शुक्रबार, वैशाख १४, २०८१

नेपालप्लस समाचार प्रभाव : नेपाल वायुसेवाको मलेशिया कार्यालयका कर्मचारी फिर्ता बोलाइए

नेपालप्लस समाचारदाता / काठमाडौं२०७७ पुष १९ गते १८:११

गत बुधवार मलेशियाबाट काठमाडौं आएको एनआरए न्यारो बडी विमानमा कोरोना पोजेटिभ यात्रुलाई उडान भराउने मलेशियास्थित नेपाल एयलाइन्सका तीन जना कर्मचारीलाई निगमले कारवाही गरी फिर्ता बोलाएको छ । मलेशियामा रहेका निगमका कन्ट्री मेनेजर नरेश श्रेष्ठ, विमानस्थल प्रमुख युवराज आचार्य र फाइनान्स प्रमुख ईन्द्र थापालाई काठमाडौं बोलाइएको हो ।

गत पुष १५ गते नेपालप्लसमा ‘अन्तर्राष्ट्रिय उडानका यात्रु चार घण्टा उभिएको उभियै : एउटा कोरोना पोजेटिभका कारण ५४ यात्रु क्वारेन्टाइनमा‘ शिर्षकमा समाचार प्रकाशित भएपछि निगमले हाल ति कर्मचारीमाथि कारवाहि अगाडि बढाएको हो ।

गत बुधवार कोरोना पोजेटिभ रिपोर्ट साथमा लिएर आएका यात्रु बिकास प्रशाद गुप्ता त्रिभुवन विमानस्थलमा ओर्लेएपछि सँगै उडानमा आएका अन्य ४५ जना यात्रुलाई क्वारेन्टाइनमा राखिएको छ । यो घटनापछी उडानमा हदैसम्मको लाहपरवाही भएको बताउँदै आफ्ना तिनै जना कर्मचारीलाई तत्काल फिर्ता बोलाइएको निगमले जनाएको छ ।

निगम श्रोतका अनुसार क्वारेन्टाइनमा रहेका अन्य ४५ यात्रुको क्वारेन्टाइन खर्च र स्वास्थ्य परिक्षाणको खर्च यि तीन जनाबाट असुलउपर गरिने छ । उक्त बिमानमा आएका मध्ये ४५ जना यात्रुलाइ बुधवार देखिनै गौशालाको होटल रोयल कुसुम र त्यहिँकै अर्को होटल बाल्टिकमा राखिएको छ । निगम र नागरिक उड्डयन प्राधिकरणका कर्मचारीहरुले भने मलेशियाबाट तीन जना कर्मचारीलाई फिर्ता बोलाएर मात्र यो घटनाको औचित्य पुष्टी नहुने बताएका छन् ।

उड्डयनका एक जना वरिष्ठ अधिकारी भन्छन- यो सामान्य घटना होइन । यो घटनामा तीनजना कर्मचारीलाई मात्र जोडेर हेरियो भने अन्याय हुन्छ। छानविनको दायरा बढाउनु पर्दछ । यो घटनामा निगमले नभइ मन्त्रालयले छानविन गर्नुपर्दछ र महाप्रवन्धक डिम प्रकाश पौडेल सहित कमर्सियल डाइरेक्टर टंकनिधी दाहाल समेत अनुसन्धानको दायरामा आउनु पर्दछ ।

घटना भएको भोलीपल्ट (गत बिहीवार) महाप्रवन्धक पौडेल, उपप्रबन्ध निर्देशक गणेश चन्द र कमर्शियल डाइरेक्टर दाहाल रहेको पोस्टिङ कमिटिले १५ दिन भित्र फिर्ता आउन आफ्न कर्मचारीलाई पत्र काटेको छ । तर कमर्सियल डाइरेक्टर दहालले आफू मातहतका कर्मचारीलाई कारबाही गर्ने क्रममा मौनता साँध्दै सकेसम्म बचाउका पक्षमा आफ्ना धारणा राखेका थिए । र क्वारेन्टाइनमा राखिएका यात्रुको सम्पूर्ण खर्च कारवाहीमा परेका कर्मचारीबाट भराउने कुराको बिरोधमा थिए ।

खासमा बाहिरी दवाव नभएको भए ति तीनै जना माथि कुनै कारवाही हुने थिएन- निगमका एक कर्मचारीले भने । यो घटना जति सामान्य रुपले लिईएको छ, त्यति सामान्य होइन । त्यसैले प्रश्न ति तीनजना माथि मात्रै होइन महाप्रवन्धक र कमर्सियल डाइरेक्टर माथी पनि उठेका छन्- ति कर्मचारी भन्छन् । यो बिषयमा मन्त्रालयले छानविन गर्नुपर्दछ ।

यसैसित संवन्धित अघिल्लो समाचारपनि हेर्नुस्

अन्तर्राष्ट्रिय उडानका यात्रु चार घण्टा उभिएको उभियै : एउटा कोरोना पोजेटिभका कारण ५४ यात्रु क्वारेन्टाइनमा

तपाइँको प्रतिक्रिया