मंगलबार, माघ ६, २०७७

मोटा महिला रुचाउने संसार कहिले देखि किन बदलियो ?

नेपालप्लस संवाददाता२०७७ पुष २७ गते ९:२०

मोनालिसा, फोटो- नेपालप्लस

मोटा मानिसहरूलाई सुन्दर नठान्नुको एक कारण छ । किनकि तिनले आफैं भित्र घृणा देख्छन् । कुरुप ठान्छन् । किनकि उनीहरु मोटा हुँदा खानेकुराको विकारमा पुर्‍याएको ठान्छन् । मोटो हुँदा खानपिन, व्यायाम र आफ्नै शरीरसँगको सम्बन्धलाई अपरिवर्तनीय रूपमा बिगारिदिन्छ । पातलो हुनु विकल्प नभएर आवश्यकता ठान्छन् । त्यसैले शरिर मोटो हुँदा कुरुप, भद्दा ठानिने हो ।

मान्छे नमोटाउँदा जेपनि खान्छ । यता र उति टापटिप गर्छ । क्वाप्प क्वाप्प पार्छ । तर शरिर मोटाएर भद्दा हुन थालेपछि घटाएर खान शुरू गर्छ । खाना मिलाएर । जति पातलो भयो उति पातलिन खाना नियन्त्रण गर्न पुग्छ ।

सन् २०२० आयो । धेरै मानिस घरमै बसे । लकडाउनले घरमै थुनिन बाध्य पार्‍यो । घरमा बस्यो छिनछिनमा चपरचपर खायो । टाप्पटिप्प पार्‍यो जेपनि निल्यो । मानिस मोटाए । धेरैले लकडाउनमा तौल बढ्ने समस्याको सामना गरे ।

प्रेम गर्न सबैभन्दा गाह्रो यदि तपाई आफैं मोटाउनुभयो भने हुन्छ । तिनलाई यस्तो लाग्छ कि सम्पूर्ण संसार हाम्रो बिरूद्ध छ । हामीलाई विफल बनाउन खोजिरहन्छ संसार । तर सधैं यस्तो थिएन । हाम्रा पूर्खाले यस्तो सोचेनन् । शताब्दी पहिलेसम्म ‘फ्याटफोबिया’ थिएन । अझ त्यो भन्दा पहिले हामी फ्याटफोबिक थिएनौं । बरु हामी बोसो भएका, डम्म शरिर भएका महिलाहरूलाई माया गर्थ्यौं, छान्थ्यौं । उनीहरूको मोटो पूर्ण शरिर र बलियो देखिने ज्यानलाई माया गर्थ्यौं । त्यसो भए के मोटा मानिस कुरुप हुन् त ? होइनन् । ति सुन्दर थिए । ति अझै सुन्दर छन् । खालि हामीले त्यो याद गर्नु आवस्यक छ ।

                              पुरातन ग्रीस

पुरातन ग्रिक सभ्यतामा मोटी महिलालाइ ‘ओ एफ्रोडाइट !’ भनिन्थ्यो । एफ्रोडाईट एक पुरातन ग्रीक देवी हो जुन प्रेम, सौन्दर्य, रमाईलो, उत्कटता र प्राप्तिसँग सम्बन्धित छ । उनी रोमन देवी वीनससँग तुलना भइन् । एफ्रोडाइटका प्रमुख प्रतीकहरूमा गुलाब, ढुकुर, भँगेरा र हाँसहरू समावेश छन् । मोटी महिलालाई मायाको देवी भनिन्थ्यो । प्राचीन ग्रीसमा मोटा महिलाहरू सुन्दर मानिन्थ्यो उसो भए ?

प्राचीन ग्रीसले गज्जबको उदाहरण प्रस्तुत गर्छ । किनकि यस समयमा, सौन्दर्य मापदण्डहरूमा समाहित पुरुषहरू थिए ! अर्थात् सौन्दर्यको पक्ष आउनासाथ पुरुष सौन्दर्य, सुन्दरताको कुरो आउँथ्यो । सौन्दर्य देवताहरूको वरदान मानिन्थ्यो । र बाह्य सुन्दरताले त्यो बेला आन्तरिक सुन्दरता, अन्तरिक पूर्णतालाई लुकाइरहेको थियो । र सामान्यतया यदि तपाई राम्रो देखिनु भयो भने तपाई राम्रो मानिनुहुन्थ्यो ।

पुरुषहरू दिनमा आठ घण्टासम्म काममा बिताउँथे उभिएरै । र औसत एथेन्सियाली (ग्रिसको राजधानी एथेन्सका नागरिक) वा स्पार्टन नागरिकमा कसिला, भरिला मांसपेशीहरू हुन्थे । पातलो कम्मर, पातलो मांसपेशी, तिघ्रा र सानो लिंग हुन्थ्यो । त्यस्तै बनाउन खोज्थे । अहिले त्यसमा केहि चीजहरू पक्कै परिवर्तन भएको छ । त्यस समयका मूर्तिहरू वास्तविक व्यक्तिहरूको आक्रितिबाट बनाइएको हो भनी विश्वास गरिन्छ । त्यसैले अहिले ति आक्रितिहरुमा देख्न सकिन्छ कि उनीहरूले आफ्नो कसरतलाई कति तीव्रताकासाथ लिएका थिए ।

तर महिलामा त्यो तरिका, द्रिष्टिकोण, बुझाई र हेराइ फरक थियो । महिलालाई क्यालोन काकन वा “सुन्दर-दुष्‍ट चीज” भन्ने बनाइएको थियो ।

“उनी दुष्ट थिइन किनकी उनी सुन्दर थिइन, र सुन्दर थिइन किनकि उनी दुष्ट थिइन । राम्रो देखिने मान्छे हुनु मौलिक रुपमै शुभ समाचार थियो त्यो बेला । एक सुन्दर महिला हुनु भनेको समाजमा समस्या उब्जाउनु थियो। ” – बीबीसी न्यूज पत्रिका ।

Photo: Tabitha Turner/ Unsplash

‘तपाईं सुन्दर भएपनि साँच्चिकै जित्न सक्नुहुन्न’ आज यो भनाई जति प्रसिद्द छ त्यति नै परिचित थियो त्यो बेलापनि । तर ग्रीकहरूले केलाई सुन्दर ठाने ? फराकिलो पुठ्ठा । फिक्का पाखुरा । ठूला छाती ! एफ्रोडाइटलाई एफ्रोडाइट क्याल्लीपुगोस, वा सुन्दर नितम्बहरूको एफ्रोडाइट पनि भनिन्थ्यो । उनीहरुले नितम्बलाई खुब प्राथमिकता दिन्थे । “पछिल्लो भाग जति ठूलो छ, उति राम्रो र सुन्दर” ग्रीकहरू भन्थे ।

              मध्यकालीन समय

photo- wikipedia

मध्यपूर्व कालमा मानिसको आयु तीस वर्षभन्दा बढी थिएन । जम्मा ३० वर्षको आयु भएपछि यो बेलका पुरुषहरुमा महिलाको सौन्दर्य हेर्ने, सुन्दर को छ खोजि गर्ने, छान्ने खासै चाख थिएन । उनीहरूलाई लाग्थेन, महिलालाई के कुराले आकर्षक बनाउँछ । तैपनि तिनीहरू लामो घाँटी, साना दाँत, फिक्का अनुहार, लामो कपाल र चट्ट देखिने पेट चाहन्थे । साना कम्मरहरूप्रति उनीहरूको मोह थियो ।

तर मध्ययुगीन अवधि र कठिन मानिने यो कालमा मोटो हुनु समृद्धिको संकेत थियो । यसलाई कसरि लिइन्थ्यो भने तपाईंसँग खानको लागि पर्याप्त छ । पर्याप्त खाना हुनाले तपाईं बढी बाँच्ने सम्भावना हुन्छ । त्यसैले तपाईं आकर्षक हुनुहुन्छ ।

                          पुनर्जागरण काल

चित्रहरू र मूर्तिकलाका संग्रहालयहरू यस अवधिमा भव्यसित देखा परे । र बहुसंख्यक चित्र, कलामा पूर्ण आकारका महिलाहरू देखिन्छन् । यस समयमा अग्ला र मोटा महिलाहरू बढी शक्तिशाली र सुन्दर देखिन्छन् । मोना लिसालाई विचार गरौं त । उनको फराकिलो काँध र बाक्लो घाँटी, एक सुन्दर गोलो अनुहार कति सुन्दर लाग्छ । टिटियानो आक्रितिमा लमतन्न पसारिएर नग्न बनाएको छ आक्रितिमा । महिलाहरूको सम्पूर्ण महिमा उनीहरूको पूर्ण आकृतिमा प्रशंसित हुन्छ । पूर्ण आक्रिती वा पूर्ण कदकि महिला र उनीहरूको ठूलो स्तन, ठूला नितम्बहरू मार्फत् प्रजननको प्रमुख संकेतहरू प्रदर्शन गर्ने विश्वास गरिन्थ्यो । त्यसले उनीहरूलाई अत्यधिक लोकप्रिय बनाउँथ्यो ।

Photo: Europeana / Unsplash

पुनर्जागरण कालमा मोटो महिलाहरू आकर्षक, सुन्दर बनेका मात्रै होइनन् कि पातला महिलाहरू सुन्दर मानिदैनथे । ति अप्रिय देखिन्थे । आजकाल शरिरलाई ढाकिदिए पुग्छ । खासमा मोटो वा पातलो जे भएपनि खुलेर आलोचना हुन्न । सधैं, सबैले पातलो सधैं रुचाउँछन् भन्नेपनि छैन । यो एक विकासवादी अवधारणा पनि होईन । बरु मेडियाको कारणले मानिसहरुले सोचिरहने, चर्चा भैरहने एक सामाजिक सन्देश हो ।

यो सबै कहिले परिवर्तन भयो ?

हामीले सोचेको भन्दा धेरै छोटो समयदेखि । शताब्दीअघिको अन्य तर्साउने, भयावहखाले ब्याख्याको कारणले शताब्दीयौंदेखि राम्री, सुन्दर हुनको लागि सोच्दै आए कि पातली कसरि हुने । कोर्सेट अथवा स्तन छोप्ने सेक्सी लुगा, ब्रा बनाउने प्रविधी कपडाका लागि चाहिएको आकार सिर्जना गर्ने उद्देश्यले गरिएको थियो । तर महिलाहरूले त्यो नलगाएपनि तिनलाई पातलो वा कुरूप मान्ने गरिएको थिएन ।

१९ औं शताब्दीको अन्ततिरबाट मोटा महिलाहरुप्रति आकर्षण, प्रेम घट्न थाल्यो । आदर्श महिला सानो कम्मर, ढल्केको वा छाड्के परेको वा अझ भनौं भिरालो जस्तो काँध, पातला औंला, झिनो शरिर, पातला अंग, मुरली जस्ता सिनित्त परेका गोडा, मुलायम गोडा सुन्दरताको पर्यायवाची बन्न पुग्यो । यसलाई “इस्पात कुँदिएका महिला” को रूपमा ब्याख्या गर्न थालियो । यसपछि प्राय: कमजोर ब्यक्ति, कमजोरी, उच्च सामाजिक स्थिति र नैतिक मूल्यका आधारमा हेर्न थालियो ।

समस्या हो यहिँबाट शुरु हुन्छ । जहाँ महिला कमजोर हुन्छे त्यहि महिलालाई प्रथामिकतामा राख्ने वा मान्ने गरिन्छ । यो आम रुपमा भन्न खोजिएको हो । त्यसपछि महिलाले कम स्थान ओगट्छे । कम बिचार राख्छे । वा आसा कम गर्छन् ।

तर शताब्दीको अन्तमा अर्को आदर्श चरित्र थियो जसलाई ‘गिब्सन गर्ल’ को नामले चिनिन्थ्यो । उनले शताब्दीयौं अगाडि महिलाको अंगमा स्टीलको कुँदिएका भाग जोडिन् । महिलाको लागि सुविधाहरू जोडिन् जसको फलस्वरूप पातलो कम्मर र खुट्टाहरूपनि पातलै देखिए । तर उनको कम्मर र स्तनमा घुमाउने साधन जोडिएको थियो । आफ्नो मनपर्ने अंगका सुविधाहरू छनौट गर्न सकिने गरि प्रस्तुत गरियो । यो एक यस्तो विश्वास हो जुन २१ औं शताब्दीमा नक्कल गरिएको छ जहाँ प्लास्टिक सर्जरी, कार्डाशियन्स र फोटो सम्पादनको सहयोगमा यसलाई टाँस्ने, मिलाउने, हटाउने गरिन्छ ।

तर १९२० को दशकमा ‘गिब्सन गर्ल’ स्मृतिमा मात्रै रहने भयो । किनकि महिलाहरूले भोकमरी हुनेगरि आहार गर्न थाले । ज्यान घटाउनकालागि । शरिर घटाउन मेशिन प्रयोग गर्न थाले । वजन घटाउने उत्पादनहरू सेवन गर्न थाले । पातलो बन्न जुनसुकै कुरा त्याग्ने वा अपनाउने गर्न थाले ।

एक शताब्दी देखि अर्को शताब्दी वा युगमा प्रवृत्तिहरू अलि बदलिन्छन् । महिलाको नितम्ब, स्तन, गोडा, पाखुरा कति ठूलो हुनसक्छ । वा एथलेटिकलाई प्राक्रितिक रुपको जिउलाई भन्दा बढी प्राथमिकता दिइन्छ । यि कुरा बदलिन सक्छन् । ठूला अनुहार, स्वस्थ मोटा ज्यान विगतमा आकर्षक थिए ।

पछि अधिक वजन महिलाको अपमानसँग जोडियो । अधिक वजनले स्वास्थ्य जोखिममा पर्छ कम वजनको भन्दा । त्यसैले त्यो बुझाईपनि बदलियो । कतिपय लोकप्रिय संस्कृतिमा अधिक तौलका महिलाहरू भद्दा, गह्रुंगा, लोभी, धेरै खाने र रसिला केटा फेला पार्न असमर्थ हुन्छन् भनेर चित्रण गरिएको थियो । किन ? किनभने यसले उत्पादनहरू बेच्न उचित मौका दियो । तौल घटाउने उद्योग एक अर्ब डलरको लगानीमा बढेको थियो । त्यसैले महिलाहरूलाई पातलो हुनुपर्छ भनेर विश्वास गर्नैपर्ने बाटो बनायो । मेडियालेपनि यसबाट अत्यधिक नाफा कमाए । महिलाको फोटोलाइ मुख प्रिष्ठमा नराखेको पत्रिका बेच्न असम्भव जस्तै हुनथाल्यो ।

तर अब महसुस गर्नैपर्छ कि यो सधै त्यस्तो हुँदैन । थिएनपनि । मोटी हुनु सधैं असुन्दर, कुरुपताको पर्यायवाची थिएन । यो तथ्यपनि होईन । बरु जैविक संरचना हो । यो त्यस्तो कुरा हो जुन हामीलाई सामाजिक रूपमा सिकाइएको छ । हाम्रो दिमाखमा भरिदिइएको छ । कलिलो उमेरदेखि नै हामीमा ‘फोटोफोबिया’ छ । र यो एक राम्रो कुरा पनि हो । किनकि यसलाइ सच्याउन र उल्ट्याउनपनि सकिन्छ ।

यो मुद्दामा सचेत रहेर हामीले यसलाई सामना गर्न सक्छौं । हामी ती नकारात्मक कुरालाई सम्बोधन गर्न सक्छौं । हटानपनि सकिन्छ । मोटो हुनु जहिले पनि खराब भन्ने होइन । पातलो हुनु सधैं राम्रोनै हुन्छ भन्नेपनि त हुन्न ।

तर जब तपाइलाई शंका लाग्छ आफैंलाई प्रश्न गर्नसक्नुहुन्छ- मैले के यस्तै सोच्दो हुँ पुरुषको साटो यदि म महिला भएको भए ?

(फ्लोरिन टिडेम्यानका नाममा सिम्टम्स अफ लिभिङमा प्रकाशित लेख नेपालप्लसकालागि भावानुवाद गरिएको हो । आलेखमा परेको मोटा, पातला, सुन्दर, कुरुप आदि शब्दले यहाँ महिलालाई अनादार गर्न नखोजिएको स्पष्ठ पार्न चाहन्छौं-सम्पादक)

तपाइँको प्रतिक्रिया

फेसबुक