बुधबार, फागुन १९, २०७७

सित्तैमा पाइने पिसाव कति धेरै उपयोगी

नेपाल प्लस२०७७ माघ १३ गते २१:३६

हामी सबैसँग प्रशस्त छ । वर्षभरि उपलब्धपनि हुन्छ । खोज्न टाढापनि जानु पर्दैन । र यो नि:शुल्क पाइन्छ । तरल फोहोर पिसाबलाई यदि हामीले केहि उपयोगी बनाउन सक्यौं भने कति फाइदा लिन सकिएला ? रासायनिक मलहरूलाई प्रतिस्थापन गर्न यसलाई रिसाइकल किन नगर्ने ?

हरेक दिन एक स्वस्थ ब्यक्तिले सालाखाला प्रति दिन साँढे दुई लिटर पिसाव फेर्छ । यसरि वर्षमा एक ब्यक्तिले ९०० लिटर पिसाव फेर्छ । यो भनेको लगभग पाँच वटा टब बाफको खाडल भरिने मात्रा हो । यो तरलसित अन्य महत्वपूर्ण पदार्थपनि मिस्रित हुन्छ । यद्यपि यो शरीरको तरल पदार्थसित अन्य मूल्यवान तत्वहरू समावेश हुन्छन् । यो अन्य सामग्रीसँग मिसाईन्छ र ढलमा छोडिन्छ ।

स्टार्ट-अप इकोसेकका सिर्जनाकर्ताहरूले अक्किल भेटेका छन् । त्यसलाई संग्रह गर्ने । फ्रान्सको मोंपलिय शहरमा रहेको कम्पनीले सुख्खा शौचालयहरू विकास गरेको छ जसले मल र पिसावलाई छुट्ट्याउँछ । दिसालाई शौचालयको पछिल्तिर पठाइन्छ र पिसावलाई मुन्तिर ।

“सबैलाई थाह छ कि हामीले फोहोरहरु मध्ये एकतर्फ आल्मुनियम राख्ने, अर्कोतिर गिलास, अझ अर्कोतिर कागज र अझै अर्कोमा प्लास्टिकलाइ छुट्याउने । छुट्टै बाक्सा वा खण्डमा कुहिने वस्तु छुट्याएर अलग्गै पार्ने हो भने रिसाईकल गर्न धेरै सजिलो हुन्छ । घर भित्र बग्ने तरल पदार्थपनि त्यस्तै नै हो” इकोसेकका सह-संस्थापक बेन्जामिम क्लोट बताउँछन् ।

मूत्रमा ९५ प्रतिशत पानी हुन्छ । तर यसमा नाइट्रोजन, फस्फोरस र पोटाशियम जस्ता बहुमूल्य तत्त्वहरूपनि हुन्छन् । यि तत्वले बोटबिरुवाहरू बढाउने, हुर्काउने काम गर्छ । रासायनिक मललाई दुरुत्साहित गरिदिन्छ । रासायनिक मल महँगो र प्रदूषणकारी प्रक्रियापनि हो । मूत्रले ति दुबैलाई रोकिदिन्छ । अर्थात् जैविक मलको काम गर्छ । सित्तैमा पाइन्छ ।

मोँपलियका ब्रुनो ल ब्रेतोँले आफ्नो अंगुर खेती गर्ने जमिन मुत्र मलको अनुसन्धानकालागि सित्तैमा दिएका छन् । दुई वर्ष अघि उनले फ्रान्सको दक्षिणमा पर्ने मोंपेलिय नजिकै दोमेन द ला जासमा रहेको आफ्नो अंगुर खेती (भिन्यँ) को सानो भागमा परम्परागत मलको प्रयोग गरेका थिए । यो नमूना परिक्षणका लागि थियो ।

पहिलो परीक्षणले देखायो कि पिसाब फालेको ठाउँमा कुनै झिंगा थिएन । कुनै गन्धपनि आएन । अंगुरबारीमा नतिजा एकदमै सकारात्मक देखियो । रासायनिक मल हाल्दा जस्तो परिणाम देखिन्थ्यो पिसाबले उस्तै काम गरेको देखियो । कम्पोस्ट मलमा जत्तिकै काम गर्‍यो ।

पिसावको थोपा थोपा सिंचाई पद्दती अपनाउँदा पिसावले छोएका अंगुरहरू काटेर अध्ययन गरियो । केहि अनौंठो भेटिएन । कुनै खरावी देखिएन ।

तर ब्रुनो ल ब्रेतँको लागि त्यहाँ अझै एउटा अवरोध छ : जुन सम्बन्ध उनीहरूको आफ्नै उत्सर्जनसँग छ । “पिसाव र वाइनको उत्पादनसँग धेरै नै राम्रो संवन्ध छ । वाईन उत्पादनको साथमा पिसावलाई सम्बद्ध गर्दै जान आवस्यक छ । तर यो जनताको दिमागमा सहज तरिकाले लिने बनाउन जटिल छ । हामीले नागरिकहरूलाई यो प्रश्न सोध्नु पर्छ ‘हामी त्यसलाई स्विकार गर्न तयार छौं कि छैनौं?” पिसाव हालेको विरुवाबाट फलेको अंगुर, त्यसबाट बनेको वाईन र जुस भनेपछि कतिपयले बुझ्दैनबुझि, असर गर्दैन भन्ने बुझ्ने प्रयासनै नगरि नकारात्मक सोच्न सक्छन् भन्ने आशय ब्रुनोमा देखिन्छ ।

पिसाव प्रयोग ब्याक्टेरिया बढाउन

विश्वमै सबैभन्दा बढि वाईन उत्पादन क्षेत्र फ्रान्सको बोर्दोमा रहेको तोपी अर्गानिक्समा शुद्ध मूत्र प्रयोगले मात्रै मलको समाधान दिन्न । किनकि त्यहाँको कृषि क्षेत्र विशाल छ । धेरै मात्रामा रहेको कृषिमा मुत्र प्रयोग गर्न निकै ठूलो मात्रा चाहिन्छ ।

गहुँको खेतमा एक हेक्टरमा प्रति वर्ष ३० हजार लिटर पिसाब आवश्यक पर्दछ । त्यसबाहेक सहि उपकरण, धेरै समय र खेत जोत्न इन्धन चाहिन्छ ।

त्यसैले तोपी अर्गानिक्सले ब्याक्टेरियाको खेती गर्न मूत्र प्रयोग गर्दछ जुन बोटहरूका लागि उपयोगी हुन्छ । केहि ब्याक्टेरियाहरूले बिरूवाहरूलाई माटोबाट फास्फोरसमा पहुँच पुर्‍याउन मद्दत गर्छ । अरूले वातावरणमा नाइट्रोजन मिसाएर सिधा माटोमा छोड्दछन् ।

यी उत्पादन बजारमा नभएको होइन । छन् । तर महँगा छन् । यदि मिकाएल रोस जसले यो पिसाव मल पद्दतीको नयाँ तरिकाले विकास गरे उनलाई विश्वास गर्ने हो भने उनले विकास गरेको मूत्र-आधारित प्रविधिले उहि उत्पादनको लागि प्रति लिटर ५० यूरोबाट शुन्य दशमलव ३० युरो प्रति लिटर कम गर्न सक्छ ।

मुत्र मल प्रविधी यस्तो नवीनतम प्रयोग हो जसले भविष्यमा समाप्त हुने जीवाश्म ईन्धन (फोसिल फ्युल) हरूमा समाजको निर्भरता घटाउनको लागि सम्भव बनाउँछ ।

तोपी अर्गानिक्सका प्रमुख कार्यकारी अधिक्रित आफ्नो निष्कर्ष सुनाउँछन् “अब हामीसँग अर्को विकल्प नभएसम्म पर्खनु पर्दैन । हामी खनिज मलभन्दा बढी गुणस्तरिय र तत्काल उपलब्ध हुने मुत्रमल प्रविधी राख्न कोशिस गर्दैछौं। “

तपाइँको प्रतिक्रिया

फेसबुक