बिहीबार, चैत १५, २०८०

दुई वर्षभित्रै स्विजरल्याण्डले सबै एफ एम रेडियो बन्द गर्ने

नेपाल प्लस२०७७ पुष २१ गते १३:०८

नेपाल लगायत धेरै देशमा एफ एम रेडियोको बाढी चलिरहेको छ । तर स्विजरल्याण्ड यस्तो देश देखियो जसले दुई वर्षमा सबै एफ एम रेडियोहरु बन्द गर्ने छ । सन् २०२३ सम्ममा स्विजरल्याण्डले एफ एम रेडियोका प्लगहरु तानेर छुटाउने छ । नर्वेले सन् २०१७ मै एफ एम बन्द गरेर पहिलो देश बनेको हो ।

रेडियो उद्योगले एफएम ट्रान्समिटरहरू बन्द गर्ने सम्झौता गरेका छन् । सार्वजनिक प्रसारकले २०२० देखिनै डिजिटलमा जाने निश्चित गरेका हुन् । निजी रेडियो स्टेशनहरुले सन् २०२३ को जनवरिसम्म आफ्नो प्रशारण डिजिटल पद्दतीमा स्विच गरिसक्ने छन् ।

फेडरल अफिस अफ कम्युनिकेसन (अफकम) का अनुसार धेरै उच्च फ्रिक्वेन्सी रेडियो तरंगको अन्त योजना भन्दा पहिलेनै डिजिटलमा देखा पर्नेछ । सुरुमा अधिकारीहरूले २०२४ को अन्त सम्मको लागि डिजिटल अडियो प्रसारणमा स्विच गर्ने घोषणा गरेका थिए ।

अफकमले २०२० मा गरेको सर्वेक्षण अनुसार स्विस जनसंख्याको १३ प्रतिशतले अझै एफएम रेडियो सुनेका थिए । तर डिजिटल रेडियो सुन्ने स्रोताहरुको संख्या भने सन् २०१५ देखि २०२० को बिचमा २२ प्रतिशतले बढेको छ । रेडियो च्यानलहरुलाई ड्याबिङ पद्दतीमा लगेपछि त्यसले राम्रो ध्वनि गुणस्तर र फराकिलो कभरेज क्षेत्र प्रदान गर्दछ । संचार प्राधिकरणका अनुसार देशमा रेडियो सेवाहरूको लागि पहिले नै सबैभन्दा धेरै प्रयोग हुने प्रसारण च्यानल हो ।

गत वर्ष अफकमले रेडियोहरुलाई डिजिटल पद्दतीमा सुन्ने स्रोता संख्या बढाउन ५० लाख स्विस फ्र्यांक खर्च गरेको थियो । सार्वजनिक सूचना अभियान शुरु गरेर डिजिटल रेडियोमा स्विचको लागि श्रोताहरूलाई तयार गर्न शुरू गरेको थियो । सरकारले सन् २०१७ मा एफएम रेडियोको अन्त्यको लागि कानुनी रूपरेखा सिर्जना गरेको थियो । सोही वर्ष नर्वे एफएममा राष्ट्रिय प्रसारण अन्त्य गर्ने विश्वको पहिलो देश बन्यो । र डिजिटलमा ट्रान्जिसनका लागि रेडियो प्रसारणकर्मीहरूलाई आर्थिक सहयोग पुर्‍याएको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक