शुक्रबार, वैशाख १४, २०८१

बझाङका कुँवरले पोर्चुगलमा गरे आत्महत्या

नेपालप्लस संवाददाता / पोर्चुगल२०७७ पुष २३ गते २२:४५

घर फर्किन ठिक्क परेर पोर्चुगलको आरोईस स्थित एट्लान्टिको होस्टेलमा बसिरहेका बझाङ बुंगल नगरपालिका वडा नं चार टम्टना बिजगडाका २९ वर्षिय सुरत कुँवरले आत्महत्या गरेका छन् । चार तला माथिबाट हाम्फालेर आत्महत्या गरेको उनका साथीहरुले बताएका हुन् ।

आत्महत्या गरेकै दिन उनले घरमा फोन गरेर “म मर्छु अब” भन्दै जिस्किएको उनी निकटका साथीहरुले बताएका छन् । सोही दिन उनले सामाजिक संजाल फेसबुकमा “मिल्ने भए दुख हटाई खुशी किन्थें आमा, आफ्नो को हुन् पराई को हुन् सबै चिन्थें आमा” लेखिएको मार्मिक विचार शेयर गरेको समेत देखिएको छ ।

घटना स्थलमा पुगेकी तनहुँ समाजकी अध्यक्ष बिनु बस्नेतले दिएको प्रारम्भिक सुचनाका अनुसार उनी मानसिक समस्या (डिप्रेशन) मा परेका थिए । उनले नेपाल जान जनवरी ८ तारिखको हवाई टिकट लिएका थिए । तर अन्तिम समयमा किन आत्महत्याको निर्णय गरे भन्नेबारे तथ्य खुल्न बाँकी नै छ । यसबारे प्रहरीले अनुसान्धन गरिरहेको बताइएको छ ।

गाउँमा मुखियाको नाती भनेर चिनिने अविवाहित कुँवरका पिता नन्द कुँवर रोजगारीको शिलशिलामा पत्नी सहित भारतको बैंगलुरमा छन् । उनका दुई भाई, एक बैनी र एक दिदी छन् । उनी विगत ५ वर्षदेखि रोजगारीको शिलसिलामा पोर्चुगल बस्दै आएका थिए ।

तपाइँको प्रतिक्रिया