मंगलबार, वैशाख ११, २०८१

फेसबुक र ट्विटरले ट्रम्पलाई ब्लक गरे

नेपाल प्लस२०७७ पुष २३ गते ११:५०

संसद भवनमा उपद्रो गर्न आफ्ना समर्थकलाई उचालिरहेका पराजित राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कानूनको उल्लंघन गरी सामाजिक सद्भाव खल्बल्याएको भन्दै फेसबुक र ट्विटरले उनलाई ब्लक गरेका छन् ।

मध्य शहरको संसद भवनमा सयौंको संख्यामा ट्रम्प समर्थक हुल्लडबाजरु र प्रहरीको भिडन्तमा चार जनाको मृत्यु भएको छ । हुल्लडबाजहरुबाट संसदका सदस्यलाई जोगाउन प्रहरीलाई हम्मेहम्मे परेको थियो ।

प्रजातन्त्रको मसिहा भनिएको अमेरिकाको यो कन्तविजोग देखेर धेरै देशका प्रमुखहरु, नाटो जस्ता सैन्य संगठनका महासचिव लगायत सबैले निन्दा, भर्त्सना गरेका छन् ।

संसद माथिको तत्काल हमला रोक्नुपर्ने ट्रम्पले उल्टो आफ्ना समर्थकहरुलाई उत्तेजित बनाउने ट्विट गर्दै हुलदंगा गर्न उत्तेजित बनाइरहेका थिए । उनले ट्विट मार्फत् चुनावमा धाँधली भएको भन्दै समर्थकहरुलाई भिडियो सन्देश पठाएपछि फेसबुक ट्विटले ब्लक गरेको हो ।

तपाइँको प्रतिक्रिया

फेसबुक