शुक्रबार, वैशाख १४, २०८१

पत्नीको उपचारका लागि प्रचण्ड दिल्ली हुँदै मुम्बई : ‘राजनितिक भेटघाटको संकेत’

नेपालप्लस समाचारदाता / काठमाडौं२०७७ पुष १९ गते २३:२१

श्रीमती सिता दाहालको उपचारका लागि पूर्व प्रधानमन्त्री एवं (दाहाल-नेपाल) समुहका अध्यक्ष पुष्पकमल दाहाल आज सोमवार भारत जाँदैछन । वंशाणुगत पार्किङसनको रोगले एक दशकयता थलिएकि पत्नीको थप उपचार गराउन उनी दिल्ली हुँदै मुम्बई जान लागेका हुन् ।

शनिवारसम्म प्रचण्ड जाने कुनै टुङ्गो थिएन । तर ‘दुई छोरीहरु आमाको उपचारका लागि जाने सल्लाह भएको थियो’ श्रोतले भन्यो । आइतबार पेरिस डाँडामा बसेको (दाहाल-नेपाल) समुहको स्थाई कमिटी बैठक पछी पत्नीको उपचारका लागि प्रचन्ड जाने टुङ्गो लागेको हो ।

प्रचन्ड नेपाल वायुसेवाको नियमित उडाउनबाट विहान ११ बजे पत्नी सिता दाहाल, छोरीहरु गंगा दहाल र रेणु दाहाल (भरतपुर उपमहानगर पालिकाकि मेयर) पनि सँगै दिल्ली जाँदै छन् ।

नेकपा श्रोत भन्छ- स्थाई कमिटीको बैठक सकिए लगत्तै दिल्लीमा राजनितिक भेटघाटकालागि सम्पर्क र परामर्श शुरु भैसकेको छ । दिल्लीमा भेटघाट र परामर्श पछि मात्र मुम्बई जाने कार्यक्रम छ- स्थाई कमिटी बैठकमा सहभागि एक सदस्यले जानकारि दिए ।

गत हप्ता उडन तस्तरिको आवेगमा काठमाडौं उत्रिएको चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग उपमन्त्री कुओ येचौंको टोलिले प्रधानमन्त्री केपीलाई सहयोग गर्न तथा मिलेर जान आग्रह गरेपछी दाहाल नेपाल समुह चिनियाँ पक्ष सँग तर्सिएको छ ।

चिनियाँ पक्षको समर्थन आफ्नो समुहलाई हुने आँकलन गरेर बसेको यो समुह त्यो बेला अल्मलियो जतीबेला कुओ येचौंले चिनियाँ समर्थन ओलीलाइ नै भएको संकेत गरे । नेपालका लागि पूर्व भारतीय राजदुत श्यामशरणले एउटा समाचार पत्रमा लेख लेखेर भारत पर्ख र हेरको अवस्थामा रहेको उल्लेख गरेका छन् । तर श्यामशरणले भने जस्तै भारत पर्खने मनस्थितिमा पक्कै पनि छैन । श्रोतका अनुसार भारतीय संस्थापन पक्षका केही उच्च पदस्थ अधिकारीसँग आइतबार नै संपर्क भइसकेको छ । प्रचन्डले सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सल्लाहकार भाष्कर खुल्बेलाइ भेट्ने सम्भावना रहेको श्रोतले बताएको छ ।

प्रचन्ड श्रीमतीको उपचारका लागि बिगतमा पनि सिंगापुर, अमेरिका, बैंकक र भारत पुगिसकेका छन् । त्यहि मेसोमा उनले भारतीय संस्थापन पक्षका कुनै न कुनै अधिकारीलाई गोप्य रुपमा भेट्दै आइरहेका छन् । केहि वर्ष अघि उनले सिंगापुरमा ‘रअ’ का एजेण्टलाई भेटेको कुरा उनकै सहकर्मी रामबहादुर थापा बादलले सार्वजनिक गरेका थिए । यति बेलापनि उनले भारतीय पक्षको समर्थन आफ्नो पक्षमा पार्न भरमग्दुर प्रयास गर्ने छन् ।

तपाइँको प्रतिक्रिया