शुक्रबार, वैशाख १४, २०८१

कार दुर्घटनामा एथलेटिक्स बिल्बाओका पूर्व खेलाडीको निधन

नेपालप्लस न्युज डेस्क२०७७ पुष २० गते २३:४८

स्पेन, एथलेटिक्स बिल्बाओका पूर्व खेलाडी आइतोर गान्डियगाको २३ वर्षको उमेरमा कार दुर्घटनामा परी निधन भएको छ ।

असाध्यै पानी परिरहेको बेला भास्क क्षेत्रमा उनले चलाएको विंगर कार बसमा ठोक्किएको थियो । घटनास्थलमै निधन भएका गान्डियगासँगै यात्रा गरिरहेकी यौटी युवती र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिल्बाओका खेलाडी इदि गोमेजले मित्र गान्डियगाको निधनमा समवेदना व्यक्त गर्दै ट्वीट गरेका छन् । उनी अहिले खेलिरहेको गेर्निका क्लब र पूर्व टिम बिल्बाओले गान्डियगाप्रति श्रद्धान्जली व्यक्त गरेका छन् ।

तपाइँको प्रतिक्रिया