस बिरूद्ध खोप अभियान सञ्चालन गर्ने विश्वका पहिलो राष्ट्रहरु मध्ये एक थियो र तुरुन्तै फाइजर-बायोएनटेकको खोप अधिकृत गर्ने पहिलो देश हो बेलायत । त्यसपछि एस्ट्राजेनेका र अक्सफोर्ड विश्वविद्यालयले निकालेका खोपपनि उसले स्विक्रित गरिसकेको छ ।

यी खोप एक ब्यक्तिलाई तिन हप्ताको अन्तरालमा दुई पटक दिनुपर्छ । तर भाइरसको रुप धेरै संक्रामक देखिएपछि दबाबमा परेको बेलायत सरकारले भण्डारमा भएजति खोप सकेसम्म धेरै नागरिकलाई दिने सोच बनाएको हो । त्यसैले फाईजर र बायोएनटेक खोपको सबै खुराक वितरण गरेर यसको रणनीति बदल्ने वा पुनरावलोकन गर्ने निर्णय बेलायतले गरेको छ । यसोगर्दा धेरै ब्यक्तिमा खोप लगाउन सकियोस । अन्तिम खोप कहिले दिने बायोएनटेक र फाइजरको बितरणमा निर्भर गर्ने छ । बेलायत सरकारले सोचे र माग गरे बमोजिम तिनले दोस्रो मात्राकालागि लाखौं लाख खोप तत्कालै दिन नसक्ने विशेषज्ञहरुको भनाई छ ।

तर बेलायतले भने ‘अहिले भण्डार गर्नुभन्दा भएका खोप सकेसम्म धेरैलाई दिईहालौं, १२ हप्तासम्ममा त कुनै न कुनै कम्पनीको खोप जोहो गरौंला, वा जे पर्छ त्यहि बेला हेरौंला’ भन्ने हचुवा रणनिति अँगालेको छ । फ्रान्सेली विशेषज्ञको भनाईमा ‘बेलायतले भविष्यमा हेरौंला, तत्कालको अप्ठेरो टारिहालौं’ भन्ने कुनैपनि बैज्ञानिक तथ्यसित मेल नखाने बाटो रोजेको छ ।

दोस्रो मात्राको खोप दिँदा एउटै कम्पनीको दिनुपर्नेमा जुन कम्पनीको पाइन्छ त्यहि खोप दिने योजना बेलायतले बनाएको छ । त्यसो गर्दा केहि शर्तहरु पालना गरिने बताइएको छ । तर यसमा बैज्ञानिक तथ्य र प्रभावकारिता सुनिस्चित हुन नसक्ने संभावना रहेको बताइएको छ । प्रयोगशालाले सिफारिस गरेभन्दा फरक के शर्त हुन् भन्ने बेलायत सरकारले स्पष्ठ खुलाएको छैन ।

बेलायत सरकारले सार्वजनिक गरेको आधिकारिक रिपोर्टमा “उही खोप उपलब्ध छैन वा यदि लगाएको खोपको पहिलो उत्पादन अज्ञात छ भने दोस्रो खोपको प्रक्रिया पूरा गर्नका लागि स्थानीय रूपमा उपलब्ध उत्पादनको एक खुराक प्रस्ताव गर्नु उचित हुनेछ” भन्ने उल्लेख गरेको रोयटर्स न्युज एजेन्सीले जनाएको छ ।

यता फ्रान्सले भने प्रयोगशालाको सिफारिस बिरुद्द कुनैपनि रणनिति नबल्ने स्वास्थ्य सेवा बिभागले उल्लेख गरेको छ । फ्रान्सले पहिलो खोप दिएको तिन हप्तामा दोस्रो खोप दिने स्पष्ठ पारेको छ भने बेलायतले १२ हप्तासम्ममा दिने भन्ने उल्लेख गरेको छ । विशेषज्ञहरुले यसरि खोपलाई प्रयोगशालाको सिफारिसबिरुद्द दिन नहुने भन्दै बेलायती रणनितिको तिब्र आलोचना शुरु गरेका छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक