शुक्रबार, वैशाख १४, २०८१

कार्यक्रम नसकिँदै असन्तुष्ट बनेर बाहिरिए वरिष्ठ नेता पौडेल

नेपालप्लस समाचारदाता२०७७ पुष १९ गते १:१६

नेपाली जनसंपर्क समिती बेल्जियमले गरेको एउटा अन्तर्कृया कार्यक्रमबाट प्रमुख अतिथी रहेका रामचन्द्र पौडेल कार्यक्रम नसकिँदै बाहिरिएका छन् । उनी उद्घोषकको प्रस्तुतिमा असन्तुस्ट भएर बाहिरिएका हुन् ।

जनसंपर्क समितिले शनिबार गरेको ‘बीपीको मेलमिलाप र आजको सान्दर्भिकता’ कार्यक्रमका प्रस्तोताले अतिथीहरुलाई आशनग्रहण गराउने क्रममा धादिङका बद्री अर्याललाई जनसंपर्क विभागको केन्द्रिय सदस्यको रुपमा आशनग्रहण गराएपछी प्रमुख अतिथी पौडेल असन्तुष्ट बनेका थिए । एक सहभागीका अनुसार प्रमुख अतिथी पौडेलले नेपाली कांग्रेसमा कुनै विभाग नरहेको भन्दै आपत्ति जनाएका थिए । कार्यक्रम प्रस्तोताले पुन: उनै अर्याललाई जनसंपर्क समिती विभागको केन्द्रिय सदस्यको रुपमा मन्तब्यका लागि आग्रह गरेपछी पौडेल कार्यक्रम छोडेर बाहिरिएका हुन् ।

वरिष्ठ नेता पौडेलको यस्तो ब्यवहारले अधिकांश जनसंपर्क समितिका अध्यक्षहरु असन्तुष्ट बने जो आफ्ना कुराहरु वरिष्ठ नेताले सुन्ने गरी राख्न चहान्थे ।

आठ महिना अघि सभापति शेरबहादुर देउवाले बिधानत: रहेका ४७ वटा विभाग मध्ये १५ विभागहरु गठन गरेपछी पौडेल पक्षले महाधिवेशनको पुर्वसन्ध्यामा गठन गरिएका विभागहरु अमान्य बताउँदै बिरोधमा उत्रिएका थिए । सभापतिले बिना कुनै छलफल र सल्लाह एकतर्फी रुपमा विभाग गठन गरेर पार्टीलाई तहसनहस पारेको आरोप लगाएका पौडेल त्यतिबेला भएका दुई वटा केन्द्रिय समितिका बैठकमा समेत अनुपस्थित बने । तर, पछी अरु विभागहरु गठन गर्दा छलफल र दुबै पक्षको सल्लाहमा गर्ने सहमती भएको थियो । त्यसपछी पौडेल केन्द्रिय समितिका बैठकहरुमा उपस्थित हुन थालेका हुन् ।

शनिवार भएको अन्तर्कृया कार्यक्रम नसकिँदै पौडेल बाहिरीनु मेलमिलाप नितिकै बिरुद्दमा रहेको कतिपयको भनाइ छ । तर आयोजक नेपाली जनसंपर्क समिति बेल्जियमका अध्यक्ष तथा अन्तर्कृया कार्यक्रमका सभापति सिता सापकोटाले भनेकी छन- कार्यकर्ताले चाहेजस्तै सबै कुरा नेताहरुले नबोल्न पनि सक्छन् । र कार्यकर्ताका सबै ब्यवहार नेताहरुलाई मन नपर्ने खालका पनि हुन सक्छन् । सानातिना कमिकमजोरी नेता कार्यकर्ता सबैका हुन सक्छन् । तथापी कार्यक्रम भव्य रुपमा सफल भएको छ । र उपल्ब्धीमुलक भएको छ ।

तपाइँको प्रतिक्रिया