बुधबार, वैशाख २६, २०८१

सरकारको विरोधमा ३३ मिटरको योनी

नेपालप्लस समाचारदाता २०७७ पुष २१ गते ०:५९

ब्राजिल, कलाकार जुलियाना नोतारीले ३३ मिटरको योनी बनाएर ब्राजिलका राष्ट्रपति जाइरे बोल्सोनारोको नीतिको विरोध गरेकी छिन् ।

ग्रामीण क्षेत्रको भिरालो डाँडामा रहेको पार्कमा रहेको योनीको छायाँ तल तलाउमा पर्छ । पेर्नाम्बुसोको पहाडमा बनाइएको यो मोडर्न आर्टलाई उनले दिवा नाम दिएकी छिन् ।

डिसेम्बर ३१ मा यो कलाको अनावरण भएको समाचार बाहिरिएपछि सामाजिक संजालमा असाध्यै धेरै प्रतिकृयाहरु आइरहेका छन् । वामपन्थी पृष्ठभूमीका कलाकारहरुसँग आवद्ध नोतारीले धनीहरुको मात्रै रक्षा गर्ने बोल्सोनारोमाथि कला मार्फत् ठूलो प्रहार भएको बताइरहँदा कतिपयले अनावश्यक काममा गरिएको खर्च भनी आलोचना पनि गरेका छन् । पत्रपत्रिकाले लेखेका छन् ‘भ्रष्ट र पुँजिवादी बोल्सोनारोको मूर्खतामाथिको प्रहार हो यो योनी ।’

कलाकार जुलियाना नोतारी ब्राजिलको आधुनिक कलामा राम्रै स्थापित नाम हो । पहाडमा योनीको चर्चा चुलिएपछि सो क्षेत्रका मानिसहरु भने पर्यटकहरु ओइरिने आसले खुशी भएकाछन् ।

तपाइँको प्रतिक्रिया