सोमबार, वैशाख ६, २०७८

भारत जाने फ्रान्सेली र पेरिस घुम्ने जापानीहरु अनौठो रोगका शिकार

नेपालप्लस विशेष संवाददाता२०७७ पुष २२ गते २०:५२

यात्रा शारीरिक मात्र हुँदैन । केहि पर्यटकहरुको लागी एक मानसिक कुरापनि हो । शरिरको आन्तरिक शुद्दिकालागि पनि हो । शरिरको आन्तरिक भागसित जोडिएको पक्ष हो । भावनात्मक कुरो पनि हो यात्रा र घुमघाम । कहिलेकाहिँ यात्रा रोमान्चक, उल्लासमय, आनन्दित र रमाईलोकालागि नभएर जब भावनात्मक रुपमा अत्यन्तै शक्तिशाली हुन्छ त्यसले पर्यटकहरूलाई पूर्ण रूपमा खत्तम पारिदिनसक्छ । केहि ठाउँको सौन्दर्यले, धार्मिक अवस्थाले केहिलाई नराम्रो लाग्छ । घुमेका ठाउँको अनेक स्वरुप, रुप, बनावट, अवस्था जुन सोचे अनुरुप नभएर मानसिकरुपमा चोट पार्ने वा अप्रत्याशितरुपमा असोचनिय भैदिन्छ त्यसैले पर्यटकको मानसिकतामै चोट पारिदिन्छ । आघात बनाउँछ । त्यसैलाइ सजिलो रुपमा ‘ट्राभलर सिन्ड्रोम’ भन्छन् चिकित्सकहरु ।

“ट्राभलर सिन्ड्रोम अस्थायी मनोवैज्ञानिक बेमेलहरूसँग मेल खान्छ जुन केही व्यक्तिले आफ्नो यात्राको बारेमा विचार गरेजस्तो, आशा गरेजस्तो, सुनेजस्तो वा ब्याख्या गरेजस्तो र वास्तविकतामा एकदम ठूलो भिन्नता पाउँछन् । त्योबेला केहि मानिसमा अल्पकालिन भएपनि मानसिक असर पर्नसक्छ ।” पेरिसको सि एच यु आभिसेन अस्पतालका पर्यटकहरुलाई स्वास्थ्य सुझाव दिने प्रोफेसर ओलिभिय बुशो भन्छन् ।

उनका अनुसार ति लक्षणहरू विरलै देखिन्छन् । कतिपयलाई खुट्याउन र छुट्याउनपनि मुस्किल परेको हुन्छ । ति विविध खाले छन् । ती सबैलाई एउटै सिन्ड्रोम मुनि समूहीकृत गर्न गाह्रो छ । पर्यटकहरुका प्रमुख केहि सिन्ड्रोम यस्ता छन् –

स्टेन्धलको सिन्ड्रोम

यो खालको सिन्ड्रोम त्यस्ता पर्यटकमा देखिन्छ जो आफ्नै देशको जस्तो संस्कृतिबाट आएको हुन्छ । त्यसैले यो साँस्कृतिक  भिन्नताले गर्दा ल्याएको विकार वा असर होइन । यो बरु भावनात्मक आघात हो जसलाई सौन्दर्यको अत्यधिकताले प्रतिनिधित्व गर्दछ र यसले असहज भावनालाई उत्प्रेरित गर्दछ। ईटालीको फ्लोरेन्स, भेनिस जस्ता शहरहरूमा यस्तो अवस्था देखिएको छ । कुनै व्यक्ति कलात्मक सुन्दरताप्रति जति बढि संवेदनशील हुन्छ, कला र इतिहासमा जति ज्ञान हुन्छ त्यति नै उसले यसको सूक्ष्मताहरू बुझ्न सक्छ । जब आफू पुगेको शहरमा सुने अनुसार पाउँदैन, देख्दैनन्, भएको भन्दा बढि प्रचार गरिएको भेउ पाउँछन्, अतिशयोक्ति प्रचारले गर्दा ठगिएको, वास्तविकताभन्दा बढि गुणगा गाएको थाह हुन्छ ति ‘सक’ मा परेर उनीहरुले यो सिन्ड्रोमको सामना गर्नुपर्छ ।

जेरूसलम सिन्ड्रोम

सामान्यतया जुन धार्मिक वा रहस्यमय कारणहरू सुनेर यात्रालाई प्रेरणा दिए, धार्मिक वनावट, संरचना र एकदमै रहस्य र कौतुलपूर्ण लाग्ने कुरा जसले सुनेका हुन्छन् दुर्भाग्यवस, जब घटनास्थल पुग्छन् त्यो पाउँदैनन् । आशा गरे अनुसार सत्यता भेटिन्न । अनपेक्षित भैदिन्छ । त्यसपछि सोचिए अनुसार नपाउँदा वा आशामा तुसारापात हुँदा तिनमा जेरुसलेम सिन्ड्रोम देखापर्छ । “यो परिवर्तनले पर्यटक वा तीर्थयात्रीहरूलाई अवमूल्यनको भावनामा डुबाइदिन्छ” प्रोफेसर बुशा टिप्पणी गर्छन् । तिनीहरूले त्यसपछि आफ्नो शरीर शुद्ध गर्न वा बिचलित मनलाई शान्त पार्नुपर्ने बढी महसुस गर्न थाल्छन् ।

ईन्डिया सिन्ड्रोम

प्राध्यापक बुशाका अनुसार यो जेरूशलेम सिन्ड्रोमको एकदम नजिक छ । यो त्यस्ता अप्ठ्यारा मानिसहरूमा देखिन्छ जसले भारतीय रहस्यवादको आशा पत्ता लगाउँदैनन् । जब भारत पुग्छन् सडकमा मागेको, आमाले साना बच्चा काखीमा चेपेर रुँदै एक छाक खानाको याचना गरेको देख्छन् । हात, गोडा र टाउकामा चोट लागेर रगत बगाउँदापनि उपचार नपाएको देख्छन् । नांगै शरिर, खाली गोडा हिँडेको, अनाहकमा कुटपिट र यातना भोगेको देख्छन् तब तिनले आफ्नो सुविधा, मानव अधिकार, नागरिक सेवासित दाँज्छन् । ति त्यो दुख र गरिवी देखेर मानसिक रुपमा बिक्षिप्त बन्छन् । ‘यस्तै मैले भोग्न परे, मेरा सन्तानले भोग्न परे के हुन्थ्यो होला ?’ भन्ने सोचेर अत्तालिन्छन् । मानसिक रुपमा बिक्षिप्त बन्छन् ।

हिंसा र गरीबीको बिच भिन्नता देखेर आफैंले संघर्ष गरिरहेको जस्तो सोच्दै, ति दुख हेर्दै केहिदिन भएपनि आफैंले सामना गरिरहेका हुन्छन् । तब तिनको मनमा असह्य्य हुन्छ । उनीहरूले इन्डियाको यात्राले दिनुपर्ने शान्ति खोज्दा पाउँदैनन् । यसले तिनलाई ठूलो आघात पारिदिन्छ । त्यो आघातले गहिरो चिन्ता निम्त्याउँदछ । यसरि विक्षिप्त बनेकाले कहिलेकाहीँ स्थानीय नागरिक प्रति विवेकपूर्ण व्यवहार गर्ने बनाउनपनि सक्छ । ‘ओहो जिन्दगी के पो रहेछ र ?’ भन्ने सोचाइको विकास गराइदिनपनि सक्छ ।

पेरिस सिन्ड्रोम

अरु सिन्ड्रोमहरु अन्य सबै शहरमा पाउन सकिन्छ । तर पेरिस सिन्ड्रोम चाहिँ पेरिसको ब्रान्डेट हो । यो फ्रान्सेली राजधानीका लागि आरक्षित सिन्ड्रोम हो । यो सिन्ड्रोम फेरि जापानी पर्यटककलागि आरक्षित गरिएको हो भन्दापनि फरक पर्दैन ।

जापानीहरूले यस शहरको भ्रमण गर्ने बारेमा एउटा सपना देख्छन् । पेरिस शहरको जिवन, रंग, दैनिकी, स्वतन्त्रता, झलमलाउँदा बत्ती । चिल्लो सडक, विश्वमा कहिँ नदेखिने आधुनिक पहिरन । सबैभन्दा मिठो भोजन । अति सभ्य र अनुशासिस नागरिक । उनीहरूले पेरिसलाई धेरै नै आदर्शका रुपमा मान्छन् ।

उनीहरूसँग यसको रोमान्टिक दर्शन सिक्ने वा लिने स्रोतपनि छ । आ ला द्वास्नो, आ ला आमेली पुलाँ भन्ने कार्टून हेर्छन् जापानीले । यि दुई कार्टून अति प्रसिद्द, लोकप्रिय छन् जापानीकालागि । यि कार्टून सिरियलमा पेरिसलाइ स्वर्गका रुपमा चित्रित गरिएको छ । त्योपनि जापानी भाषामा, जापानीकैलागि लक्षित गरेर ।

पेरिसका बारेमा लक्जरी विज्ञापन हेरेर चुर्लुम्मै डुबेका हुन्छन् जापानीहरु । यो कार्टूनले जापानीलाई पेरिसबारे यस्तो बनाएको हुन्छ कि पेरिस नगए त स्वर्गै देखिन्न । पेरिस घुमेपछि स्वर्ग जाने बाटो खुल्छ । पेरिस देखेपछि संसारको सबैभन्दा सुन्दर ठाउँ, स्वर्गकै रुप देखिन्छ । हो यहि बिज्ञापनमा डुबेको आशा गर्छन् जापानीहरु । जब उनीहरू राजधानी पेरिस आइपुग्छन् तब स्तब्ध हुन्छन् । कार्टूनमा देखेको, पढेको, ब्याख्या गरेको र स्वर्ग ठानेको सोच र वास्तविकतामा अति ठूलो भिन्नता हुन्छ ।

उनीहरुले फोहोर सडक देख्छन् । अनावश्यक व्यक्तिहरूको झमेला भोग्छन् । तिनका सामान लुटिन्छन् । भिडभाड छिचोल्न कठिन हुन्छ । खोजेको बेला ट्याक्सी पाइन्न । बस र रेलमा कहँसाखाँद हुन्छ । पेरिसका गल्लीआ हिँडिरहेका बेला शौचालय पाइन्न । माग्नेहरुको ताँती लाग्छ । मान्छेहरु आत्मिय पाउँदैनन् बरु ठस्किएर बोलेका हुन्छन् । विलासिता भन्ने केहि देखिन्न । खासमा भन्ने हो भने पेरिसलाई टूरिस्ट क्याटलगबाट झिकेर कसैलाइ बेचेको र जादूमात्रै देखाएको महसुस हुन्छ । यो भोगेका जापानी पर्यटक ‘सक’ मा पर्छन् । ति यति सकमा पर्छन् कि तिनलाई पेरिस सिस्ड्रोम भन्ने रोग लाग्छ । ति मध्ये केहि त ‘सक’ मा परेर पेरिसमै अस्पताल भर्नासमेत हुन्छन् ।

सिन्ड्रोमका संकेत

वास्त्वमा कस्तो हुन्छ त संकेत सिन्ड्रोम भएपछि ? अभिव्यक्ति गर्दा विक्रित वाणी निस्किन्छ । यी सिन्ड्रोमहरु सबै एकै तरीकाबाट प्रकट हुने प्राध्यापक बुशा पुष्टि गर्छन् । यात्री सिन्ड्रोमका लक्षणहरू असुविधाको साधारण भावनादेखि लिएर तनाव, मुटुको धड्कन बढ्ने र शरिर, अनुहार तात्ने हुनसक्छ । केहि बिरामीहरूले भ्रम (इलुजन) स्रिजना भएको, मतिभ्रम (हालुसिनेसन) भएको, वा पागलपन र पहिचानको भावना गुमाएको अनुभव गर्दछन् । “धेरै चरम अवस्थामा यि लक्षण देखिए तत्कालै स्वदेश फिर्ति हुनु आवश्यक पर्छ” पत्रकार जेसिका साभिय आफ्नो रिपोर्ट ‘अँ भाकँस, आतँस्सियोँ ओ सिन्द्रो दु भ्याइयाज’ मा उल्लेख गर्छिन् ।

यि सबै सिन्ड्रोमले समान खाले प्रतिक्रिया, अभिब्यक्ति देखाउन सक्छन् । तर संयन्त्र केहि फरक हुनसक्छ । स्थेन्दल सिन्ड्रोमको चाहिँ केहि सकारात्मक पाटो हुन्छ । किनकि यो धर्म, संक्रितिसित जोडिएको हुनाले । यसमा आध्यात्मकता, सांस्क्रितिक महत्वभन्दा सन्दर्यता बढि हुँदा असुविधा पैसा गर्नसक्छ । बाँकि तिन सिन्ड्रोमको प्रभाव भने निराशाजनक हो । क्षतिपूर्ण, पस्चाताप लाग्ने बनाउँछ ।

जोखिममा कस्ता व्यक्ति ?

प्राध्यापक वोशाका अनुसार यी सिन्ड्रोमहरूद्वारा प्रभावित व्यक्ति एकल यात्री वा महिला हुन्छन् । एक्लै यात्रा गर्नु जोखिमको कारक हो । किनभने जब समस्याहरू देखापर्छन् तब यस्ता एक्लालाई आश्वासन दिने, दुख बाँड्ने, विषयान्तर गरेर सिन्ड्रोमको कारक विषयलाई भुलाइदिने कोहि हुन्न । एक्लो हुँदा सिन्ड्रोम मात्रै घुमिरहन्छ । तपाईको आफ्नो मन र भोगाईसित घरिघरि जोडिराख्छ, संझाईराख्छ । सौंदर्यशास्त्रप्रति अत्यन्तै संवेदनशील यात्रीहरूले आफूले प्रशंसा गर्ने कुरा बुझ्न नसक्नेहरूको तुलनामा र ज्ञानको कमी हुनेहरूको तुलनामा स्थेन्दल सिन्ड्रोमको अनुभव गर्ने बढी सम्भावना हुन्छ ।

सिन्ड्रोम कति गम्भिर ?

यसको बारेमा खासै गहिरो अध्ययन हालसम्म नभएको पत्रकार जेसिका साभियको रिपोर्टमा उल्लेख छ । कुनै महामारीको रुपमा बैज्ञानिक अध्ययनपनि छैन । पेरिस सिन्ड्रोमबारे पेरिसस्थित जापानी दुतावासमा वार्षिक करिब २० यात्रुको नाम अभिलेख भएको पाइन्छ । ईन्डिया सिन्ड्रोम भने बढिअं भएको अनुआन छ । तर यसको अभिलेख भने भेटिन्न ।

यि सिन्ड्रोमहरु बिस्तारै हराउन सक्छन् । तर लामो सायसम्म यि सिन्ड्रोम देखिएपछि एक्लै बस्ने र त्यसैलाई सोचिरहने गर्नुहुन्न । धेरै चिन्तित हुनेले चिकित्सकको परामर्श लिइहाल्नुपर्छ । चिकित्सकहरुले ‘यो सामान्य एक भ्रमण हो, यस्तै हुन्छ कहिलेकाहिँ, फेरि अर्को सुन्दर भ्रमण गरिनेनै छ’ भन्ने सकारात्मक सोचेर पहिलेको भ्रमणलाई भुल्नसक्नुपर्ने सुझाव दिएका छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक