शुक्रबार, वैशाख १४, २०८१

सुडेनीले आविष्कार गरिन् वच्चा पाउँदा सहयोग गर्ने गद्दा

नेपालप्लस स्वास्थ्य संवाददाता२०७७ पुष २८ गते ८:०२

स्विजरल्याण्डकी एक सुँडेनीले अनौठो गद्दा आविष्कार गरेकि छन् । यो गद्दाले दुई जिउकी महिलालाई शिशु जन्माउन सजिलो र सहज पार्छ । उनले बनाएको गद्दामा दुई जिउकी महिलालाई सुताएपछि गद्दा चल्छ वा उफ्रिन्छ । र बच्चा छिटो र सजिलोसित जन्मिन्छ । यो गद्दाको नाम भाईववाईफ राखिएको छ ।

कसरी काम गर्छ भाईववाइफ (भाईवर वाईफ) गद्दाले ? कसरि प्रयोग गर्ने भन्ने ब्याख्या गर्छिन् आना भोन सिएबेन्थल । यो गद्दाले शरिरको चलपलाहट, चलावट (मुभमेन्ट) को नक्कल गर्दछ जसले सुँडेनीहरुलाई श्रम सजिलो बनाउन मद्दत गर्दछ । सुत्केरी हुने महिलालाई शिशु जन्माउनपनि सजिलो पारिदिन्छ ।

एक युवा सुँडेनीको रूपमा काम गर्दा आना भोन सिबेन्थल श्रम गर्ने महिलासँग पर्याप्त समय बिताउन नपाएकोमा निराश थिईन् । उनले सधैं हतारमा काम गर्नुपर्थ्यो । आपतकालिन अवस्थामा काम गर्नुपर्ने । सधैं हतारमा खट्नुपर्ने । यहि वास्तविक जीवनबाट प्रेरित भएर उनले बच्चाको चाल, चटपटाहट सिद्दान्त, प्रविधीमा आधारित विशेष बच्चा जन्माउने गद्दाको विकास गरिन् । उनले आविष्कार गरेको यो गद्दा चाँडै युरोपको सबैभन्दा ठूलो अस्पताल बेड निर्माता कम्पनीले उत्पादन गर्ने भएको छ ।

आना भन्छिन्‌, “जब म अस्पतालमा जवान सुँडेनी विद्यार्थीको रूपमा काम गरिरहेको थिएँ, तब एक महिलालाई बच्चा जन्माउनकालागि अस्पताल ल्याइएको थियो । उनको शरिर पूर्ण रूपमा फुलेको थियो । तर बच्चा बाहिर आएको थिएन । घरबाट अस्पताल पुग्न उनलाई ट्रलीमा हालियो । दुई जिउकी ति महिलालाई एम्बुलेन्स सवारीमा राखेपछि जोल्टिङमा उफ्रिएको थियो ।

जब गर्भवती महिला अस्पतालमा आइपुगिन् बच्चा तल झर्‍यो । कारक त्यहि जोल्टिङ थियो । केहि मिनेट पछि बच्चा जन्मियो । “मैले के सोचें भने त्यो एम्बुलेन्समा ढुंगो हल्लिएझैं हल्लिएको त्यो गती, चाल हाम्रो कोठामा पाउने हो भने ! मलाई सम्झना छ, यदि हामी कोठामा एम्बुलेन्सको त्यो हल्लिएको गति पाउन सके बच्चा जन्माउन सहज हुनेथियो” आनाले भनिन् ।

त्यो नै भाईववाइफ गद्दाको उत्पत्ति थियो । स्विजरल्याण्ड इनोभेसनका अनुसार यो डिजाइन जन्मिनेवाला बच्चाको ओछ्यानमा जडित गरिन्छ । त्यसले शरिरको चालको नक्कल गर्दछ । यस्तो शरिरको चालको निगरानी कि जुन विभिन्न संस्कृतिहरूमा श्रमको प्रक्रियालाई सजिलो बनाउनको लागि विभिन्न पुस्ताहरूमा अभ्यास गर्दै आएको छ । आनाले २०१४ मा यस विचारको अनुसन्धान गर्न शुरू गरिन् । उनले आफ्नो पती सिस्टम इन्जिनियर टोबियस भोन सिबेन्थलसँगै मिलेर एक कम्पनी स्थापना गरिन् । त्यो कम्पनी बनाउँदापनि उनले आंशिक समय धाई र सुडेनीकै रूपमा काम गर्दै गईन् ।

भाईववाईफका अनुसार युरोपमा स्विजरल्याण्ड बच्चा जन्माउन सि सेक्सन दर (क्रिटिकल सेक्सन रेट) भएको देश हो । यहाँ सिसेक्सन दर ३२ प्रतिशत छ । सिसेक्सन जन्म आमा र शिशु दुबैकालागि उच्च जोखिम हो ।

आना भन्छिन् “त्यहाँ प्रमाण के छ भने यदि तपाईले महिलालाई आड दिएर उनलाई सिधा राख्नुभयो भने त्यो महिलामा कम जटिलता आउँछ । आमालाई वच्चा जन्माउन सजिलो बन्छ । जन्मदिँदाका अनेक खाले समस्याबाट बच्नसक्ने राम्रो मौका मिल्छ । त्यसले अनियोजित सी-सेक्सन समस्यालाइ कम गरिदिन्छ । तर अस्पतालमा प्रायः त्यस्तो स्याहार प्रदान गर्ने समय हुँदैन ।”

आना भोन सिबेन्थल

एक पटक आनाको विचार आयो, यो मूल (ओरिजिनल) हो कि होइन भनेर जाँच गर्नुपर्छ । यसको मतलब स्विस वौद्दिक प्रतिलिपी र स्वामित्व अधिकार कार्यालय (स्विस फेडरल इन्स्टिट्यूट अफ इन्टेलेक्चुअल प्रोपर्टी अफिस) मा भ्रमण गरेर पूरा दिन खोजीमा लाग्ने । त्यहाँ पहिलेनै दर्ता भएको भए त काम नलाग्ने भयो । वा त्यसलाई आफ्नो अन्वेषण भन्न, दर्ता गराउन नपाइने भयो ।

“हामीले भेट्टाएको सबैभन्दा नजिकको चीज भनेको १९६० को दशकदेखि जापानको पेटन्ट थियो जहाँ उनीहरूले महिलालाई राउन्ड सर्जिकल टेबलमा बाँधेर वरिपरि घुमाउँथे । महिलाको ज्यान वरिपरि घुम्दा निस्कने बल, चालले बच्चा बाहिर आउँछ । उनीहरुले यसको डिजाईन र प्रस्ताव गरेपनि यो वास्तवमै कहिल्यै बनेको थिएन” आनाले भनिन् । उनीहरुले कहिल्यै नबनाएको हुँदा आनालाई सहज भयो ।

आनाले बच्चा जन्माउने गद्दाको लागि दिमागमा राखेका कुरा धेरै स्वभाविक थिए । “महिलाको पेल्भिस र अन्य ठाउँको धड्कनलाई महिलाको अवस्था अनुसार सुँडेनीको रूपमा हातैले (म्यानुअली) गर्न चाहन्थें म । यदि सक्छन् भने सुँडेनीलाई आफै गर्न प्रोत्साहित गर्छु । सिँडीबाट माथि र तल उक्लिने र ओर्लिने गर्दा आठ थरि चालहरु हुन्छन् । तिनलाई म्यानुअली आफैंले नियन्त्रण गर्न, बनाउन, सुधार गर्न, त्यस अनुसार सुत्केरी हुनेको आसन बदल्न, मिलाउन सकिन्छ । एक छेउबाट अर्कोमा घोटिइरहेको हुन्छ । हामी महिलाको मुनि तन्ना राख्दछौं र दोस्रो व्यक्तिसँगै हामी पेल्भीस (शिशु बस्ने थलोको भाग) लाई हड्काउछौं । ” आनाले आफ्नो खोजलाई दर्ता गर्न सक्ने अवस्था बुझिन् ।

उनको खोज उपयोगि र भिन्न छ भन्ने जानेपछि आनाले जुरिचमा एस्पायर भन्ने महिला नेतृत्वको स्टार्ट-अप कार्यक्रममा भाग लिइन् । उनी व्यवसाय विकास केन्द्रहरूको नेटवर्क, स्विजरल्याण्ड इनोभेशन पार्कसँग जोडिएकी थिइन् ।

इनोभेशन पार्कका माइकल साउटर, जसले पहिले मेडिकल एन्टी-प्रेशर गद्दा विकसित गरेका थिए, अन्ना र टोबियसलाई उनको संगठनका ईन्जिनियर र बर्नको अप्लाइड साइन्सेज विश्वविद्यालयबाट प्रोटोटाइप उत्पादन गर्न कोष जुटाउन सहयोग गरे । २०१५ मा भाईबवाईफ एक सीमित मात्रामा उत्पादन गर्ने, सिमित वा तोकिएको मात्रामा रहने कम्पनी भयो ।

अर्को चरणमा विश्वविद्यालय अस्पताल बासेलद्वारा डिजाइन गरिएको क्लिनिकल अध्ययन थियो । अध्ययनले निष्कर्षमा पुगे कि भाईववाईफ गद्दा प्रसूति अभ्यासमा थप रोचक र सम्भावित लाभदायक हुन सक्छ । समग्रमा, अध्ययनमा भाग लिने महिला र सुँडेनीहरूले उत्पादनसँग उनीहरूको सन्तुष्टिलाई “उत्कृष्ट” भनी मूल्यांकन गरेका थिए । त्यसले गर्दा आनाको काम प्रभावकारि छ भन्ने झन प्रमाणित भयो ।

भाईववाईफका अनुसार तेह्र वटा भाइववाइफ गद्दा अहिले पाँचवटा अस्पतालमा प्रयोग भइरहेको छ । ति मध्ये तीन स्विजरल्याण्डमा, एउटा जर्मनीमा र एउटा अस्ट्रियामा । आनाको रणनीति के हो भने सानो उत्पादनबाट सुरु गर्नु र ब्यापारिक रुपमा विस्तार गर्नु अघि भाईववाईफ गद्दालाई अझै सुधार गर्नु ।

गत साल भाईववाईफ युरोपकै सबैभन्दा ठूलो अस्पतालका बेड उत्पादन गर्ने कम्पनी लिनेटसित जोडियो । उनीहरुले आफ्ना साझेदारसित मिलेर उध्योगिकरणको डिभाईस निर्माण गर्ने तयारि गरिरहेका छन् जुन कम्पनी चेक रिपुब्लिकमा छ । यसको अर्थ यो गद्दा अब विश्व बजारमा प्रवेश गर्ने छ ।

धाई र सुँडेनीका रुपमा केहि वर्ष काम गर्दा आनाले श्रम र मातृ स्वास्थ्यको लागि आविष्कारको कमी देखेकि थिईन् । किनभने स्वास्थ्यका हिसावले कमजोर अवस्थाका महिलाको बारेमा थोरै अनुसन्धान गरिएको छ । धेरै औषधीहरू प्रयोग गर्छन् ।

शिशु जन्माउने बेलापनि धेरै औषधीहरू प्रयोग गरिन्छन् । सुँडेनीहरुले ग्रे जोन क्षेत्रहरूमा काम गर्छन् जुन आनाको बिचारमा राम्रो ठाउँ होइन । यहि कारणले यो भाईववाईफ गद्दा उत्पादनहरू हेर्ने प्रमुख चिकित्सकहरू अत्यन्त उत्साहित भएको उनको भनाई छ । किनकि अन्ततः महिला र शिशु जन्माउने संयन्त्रको लागि यो आविष्कार केहि नयाँ छ । यसले दुई जिउका महिलाहरुको परीक्षणको लागि अर्को औषधि मात्र प्रयोग गर्ने कामलाई रोक्छ ।

आना आफैं अहिले दुई जिउकी छन् । आफ्नो पहिलो बच्चा पर्खिरहेकि छन् । आफ्नो शिशु जन्माउँदा यहि प्रविधीको प्रयोग गरेर जाँच्न पाउँदा आफू निकै उत्साहित रहेको उनको भनाई छ ।

(पहिलो फोटो-स्विस इन्फो, दोस्रो- स्विजरल्याण्ड इनोभेसन)

तपाइँको प्रतिक्रिया

फेसबुक