शुक्रबार, वैशाख ७, २०८१

भूइँचालोले भवन भत्काएपछि इन्जिनियर, कर्मचारी र ठेकेदार जेल जाँदै

नेपाल प्लस२०७७ पुष २१ गते २२:२०

क्रोएशियामा डिसेम्बर २९ तारिखको दिन गएको ६ दशमलव दुई रेक्टर स्केलको भूइँचालोले धेरै घरहरु भत्किए । भवनभित्र पुरिएर ७ जनाको ज्यान गयो । तीन दर्जनजति मानिस घाइते भए । भूइँचालोले सजिलै भत्काउन सक्ने घर
बनाउने ठेकेदार र सो नक्शा तयार गर्ने इन्जिनियरका साथै नक्शा पास गर्ने कर्मचारीहरु भने तारिखमा अदालत धाउन शुरु गरेका छन् । सरकारले घटनाको सत्यतथ्य छानविन गर्न सशक्त कार्यदल बनाएको छ ।

कार्यदलले सरकारलाई नक्कली कागजपत्र पेश गरेर असाध्यै कमसल सामाग्री प्रयोग गरी कमजोर भवन बनाएको कारण मानिसहरुले क्षति व्यहोर्नु परेको कारण देखाई कारवाही अगाडि बढाइएको छ । पहिलो चरणमा सबै कागजपत्र झिकाएर अध्ययन गरिसकेपछि भवनमा कागजपत्र अनुसार सिमेन्ट, फलाम प्रयोग गरी इन्जिनियरले भने अनुसार निर्माण भए नभएको छानविन गरिसकेपछि सम्बद्ध दोषीलाई पुलिसले पक्राउ गर्न शुरु गरेको हो ।

युगोस्लाभिया टुक्रिएपछि सन् १९९५ सम्म क्रोएशियामा निकै ठूलो लडाइँ चलेको थियो । शहरका मुख्य भागमा रहेका भवनहरु त्यसपछि मात्रै बनेका छन् । अरु गाउँहरुमा पनि । सन् १९९५ देखि पाँच वर्ष भित्र बनेका भवनहरुमा निकै बदमासी भएको र ठेकेदारले अवैध काम गरी भवन बनाएको पाइएको सरकारी पत्रिकाहरुले लेखेका छन् । क्रोएशियाको भवन निर्माणलाई अनुमति दिने सरकारी निकायहरुले पनि भ्रष्टाचार गरी कमजोर संरचना तयार गरेको हुनाले कारवाही गर्नुपरेको प्रधानमन्त्री आन्द्रेय प्लेन्कोभिचले बताएका छन् । सरकारले गलत काम गर्नेलाई कारवाही गर्न लागेकोमा जनताको ठूलो समर्थन प्राप्त भएको छ ।

अदालतले दोषी ठहर गरेको खण्डमा संलग्न सबैलाई जेल सजाय हुनेछ । अहिलेसम्म प्राप्त बदमासीको कागतपत्र अनुसार उनीहरु कोहिपनि उम्किने ठाउँ छैन । केहि ठेकेदार त क्रोएशियाबाट भागेर अरु छिमेकी देशमा पुगिसकेका छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक