शुक्रबार, वैशाख १४, २०८१

उहिलेको देवभूमी हाल भाडाका टट्टु जन्माउने देश

मदन बज्राचार्य / काठमाडौं२०७७ पुष २१ गते २२:००

जापानसित पनि नेपालसित भएजत्तिको श्रोतहरु छैन । त्यसो भएता पनि जापान बिस्वकै धनि मुलुक बनेको छ । नेपाल दरिद्रतम मुलुकमा जाकिएको छ । कारण देखाउन शिप र प्रविधिको बहाना नखोजौं । जापानकाले सिके जानेको जस्तै प्रविधि मौका र अवसर दिएको भए नेपालीले पनि सिक्न सक्थे । सिङ्गापुर हङकङ सित पनि जापान जस्तै औद्योगिक मुलुक बन्न सक्ने श्रोत छैन । तर पनि जापान भन्दा १९, २० को हाराहारिमा धनी र बिकशित हुँदै आएको छ । मात्र आफ्नो देशको भौगोलिक उपयुक्तताको उचित उपयोग गरेर ।

नेपालको भौगोलिक अवस्थाको उपयोग गर्न खोजेको भए नेपाल पनि ति देशभन्दा कम बिकशित हुने थिएन । तर हाम्रो सम्रिद्धिको खानी र स्रोत हुनसक्ने भौगोलिक उपयुक्ततालाई अप्ठ्यारो ढिस्को खस्ने खाल्डोले पुरेर, भारतीय स्वार्थको बाँध बनाएर, हाम्रो दरिद्रताको कारण बनाएर राखिएको छ । यो भन्दा बिजोग र लाजै लाग्ने कुरा के हो भने हाम्रो अप्ठ्यारो ढिस्को बिस्वकै अग्लो हिमाल हो । लुम्बिनी त विश्वको महामानव बुद्ध जन्मेको गाउँ हो । तेरो यो खाल्डोमा एसियाकै ठूलो पेट्रोलियमको भन्डार छ । यहाँ सुनको खानी छ । त्यहाँ बिश्वमै सबैभन्दा महँगोमा बिक्ने युरेनियमको भन्डार छ भनेर बिदेशी देखाईदिनु परेको छ । हाम्राले त उनिहरुलाई हाम्रो देशमा चहैने के के छ त्यो मात्रै खोज्दै हिँडेअका छन् ।

कुनै देशको बिकास गर्न उपलब्ध भौतिक उपयोगिता अरुको भन्दा फरक वा अर्कै विशेषता भएको हुनसक्छ । नेपालसित सिंगापुर हङ्कङ जस्तै भौगोलिक उपयुक्तता छैन । तर हाम्रो भौगोलिक उपयुक्तामा उनिहरुको सित नभएको विशेष उपयुक्तता छ । त्यो विशेष उपयुक्ततालाई उपयोग गरेको भए नेपाललाई सिंगापुर हङकङ भन्दा बिकशित गर्न सकिन्थ्यो । प्रकृतिको सुन्दरताको नमुनै भएको हाम्रो हिमाल पहाड विश्वकै सबैभन्दा साहसिक, रोमान्चक स्पोर्टस सेन्टर बनाएर त्यहाँको पाइला पाइला भूमिबाट हामीलाई चाहिएको भन्दा बढी बिदेशी मुद्रा कमाउन सकिन्थ्यो । यो भूभागलाई युरोपको स्विजरल्याण्ड भन्दा राम्रो र संब्रिद्ध एसियाको स्विजरल्याण्ड बनाउन सकिन्थ्यो । तर बनाईराखेको छ आदिमानव जस्तै बस्ति । गाउँघरका सम्रिद्ध र योग्य भए आफ्नो मगन्ते बास्तविकता, नालायकीपन भन्डाफोर होला भनि तर्सेको झुन्ड र बथानले ।

बुद्ध जन्मेको भुमि “लुम्बिनि” बिश्वको अरवौं बुद्धिस्टहरुको सबैभन्दा ठूलो धार्मिक पर्यटन स्थल मात्र बन्दैथ्यो कि अरवौं मानवतावादिहरुको महामानव बुद्धसित साक्षात्कार हुने अद्भुत ज्ञानभूमी समेत बन्थ्यो । तर त्यस्तो बिश्वकै ऐतिहासिक, साहसिक र पवित्र गन्तब्य बन्नसक्ने नेपालको भुमिलाई “उल्टो बुद्धिजम र नक्कली लुम्बिनि बनाउने स्वार्थी मुनिको नेपाली चेलाहरुले” मगन्तेको मागी खाने भाँडो बनाईराखेका छन् ।

अब नेपालको पानीले नेपाल कस्तो बन्न सक्थ्यो त्यो बारेमा सोचौं । बिश्वको सानै मुलुक मध्येकै भएपनि नेपाल विश्वको जलश्रोतमा दोश्रो र सफा हिमाली पानीको विश्वमा पाँचौ ठूलो श्रोत भएको देश हो । यो जलश्रोत विश्वमै दोश्रो ठूलो जनसंख्या भएको भारतमा जन्मेको हो । भारतमा जन्मने नागरिकहरुको अर्को बिकल्प नभएको बाँच्ने आधार पनि हो हाम्रो जलश्रोत । त्यसैले त हो नि नेपालको सप्तकोशी नदीको सबै पानी सङ्लिने विश्वकै ठूलो अग्लो बाँध नेपालकै भुमिमा बनाएको भारतले । त्यहाँबाट नहर बनाएर भारतको अहिले मात्रै होईन भविस्यमा पनि पानीको आपूर्ती सुनिस्चित बनाउन खोजीरहेको छ । त्यो नहरबाट कलकत्तासम्म नेपालीलाई पानी जहाज चलाऊन दिने लोभ्याएर । के नेपालको सप्तकोशीको पानीको मोल कलकत्तासम्म पानी जहाज पाउने मात्रै हो ?

भारतले एउटा सियो पनि उसले तोकेको मोल नतिराई दिँदैन । तर हाम्रो जलश्रोतहरुको मोल हामीलाईनै तिराएर लिँदै आएको छ । त्यसैले हाम्रै नदीको पानी हामीले भारतसित माग्नु परेको छ । त्यसैले नेपाल अब विश्वकै दोश्रो ठूलो जलश्रोत र विश्वकै पाँचौ सफा हिमाली पानीको श्रोतको असली देश होईन, कागजी मालिक मात्रै बनेको छ । त्यसैले नेपालमा भएको अपार जलश्रोतबाट नेपाललाई सम्पन्न बनाउने सपना त देख्दैनदेखौं । मात्र तिर्खा मेटाउन सकिने, दालभात पकाउन, नुहाउन र मैला लुगाफाटा धुन पुग्ने पानी मात्रै पाएपनि “जयभारत” भन्नुपर्ने हुँदै छौं हामी ।

हामीलाई यस्तो अवस्थामा पुर्याउनेको दल फेरिएको छ । पद फेरिएको छ । नारा फेरिएको छ । तर अनुहार, आशय र नियत फेरिएको छैन । ति कस्ता हुन भनेर उनिहरु आफैंले पोलापोल गर्दै आएका छन् । तरपनि हामी त्यस्तैलाई भोट दिँदै आएका छौं । लुट्नेले लुटिन सक्ने, ठग्नेले ठगिन सक्ने र मिच्नेले मिचिन सक्नेलाई मात्रै लुट्छ, ठग्छ, मिच्छ । सार्वभौमसत्ताको मालिक हामी हौं सडकमा सुत्नुपर्ने भएपनि । सिंहदरवार र संसदको निर्णायक हामी हौं । यो हामीले कहिले बुझ्ने ? दौरा सुरुवाल माथि अंङ्रेजी कोट, टाउकोमा भादगाउँले टोपी लगाउनुपर्ने कुनैपनि हाकिम र कुनैपनि रङको बर्दी लगाउनेको सुप्रिम हाकिम हामी हौं । नमस्ते र बुट बजारेर सलाम हामीलाई गर्नुपर्ने हो । गलत मान्छेलाई नमस्ते, सलाम गरे देशको हालत बिग्रन्छ । यो कसरी बुझ्ने ? कसरि बुझाउने ?

जुन बेलाको नेपाललाई बिश्वले प्रशंसा गर्थे । सम्मान गर्थे । त्यतिबेला हाम्रा माझमा हाम्रै मात्रै थिए । हाम्रै भएर अर्काको हुने कोहि थिएन । केहि थिएन । तर ती सबै हाम्रा पूर्खाको पालादेखिको नेपालको कुरा भयो । सम्झेर मात्र आस्चर्यचकित हुनसक्ने । मनमनै मात्रै गौरवान्वित हुनसक्ने । तर लाजले भुतुक्कै हुँदै मुख छोपेर बस्नुपर्ने भएको छ । यति भनपछी कुरा त बुझिन्छ नै । अहिले हाम्रा माझ हाम्रै हुने भन्दा अर्काको हुने धेरै छन् ।

यो उतरमा हिमाल । दक्षिणमा मिचाहा भारतले मिचेको सिमाना । पस्चिममा भारतले कब्जा जमाउँदै आफ्नै बनाएको लिम्पियाधुरा, कालापानी र पूर्वमा हामीले नदिएपनि भारतले आफ्नो बनाएको दार्जलिङसित जोडेको सिमानासम्मको देशको नाम “नेपाल” हो । त्यहि नाम मात्रै आज हामी नेपालीको भएको छ । त्यो नेपाल नाम भएको देशको जमिन्दार त गुट समुहको सरदार बनेको छ । यस्तो हुने ब्यवस्थालाई अनेकौं नमिल्ने सुन्दर नाम दिएको छ । मिल्ने नाम दिएको भए कस्तो नाम हुन्थ्यो होला ।

यस्तो जे जस्तै ब्यवस्थामा पनि देशको जमिन्दार र सरदार उहिनै हुने ब्यबस्थाको नाम र अनुमान मात्रै गर्नुस् । चेतनाको झ्याल खुल्छ पक्कै । संकेत मात्रै गर्ने हो भने म भन्छु ‘हामी नेपाली नेपालको जमिनको बास्तविक मालिक आज सामन्ती शोषक जमिन्दारकोमा आफ्नो जमिनको लालपुर्जा बन्धकिमा परेको चक्रब्याज तिर्नुपर्ने ऋणी जस्तै भएका छौं ।’

जमिन्दारि ब्यवस्थामा जमिन्दारकोमा लालपुर्जा बन्धकिमा परेको छ भने जमिन्दारलाई तिर्नुपर्ने रकम तिर्न नसक्दा खेत जमिन्दारले जोत्छ । र त्यो ऋण तिर्न नसकेको र लालपुर्जा बन्धकिमा परेकोलाई त खेतनिकाला गरिन्छ । उता नेपाली सित नातै नभएको भन्ने ४२ लाखलाई नेपाली नागरिकता दिए। नेपालमा रोजगारी पाकेजमा उपलब्ध गराए । त्यसलगत्तै यता ४२ लाख नेपाली नेपालमा बेरोजगार भए । ति नेपाली अरव र मलेसियाको अर्ध कमारो बन्न जानु परेको यसको उदाहरण र प्रमाण हो । ति ४२ लाखमा २५ लाख अनागरिक अर्थात भारतिय थिए भनेर प्रधान मन्त्री प्रचन्ड भएको सरकारको बिदेशमन्त्री उपेन्द्र यादवले पदमा बसेरै भनेका हुन् ।

एउटा नेपाली परिवारले रोजगारी गर्न, नेपाली जन्माउन, हुर्काउन कमसेकम २० वर्ष लाग्छ । तर नेपाली नागरिकता दिलाएको अनागरिकले नागरिकता पाएको २० मिनेटमै कयौं नेपालको नागरिकता पाउने र नेपालीले पाउने रोजगारी खोस्नसक्ने हट्टाकट्टा लक्का जवान जन्माउँछ । जति बढि त्यस्ता बिदेशी नेपाली बन्छन् त्यतिनै नेपालका वास्तविक नेपाली नेपालमा बेरोजगार बन्छन् । के अहिले यस्तै भैइरहेको छैन ?

धेरैले पहिले नेपाललाई देवभुमि भन्थे । स्वर्गमा जाने नेपालबाटै जान्थे । अहिले सबैले नेपाल “भाडाका टट्टु जन्माउने देश” भन्ने अवस्थामा पुर्याइसकेका छन् । त्यस्ता ब्यक्तिलाई हामीले नामले सम्बोधन गर्न सक्दैनौं । नेता मात्रै भन्न सक्छौं । त्यो पनि अगाडि माननीय सम्माननीयको विशेषण राखेर । हजुरहरुनै हाम्रा भाग्यबिधाता, हजुरबाहेक अर्को खोज्नु महाअपराध भनेर स्तुति गाउँदै ।

यस्तो अवस्थामा अहिलेको ब्यवस्थालाई गणतन्त्र नाम दिएको छ । धेरैलाई लाग्ला यो नाम गलत छ । तर मलाई यो नाम अत्यन्त सटिक र सुहाउँदो लाग्छ । किनभने म भाषाबिद नभएपनि गणको अर्थ जन होईन भन्ने जानेको छु । जनको अर्थ सार्वभौम अधिकार र सदनको सरकारको नितिको निर्णायक भएको जनता हो । गणको अर्थ कसैको मातहतको समुह मात्रै हो । त्यसैले म आफूलाई गण मान्दिन । जन मान्छु । तपाईं आफूलाई के मान्नु हुन्छ जन कि गण ?

तपाइँको प्रतिक्रिया