बुधबार, वैशाख १२, २०८१

अमेरिकी संसदका हमलाकारीहरुबिच भारतीय झण्डा (भिडियो सहित)

नेपाल प्लस२०७७ पुष २३ गते १२:१८

अमेरिकी संसदमा ट्रम्प समर्थकहरुले हमला गरिरहँदा हुलदंगा गर्नेहरुको हातमा अमेरिकी झण्डाहरु प्रशस्तै देखिएका थिए । त्यसबिचमा भारतीय झण्डा पनि फहराएको कुरा अहिले सामाजिक संजालमा चर्चाको विषय बनेको छ ।

त्यो झण्डा बोक्ने को थियो ? भारतीय मूलको आप्रवासी, मोदीभक्त या मोदी ट्रम्पको मित्रतामा रमाइरहेको अरु कोहि ? जे होस्, यो भिडियो अहिले सामाजिक संजालमा निकै चर्चामा छ ।

आफूलाई प्रजातन्त्रको शिखरको मुलुक ठान्ने अमेरिका र पुरानो लोकतन्त्रको देश भनिने भारतीय झण्डाहरु यस्ता गैर लोकतान्त्रिक उद्दण्ड काममा देखिनु पक्कै राम्रो कुरा होइन भन्ने धेरैको भनाइ छ ।

भारतीय मेडिया द हिन्दुस्तान टाईम्स, टाईम्स अफ इन्डिया लगायतका अखवारहरुले यसरि अर्काको देशको संसदमा भारतीय तिन रङको झण्डा देखिनु आपत्तीजनक रहेको उल्लेख गरेका छन् । भारतीय नागरिकहरुले हाल यस विषयमा सामाजिक सन्जालमार्फत ब्यापक बिरोध गरिरहेका छन् । धेरैले यो झण्डा कसरि पुग्यो, कसले लग्यो छानबिन हुनुपर्ने भन्दै कारवाहिको माग गरेका छन् ।

तलको भिडियोमा हेर्नुस्

तपाइँको प्रतिक्रिया