बिहीबार, वैशाख ६, २०८१

अमेरिकी राजनिति : सांसद बसेको हल एकैछिनमा युद्द मैदान जस्तो

नेपाल प्लस२०७७ पुष २३ गते १:०५

राष्ट्रपति ट्रम्पका समर्थकहरू बुधवार वाशिंगटनको क्यापिटल भवनमा प्रवेश गरे । ढोका ढकढक्याउँदै, चिच्याउँदै “यो बाटो! यो बाटो ! यो बाटो ! यो बाटो !” भन्दै थिए उनका समर्थकहरु । त्यसपछि फायर गरियो । फेरि आवाज आयो “त्यो घर लिनुहोस्, अब लिनुहोस् ! अब लिनुहोस् !” खुब चिच्याउँदै भिड भित्र पस्यो । एकैछिनमा हल युद्द मैदान जस्तो देखियो । नाराबाजी तिब्र भयो । हुलदंगा मच्चाए । त्यहाँ सांसदहरुनै असुरक्षित बने ।

राष्ट्रपति ट्रम्पप्रति वफादार व्यक्तिहरूको भीडले बुधबार क्यापिटलमा आक्रमण गरे । कांग्रेसले राष्ट्रपति चुनेका जोसेफ आर बिडेनको जीत पुष्टि गर्न चुनावी मतगणना रोकिदिए । किनभने प्रहरीले सभासद्हरुलाई हिंसा, अराजकता गर्न दिएनन् । बरु त्यस भवनबाट हटाए ।

अपराह्न २ .१५ तिर सभा र सिनेटले रिपब्लिकन पक्षको चुनावी नतिजा उल्टाउने विषमा छलफल गरेको कुरा सुनेपछि सुरक्षा उपप्रमुख माइक पेन्सलाई सिनेट कोठाबाट बाहिर पठाइयो । ट्रम्पका समर्थक प्रदर्शनकारीहरूले प्रदर्शन गरेपछि क्यापिटल भवन तालाबन्दी गरियो । उनीहरुले त्यहाँको पर्खाल (बार) तोडेर भित्र गए र सिधै कानुन कक्षतिर पुगे । सभामुख बस्ने कुर्सीमापनि ट्रम्पका समर्थक पुगे ।

ट्रम्पका समर्थकले आक्रमण गर्ने डरले केहि समयको लागि सिनेट र सदनका सदस्यहरू उनीहरूको कोठामा बन्द थिए । एक व्यक्ति ट्रम्पलाई समर्थन जनाउने घोषणा गर्न सिनेटको डायसमा पुगेका थिए । त्यो गर्दा क्यापिटल सुरक्षाकर्मीले रोक्न खोजेका थिए । तर ट्रम्पका समर्थक उल्टै जाइलागे ।

क्यापिटलमा आँधीबेहरी खेलेको समूहले भवन भित्र एक ब्यक्तिलाई गोली हान्यो । यसपछि ट्रम्प्का समर्थकहरु हातहतियार बोकेर गएको भन्दै झन त्रास स्रिजना भयो । धेरै अप्रिय घटना हुनसक्ने आशंका गरियो । ति महिलाको घाँटीमा चोट लागेको कारण उनको अवस्था गम्भीर रहेको एसोसिएटेड प्रेसले जनाएको छ ।

अब धेरै अप्रिय घटना हुनसक्छ भन्ने लागेपछि त्यो अशान्तिले गर्दा वाशिंगटनका मेयर मुरिएल बाउसरलाई साँझ ६ बजेदेखि विहान ६ बजेसम्म शहरव्यापी कर्फ्यू घोषणा गर्न प्रेरित गर्‍यो । सेनाले कोलम्बियाको सम्पूर्ण प्रान्तलाई निगरानी बढाउन थाल्यो । कोलम्बिया नेशनल गार्ड भनिने सेनाका १,१०० जवान मेयरको आदेशमा तत्कालै परिचालित भए ।

नव बिजयी राष्ट्रपती बिडेनले बुधवार भएको हिंसाप्रति प्रतिक्रिया व्यक्त गर्दै भने, “राष्ट्रपति ट्रम्पलाई आफ्नो शपथ पूरा गर्न र संविधानको पक्षमा बोल्न अब राष्ट्रिय टेलिभिजनमा जान आह्वान गर्दछु । र यो घेराबन्दी अन्त्य गर्न चाहन्छु ।”

वाशिंगटनमा भएको यो असाधारण घटनाले दुबै पक्ष र रिपब्लिकन पार्टीको बिचमा गहिरो विभाजन ल्याएको त छ नै, नागरिकअैइसमेत बिभाजनको प्रयास गरिएको छ । प्रत्येक चार वर्षमा हुने निर्वाचनको मतगणना विस्फोटक दृश्यमा परिणत गराएर ट्रम्पले अशान्ति खडा गरेका छन् ।

ट्रम्पका समर्थकहरुले पत्रकारका झोला, स्ट्यान्ड, क्यामरा, क्यामराका सामाग्रि, लुगा, कुर्सी सबै ल्याएर बाहिर फ्याँक्ने, फोर्ने गरेका छन् । एकैथलोमा थुपारेर तिनले लुगा च्यात्ने, लठ्ठीले हानेर क्यामरा फुटाउने गरेका थिए ।

धेरै सांसदहरूलाई प्रहरीले सदनको भुइँमा आड लिन र क्यापिटल रोटेन्डामा अश्रु ग्याँस फैलिएपछि मास्क प्रयोग गर्न निर्देशन दिएका थिए । त्यसको लगत्तै प्रहरीले सेनेटर र सदनका सदस्यहरूलाई भवनबाट अन्यत्र ठाउँमा लग्यो । हलवेहरूमा सभासदहरू भेला भएका मात्र थिए त्यहाँ ट्रम्पका समर्थकहरु पुगेका थिए ।

दक्षिण क्यारोलिनाकी एक नयाँ रिपब्लिकन प्रतिनिधि नेन्सी मेसले ट्रम्पका समर्थकले प्रहरीलाई हमला गरेको ट्विटरमा उल्लेख गरेकि छन् ।

क्यापिटोल हलमा बन्द रहेका अन्य रिपब्लिकन सांसदहरूले ट्वीटरको प्रयोग गरेर भीडलाई शान्त हुन आग्रह गरेका थिए ।

(नेपालप्लस सँगै बिएफएम टिभी, द न्युयोर्क टाईम्स, फँस २४ न्युज, ल पारिजियाँ)

तपाइँको प्रतिक्रिया

फेसबुक