शनिबार, वैशाख ८, २०८१

अमेरिकी संसद भवनमा हुलदंगा : सयौं ट्रम्प समर्थकहरुद्वारा नाराबाजी, प्रदर्शनकारीलाई गोली लाग्यो

नेपालप्लस२०७७ पुष २२ गते २३:२७

दोस्रो अपडेट : ट्रम्प समर्थक भीड ओर्लेपछि क्यापिटोल भवन भित्र गोली प्रहार भएकि महिलाको मृत्यु भएको वाशिंगटन डीसीका प्रहरी अधिकारीहरूले बताएको न्युयोर्क टाईम्सले उल्लेख गरेको छ ।

ति महिलाको पहिचान हुन सकेको छैन । उनलाई कसले गोली हानेको हो भन्ने बारेपनि कुनै जानकारी नभएको महानगरीय प्रहरी विभागका चीफ रोबर्ट जेले बताएका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले सांसदहरुको छलफल चलिरहेको क्यापिटल भवनमा प्रवेश गरेर हुलदंगा गरिरहेका छन् । डेमोक्र्याट उम्मेदवार जो बाइडेनको विजयको घोषणा गर्न बहस भइरहँदा शहरका विभिन्न भागबाट पुलिसको अवरोध नाघेर उनीहरु संसद भवनको घेरा हाल्दै भवनभित्रै पुगेका थिए ।

बीचमै संसदको बहस रोकेर सांसदहरुलाई सुरक्षा दिँदै पुलिसले बाहिर निकालेको थियो । प्रदर्शनकारीहरु संसद भवनभित्र प्रवेश गर्दा रिपब्लिकन सांसदहरुले जो बाइडेनको जित अस्वीकार गरिरहेका थिए । ”अमेरिका बचाऔं” भन्ने नारा लगाउँदै ट्रम्पको तस्वीर, अमेरिकी झण्डा र बाइडेन विरोधी प्लेकार्ड बोकेका हतियारधारी मानिसहरु पनि हुलदंगामा देखिएका छन् ।

अप्रिय घटना हुनसक्ने भन्दै वासिंगन डिसीका मेयरले साँझ ६ बजेदेखि त्यहाँ कर्फ्युको आदेश दिएका छन् । ट्रम्पका समर्थकहरु त्यहाँ हातहतियारसहित पुगेकोले घटना अप्रिय हुनसक्ने भन्दै फ्रान्सेली मेडियाले उल्लेख गरेका छन् ।

निर्वाचित राष्ट्रपति जो वाइडेनले टेलीभिजनबाट संसद भवनमा भएको लोकतन्त्र विरोधी गतिविधिको निन्दा गर्दै राष्ट्रपती ट्रम्पलाई सार्वजनिक टेलीभिजनबाट प्रदर्शनकारीलाई हट्न आव्हान गरी सम्बोधन गर्नुपर्ने माग राख्ने बित्तिकै ट्रम्पले आफ्नो ट्वीट मार्फ़त समर्थकलाई घर फ़र्क़न आव्हान गरेका छन्।

प्रदर्शनकारीहरुले अझै संसद भवन घेराबन्दि गरिरहेका छन् ।

(फोटो -बि एफ एम टिभी)

तपाइँको प्रतिक्रिया

फेसबुक