शुक्रबार, वैशाख १४, २०८१

वेलायतकी महारानीको बहुमूल्य सामान चोर्नेलाई जेल

नेपालप्लस न्युज डेस्क२०७७ पुष २१ गते १५:४६

वेलायती महारानी एलिजावेथको दरबारबाट बहुमूल्य सामान चोरी गर्ने अदामो कान्तोलाई आठ महिनाको जेल सजाय सुनाइएको छ ।

उच्च सुरक्षा रहेको बकिङ्घम दरबारका यी ३७ वर्षीय भान्से उत्तरी बेलायतका बासिन्दा हुन् । रानीलाई असाध्यै मनपर्ने खाना बनाउन सिपालु यी चोर भान्से ०१५ सालदेखि जागिरमा लागेका थिए ।

दिनहुँ खाना बनाउन जाँदा यिनले रानीका बहुमूल्य सामान जिप्ट्याएका रहेछन् । जसमध्ये असाध्यै महँगो यौटा घडी, दुइटा घाँटीमा लगाउने सिक्री, यौटा हातको बाला, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आउँदाको अफिसियल एल्बम, राजकुमार विलियम र क्याथारिनको बिहेको दस्तखत सहितको फोटो र कागतपत्र लगायतका ७७ वटा सामान चोरेर गत सालदेखि उनी दम्पट थिए ।

गएको अगस्टमा पक्राउ परेर अदालती थुनामा छानविन चलिरहेका उनलाई अहिले अदालतले जेल पठाएको हो ।

अचम्म त के भने, चोरी भएका सामानहरु उनले कौडीको भाउमा इन्टरनेटमा राखेर बेचेका थिए । आर्थिक रुपमा तन्नम भएकोले चोरी गर्नुपरेको तर्क गर्दै चोरले अदालतमा आफूलाई सकेसम्म कम सजाय दिन माग गरेका थिए । उनले भनेका थिए, “हजुर धनी हुने चाहना भएको भए मैले किन आफ्नो नाम र हुलिया खुलाएर इन्टरनेटमा सामान बेच्थें र ? मैले ऋण तिर्न नसकेर चोरेको हुँ ।”

केहि सामान भेटिए भने उनले बेचेका धेरै सामान भेटिने कुरामा पुलिसले शंका गरेको छ । खोजी भने चलिरहेको छ ।

तपाइँको प्रतिक्रिया