शुक्रबार, चैत १६, २०८०

स्विजरल्याण्डमा कोरोनाका १३ रुप भेटिए, अफृकी संस्करणको तिन जनामा संक्रमण

नेपाल प्लस२०७७ पुष २० गते १८:५८

दक्षिण अफृकामा भेटिएको नयाँ रुपका तिन र बेलायती १० गरि स्विजरल्याण्डमा कोरोना भाईरसका १३ रुप फेला परेका छन् । दक्षिण अफृकामा फेला परेको उत्परिवर्तित (म्युटेट) वा नयाँ रुपको कोरोना भाईरस स्विजरल्याण्ड भित्रिएको छ । स्विजरल्याण्डको ईटालियन भाषा बोलिने क्षेत्र टिसिनोका स्वास्थ्य अधिकारीहरुले फेला पारेका हुन् ।

स्विट्जरल्याण्डमा कम्तिमा दक्षिण अफृकी संस्करणका तीन र बेलायतबाट आएको संस्करणका १० वटा घटना फेला परिसकेको किस्टोन न्युजले उल्लेख गरेको छ । स्विस अधिकारीहरुका अनुसार पछिल्लो अवस्थामा देखिएका परिवर्तित रुपका कोरोना भाईरस मूल रुपको भन्दा बढी संक्रामक देखिएको छ ।

टिसिनो क्षेत्रका अधिकारीहरूले संक्रमित व्यक्तिलाई अलग्गै राखेका छन् । उक्त व्यक्ति दक्षिण अफ्रिकाबाट स्विजरल्याण्डको यात्रामा आएका थिए । क्रिसमसभन्दा अघि कोरोना भाईरस परिक्षण गर्दा ति ब्यक्तिमा कोरोना सकारात्मक देखिएको थियो ।

स्विजरल्याण्डमा कम्तिमा तेह्र जनामा उत्परिवर्तीत भाइरस फेला परिसकेको छ । ति मध्ये १० जनामा बेलायती संस्करणको देखिएको हो । बाँकी तीन जनामा दक्षिण अफृकामा भेटिएको नौलो रुपको पत्ता लगाइएको छ ।

२० डिसेम्बरमा स्विजरल्याण्डले बेलायत र दक्षिण अफ्रिकाबाट आउने उडानहरूमा प्रतिबन्ध लगायो । कोरोना भाइरसको नयाँ रुपको खबर पछि अन्य देशका नागरिकलाई स्विजरल्याण्ड प्रवेशमै प्रतिबन्ध लगायो । डिसेम्बर १४ पछि स्विट्जरल्याण्ड प्रवेश गरेका व्यक्तिहरूलाई दश दिनको क्वारेन्टाइनमा जान आदेश दिएको थियो ।

कोरोना भाइरसका दुई रुपहरु हाल विश्वभरिनै फेला परेका छन् । यसैबीच विश्व स्वास्थ्य संगठनका अनुसार उत्परिवर्तित भाईरसहरुमा खोप पचाउन सक्ने क्षमता छ कि छैन भन्ने हालसम्म प्रयाप्त जानकारि भैसकेको छैन ।

स्विजरल्याण्डको सरकारले डिसेम्बर ३० मै राष्ट्रियरुपमा भाइरसको अवस्था उच्च स्तरको संक्रमणमा रहेको र भाइरसको नयाँ रुपको आगमनले स्विजरल्याण्ड चिन्तित रहेको उल्लेख गरेको थियो ।

कोरोना संक्रमितको संख्या बढेपछि स्विस सरकारको कोविड १९ वैज्ञानिक कार्यदलले सरकारलाई थप कदम चाल्न आग्रह गरेको छ । कोरोना संक्रमणबाट हुने म्रित्युको संख्या घटाउन र धेरै जनसंख्यालाई समेटेर व्यापक परीक्षण गर्न आह्वान गरेको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक