शुक्रबार, चैत १६, २०८०

भोका जन्तुलाई आहारा खुवाउने नेपालीलाई युगाण्डामा प्रमाणपत्र

नेपाल प्लस२०७७ पुष २४ गते १६:१७

अफ्रिका महादेशको युगान्डा स्थित नेपालीहरुको परोपकारी कार्यको कदर गर्दै अफ्रिकाको वन्यजन्तु संरक्षण तथा शैक्षिक केन्द्रले पमाणपत्र पठाएको छ । युगान्डामापनि बन्दाबन्दिको कारणले खानाको अभाव स्रिजना भएपछि त्यहाँका नेपालीले इन्टेबे स्थित चिडियाखानामा भोका जिवजन्तुलाई आहारा खुवाउने नौलो खालको परोपकारी कार्य थालेका थिए । त्यहि कामको कदर कर्दै युगान्डा वाईल्डलाईफ कन्सरभेसन एजुकेसन सेन्टरका कार्यकारी निर्देशक डा जुम्स मुसिङ्गुचीले गैर आवाशिय नेपालीको नाममा प्रमाणपत्र पठाएका हुन् ।

“अरुले संकटमा मान्छेलाई सहयोग गरि प्रमाणपत्र पाए होलान् । तर एनआरएनए युगान्डाले कोरोना संकटमा जनावरलाई खाना सहयोग गरे बापत प्रमाणपत्र पायो” गैर आवाशिय नेपाली संघका पूर्व कोषाध्यक्ष तथा अफ्रिकाका अभियन्ता हिकमत थापाले नेपालप्लससित भने । त्यसो त एनआरएनए युगान्डाले संकटमा त्यहाँ रहेका नेपालीहरुलाई पनि सहयोग गर्दै आएकोको छ ।

यो प्रशंसा पत्र धेरै ठूलो नभएपनि यसले त्यहाँका नेपालीहरु आफू बसेको मुलुकप्रतिपनि जिम्मेवार छन् भन्ने देखाउँछ र त्यहाँका नेपालीलाई प्रशासनले राम्रो पहिचान गरेको छ भन्ने प्रमाणित गर्ने युगान्डाका नेपालीले बताएका छन् ।

यससित संवन्धित तलको समाचार हेर्नुस

अफ्रिकाका नेपालीको नौलो परोपकारी कार्य !

तपाइँको प्रतिक्रिया

फेसबुक