शुक्रबार, वैशाख १४, २०८१

प्रजातन्त्रको मुटुमा ट्रम्पको प्रहार

समाचार टिप्पणी

संजय घिमिरे / अमेरिका२०७७ पुष २३ गते १०:१२

प्रजातान्त्रिक अभ्यासमा विश्वमै उदाहरणीय मानिने अमेरिकाका लागि सन २०२१, जनवरी ६, एउटा कालो र लज्जास्पद दिनको रुपमा अंकित भएको छ ।

जनताबाट चुनिएर आएका प्रतिनिधीहरुको थलो र प्रजातान्त्रीक अभ्यासका लागि नमुना मानीने, क्यापिटल हिलमा बुधबार राष्ट्रपती डोनाल्ड ट्रम्पका समर्थकहरु जसरी प्रवेश गरेर ताण्डव मच्चाए, यसले एउटा घमण्डी राष्ट्रपतीले प्रजातान्त्रीक अभ्यास र प्रकियालाइ कति डरलाग्दो गरी ध्वस्त पार्न खोज्दोरहेछ भन्ने देखिएको छ ।

नयाँ राष्ट्रपती छान्ने एउटा महत्वपुर्ण अन्तिम प्रक्रिया चलीरहेको बेला कंग्रेसमेन र सिनेटरहरु भागाभाग गरेको दृश्य देखिनु अमेरिकाको मात्र होइन, बिश्वकै प्रजातन्त्र र राजनैतीक इतिहासको एउटा ठूलो दुर्भाग्य हो ।

राष्ट्रपती ट्रम्पले केहि न केहि वितण्डा त गर्छन् भन्ने त धेरैले ठानेकै थिए । तर आफ्ना मान्छेहरुलाइ क्यापिटल हिलका शिशा तोडफोड गर्ने हदसम्म उर्तालान भन्ने शायदै कसैले कल्पना गरेको थियो । डेमोक्रेट मात्र होइन, रिपब्लीकन पार्टीका नेताहरु समेत बुधबार क्यापीटल हिलमा भएको घटनाबाट स्तब्ध भएका छन् ।

कतिपयले यसलाइ अमेरिकी राजनीतीको कालो दिन भनेका छन् भने कतिपयले आफूहरु निकै निराश र दुखी भएको बताएका छन् । राष्ट्रपती ट्रम्पलाइ राष्ट्रपतीबाट तत्काल निकाल्नुपर्ने आवाजहरु पनि उठेका छन् ।

जम्मा दुइ साता ट्रम्पका राष्ट्रपतीय दिनहरु बाँकी रहेपनि यी दुइसाता पनि ट्रम्प राष्ट्रपती हुन लायक रहेनन् भन्ने कतीपयको विश्लेषण छ । हुनपनि, बिडम्बना के हो भने जसको हातमा ‘कानुन र निर्देशन’ कायम गर्ने अन्तिम र मुल जिम्मेवारी छ, उसैको कारण वाशिंगटनको मात्र होइन, क्यापीटल हिलको ‘कानुन र निर्देशन’ नै धर्मराएको छ ।

राष्ट्रपती जस्ता भएपनि, प्रजातन्त्रका अरु खम्बाहरु बलिया भएकाले अमेरिकाले आफ्नो प्रजातान्त्रीक लय त छिट्टै समात्ने छ । तर राष्ट्रपती ट्रम्पले उडाएको प्रजातन्त्रको खिल्ली भने दुनीयाँले छिट्टै र सजिलै बिर्सने छैन ।

तपाइँको प्रतिक्रिया