बिहीबार, वैशाख १३, २०८१

बायोटेकले युरोपमा खोप उत्पादन तिब्रताका साथ बढाउने

नेपाल प्लस२०७७ पुष १९ गते १४:२४

युरोपमा कोरोना भाईरसको प्रकोप झन झन बढ्दै गएपछि खोप उत्पादन गर्ने जर्मनीको बायोएनटेकले खोप उत्पादनलाई तिब्र पार्ने भएको छ । कोरोनाका रुप बदलिँदै संक्रमण बढ्न थालेपछि खोपको आवस्यकता र मागसमेत बढेको छ । जनस्वास्थ्यलाई ख्याल गरेर खोप छिटो उपलब्ध गराउनुपर्ने निर्णयमा पुगेपछि बायोएनटेकले खोप उत्पादन गर्ने शाखाहरुपनि थप्ने भएको हो ।

बायोटेकले युरोपमा कोभिड १९ बिरूद्ध यसको खोपको उत्पादन द्रुत गतिमा बढाउने योजना बनाएको बायोएनटेकले पत्रकार समेलन गर्दै सार्वजनिक गरेको हो । अन्य स्विकृत खोपहरूको हाल अभाव रहेकाले त्यसको खाँचो टार्न जर्मन फर्मका नेत्रित्वकर्ताहरु अघि सरेका हुन् ।

जर्मन कम्पनी बायोएनटेकले अमेरिकी साझेदार फाइजरको सहयोगमा युरोपलाई लक्षित गरि फेब्रुअरीमा नयाँ निर्माण इकाई चलाएर यसको उत्पादन दर बढाउने योजना बनाएको छ । ‘हाम्रो यो लक्ष्य महाद्वीपमा खोपको अभाव पुरा गर्नु हो’ बायोटेकका एक सहनिर्देशकले जर्मन प्रेसलाई भने ।

“हालको अवस्था राम्रो छैन । अन्य स्वीकृत भ्याक्सिनहरूको अभाव छ । हामीले त्यो अभावलाई खोप उत्पादन बढाएर भर्नु आवश्यक छ” बायोटेकका सहनिर्देशक युगुर साहिनले मेडियासित भने ।

बायोटेकले फेब्रुअरीमा मारबर्ग (जर्मनी) मा नयाँ निर्माण इकाई चलाउने योजना बनाएको र अपेक्षाभन्दा धेरै अगाडि बढिसकेको उनले बताए । २०२१ को पहिलो आधा समयभित्र २५ करोड खोप थप प्रदान गर्ने उल्लेख गरे ।

जर्मन स्वास्थ्य मन्त्री जेन्स स्पानले हालसलै घोषणा गरेका थिए कि यस प्लान्टले फेब्रुअरी वा मार्चको आसपासमा उत्पादन सुरु गर्ने उद्देश्य राखेको छ । बायोटेकले स्वीस फार्मेसी कम्पनी नोभार्टिसबाट अधिग्रहण गरेको हो । यसले पुर्समा बेल्जियमको प्लान्टलाई अझ मजबुत बनाउनेछ जहाँ ईयुको लागि निर्धारण गरिएको ब्याच उत्पादन गरिन्छ ।

बायोटेकका सह-संस्थापक इज्लेम तुरेसी (जो युगुर साहिनकी श्रीमती पनि हुन्) ले स्पीगल साप्ताहिकसित भनिन् “कम्पनीले उत्पादन बढाउन युरोपका औषधि उत्पादक कम्पनीहरूसँग सम्झौता पनि गरेको छ । अन्य विशेष कम्पनीहरूसँग खोप उत्पादन बढाउन वार्ता जारी छ ।” खोप कति उत्पादन गर्न सकिन्छ भन्ने कुरो जनावरीको अन्त्यसम्म जानकारि दिन सकिने युगुर साहिनले बताएका छन् ।

तपाइँको प्रतिक्रिया