शुक्रबार, वैशाख ७, २०८१

गालीगलौज र घृणालाई प्रतिवाद गर्ने बनायो स्विजरल्याण्डले एप

नेपाल प्लस२०७७ पुष २७ गते २२:५२

महिलाको संगठन आलियँस एफ (विमेन अलाईन्स) ले एउटा यस्तो एप बनाएको छ कि जसले गालीगलौज, घृणायुक्त बोली, भाषण सबै पत्ता लगाउँछ । एक स्वयंसेवक समुदायको सहयोगमा इन्टरनेटमा घृणायुक्त भाषण, बोली ट्र्याक गर्न र त्यसलाई काउन्टर गर्न पहिलो स्विस अनुप्रयोग (एप) सुरू गरेको छ ।

जनवरिको पहिलो हप्ता सुरु गरिएको प्लेटफर्मले फेडरल इन्स्टिच्युट अफ टेक्नोलोजी जुरिच (ईटिएच) र जुरिच विश्वविद्यालयको प्रविधी प्रयोग गरेको छ । जो स्वयंसेवकले स्टपहेटस्पिच डट सिएच (stophatespeech.ch) मा साईन इन गर्छन् तिनले बायाँ वा दायाँ स्वाइप गरेर वा बेवास्ता गरेर इन्टरनेटमा घृणायुक्त भाषण सुन्न सक्छन् । हटाउनपनि सक्छन् । राखिएका घृणायुक्त कुरालाई इन्टरनेटबाटै हटाउन सकिनेसमेत बनाइएको छ ।

एलायन्स एफका निर्देशक सोफी आचेर्मनले स्विस सार्वजनिक प्रसारक एसआरएफलाई बताए अनुसार कोविड १९ महामारीको क्रममा अनलाइन घृणाको अभिव्यक्ति बढेको छ । मानिसहरूले घरमा धेरै समय बिताएकाले त्यो बढेको हो । त्यसैले यो पहल विशेष गरी अहिलेको अवस्थामा बढि आवश्यक छ । यसले विशेष गरी महिला बिरूद्ध सबै प्रकारका अनादारपूर्ण र अपमानजनक टिप्पणीहरूलाई लक्षित गरेको छ । यसले अन्य मानिसलाई गरिने घृणाको अभिब्यक्तिबिरुद्दपनि काम गर्छ ।

एक पटक त्यस्ता टिप्पणीहरू पहिचान गरिएपछि समुदायलाई गलत अभिब्यक्ति दिनेलाई काउन्टर दिन, त्यस्ता छलफलमा हस्तक्षेप गर्न प्रोत्साहित गरिन्छ । अचेर्मानका अनुसार व्यक्तिलाई भेट्न र गलत अभिब्यक्तिको कारण खोज्नुभन्दा यो एप बढि फलदायी हुन्छ । धेरै पाठकहरूले गलत कुरो देखेपछि बिभिन्न कुरा सोच्छन् । कतिपयले त पत्याइहाल्छन् । सभ्य काउन्टर दिनसक्दा घृणा गर्ने टिप्पणीहरूले कम महत्व राख्छन् । कम प्रभाव पार्छन् । आफूसित एप भएपछि त्यस्ता खराब टिप्पणीलाई तत्कालै हटाउन र काउन्टरदिनपनि सकिन्छ ।

यो प्लेटफर्मले प्रयोगकर्ताहरूलाई घृणायुक्त बोली पहिचान गर्न मद्दत पुर्‍याउन सल्लाहसमेत दिन्छ । साथै काउन्टर रणनीतिहरूको बारेमा छलफल गर्न “काउन्टर-स्पीच” प्रयोगशालासमेत आयोजना गर्छ ।

यस अघि बेलायतले यस्तै एप बनाएको दाबी गरेको छ भने पाकिस्तानलेपनि बनाउने घोषणा गरिसकेको हो ।

तपाइँको प्रतिक्रिया

फेसबुक