बिहीबार, चैत १५, २०८०

जापानमा लिंग महोत्सव

नेपाल प्लस२०७७ पुष २५ गते ११:३०

Kanamara Matsuri Festivities (2007), by Saya M., CC BY-SA 2.0 via Wikimedia Commons

लिंगको ससेज । लिंग चकलेट (क्यान्डी) । लिंगका पोशाक । लिंगकै परेड । जापानको खानागावा  पर्वमा यस्तै हुन्छ । हरेक चिज लिंगकै । खानागावा  फेस्टिवललाई नेपालीमा अनुवाद गर्दा बन्छ, इस्पातको लिंग पर्व ।’

अप्रिलको पहिलो आइतवारका दिन जापानको खावाशाकीका सडकहरूमा कान्यमा तिर्थकालागि आराधना गरिने शिन्टो आत्मालाई सम्मानका लागि प्रशंसा गर्ने लिंगले भरिएको हुन्छ । यस्तो लिंग उत्सव १९६९ मा मात्र औपचारिक रुपमा शुरु भएको थियो । तर यसको जरा भने जापानी लोककथा र पुरातन विश्वासहरुमा थियो ।

                          लिंग पर्वको ईतिहास

Kanayama Shrine, by Stealth3327, CC BY 3.0 via Wikimedia Commons

जापानी लोककथामा एउटा दुष्टात्माको कथा बताइएको छ जो एउटी युवतीको योनी भित्र बसेको थियो । राक्षस प्रेमले उत्प्रेरित भएको थियो । अरू मानिसहरूलाई उनको शारीरिक अनुभव गर्न नदिने र आफैंले मस्ति लिनेमा ऊ डुब्यो । उसको डाह यति तीव्र थियो कि दुईवटा अवसरमा ती महिलाले यौन सम्बन्ध राख्ने प्रयास गर्दा युवा पुरुषहरूले चाल पाए कि आफ्नो लिंग थुतिएको वा चोरी भैसकेको पाए ।

व्याकुल राक्षससँग लड्न, आइमाईले एक प्रख्यात लोहार (फलामको काम गर्ने ब्यक्ति) को सहायता खोजिन् । दुष्टात्माको दाँत भाँच्न उसले फलामको एउटी आइमाई बनायो जसबाट यसलाई सदाका लागि हराउन, हटाउन सकिन्छ । त्यो अक्किलले काम गर्‍यो । फलामबाट बनेको महिलासितको संसर्गले रक्षस खत्तम भयो । यसलाई आशीर्वाद दिने आत्माहरूलाई धन्यवाद दिन, त्यो उत्तेजित लिंग त्यस बेलादेखि सदाका लागि खावाशाकीको कन्यम तीर्थमा प्रदर्शन गर्न थालियो ।

अधिक परम्परावादी धर्महरूको विपरीत, शिन्टो धर्म सेक्स र कामुक प्रतीकहरूको लागि बढी खुला छ । कनयम तीर्थको पछाडिको कथाले मन्दिरलाई यस्तो ठाउँ बनायो जहाँ मानिसहरूले उर्वरता र अझ बढी सम्पन्न विवाहित जीवनको लागि प्रार्थना गर्न सक्थे । १७ औं देखि १९ औं शताब्दीसम्म जापानभरका वेश्यालयका यौनकर्मीहरू आफ्नो यौनजन्य रोगहरूबाट सुरक्षा र उपचारको लागि प्रार्थना गर्न त्यस ठाउँमा गए ।

यस क्षेत्रमा लिंग उन्मुख अन्य चाडपर्व भएको प्रमाण पनि छ । तर धेरैजसो १९ औं शताब्दीको अन्तमा बन्द गरियो । एक शताब्दी पछि यो प्रथालाई स्थानीय राजनीतिज्ञहरूले पुनरुत्थान गरे यद्यपि यो आजको भन्दा धेरै सानो स्तरमा थियो ।

२०१२ मा, स्टिल फालुस अर्थात् स्टिलको लिंग पर्वको लोकप्रियता बढेको थियो । माचुका डिलक्स भनिने जापानी टिभीका एक प्रसिद्द ब्यक्ति थिए । उनी अधिकारका लागि ठूलो वकिल थिए । उनले त्यस वर्षको कार्यक्रमलाई समर्थन गरे । त्यसपछि त्यो उत्सव एकाएक प्रसिद्द बन्यो । त्यसपछि आउने प्रत्येक उत्सवमा ५० हजार भन्दा बढी सहभागी हुन थाले ।

      उत्सवहरू

Kanamara Boat Mikoshi, by stealth3327, Public Domain via Wikimedia Commons

खानागावा  मत्सुरीले तीनवटा घुमाउन सकिने तीर्थस्थलहरूको वरिपरि यसको उत्सवहरू केन्द्रित गर्दछ । पहिलो तीर्थस्थललाई “खानागावा  मिकोसी” भनिन्छ, र यो तीन मध्ये सबैभन्दा पुरानो हो । छानासहित एक वर्ग मिटरको काठको घरमा काठको लिंग राखिन्छ ।

स्टालहरूमध्ये भीड र पर्यटकहरू मध्ये एकले माईकोसी भन्ने कानमारा डुंगा पनि भेट्टाउँथे । यो चलायमान मन्दिरले पानी जहाज भित्र कालो चम्किरहेको फलामको लिंगलाई जोड्छ ।

चलायमान तीन मध्ये सबभन्दा प्रख्यात एलिजाबेथ मिकोसी। हो । यस तीर्थ स्थानमा कावासाकीको आफ्नै ड्रेसिंग क्लब द्वारा दान गरिएको विशाल गुलाबी लिंग रहेको छ । महोत्सवको बेला यो विशाल गुलाबी लिंग केवल ड्र्याग क्लबमा गर्व गर्ने त्यसका सदस्यहरूले बोकेका थिए । अब गैरसदस्यहरूले पनि प्रतिकात्मक मन्दिर बोक्न सक्छन् ।

पेनिस क्यान्डी अर्थात् लिंग जस्ता चकलेट । फोटो- स्टिल्थ३३२७, विकिमेडिया कमोन्स

यो कति गज्जवको कथा, संक्रिति छ जुन पुरानो लोककथाले अद्वितीय अनुभवमा रूपान्तरण गरेको छ । अचम्मको कुरा के हो भने समुदायले एड्स जस्ता डरलाग्दा रोग बिरूद्ध उपचार खोज्नको लागि आत्मामा छोड्दैनन् । अन्धविस्वासमै रहन दिँदैनन् । चाडपर्व मनाउँदा गरिने आयोजनाहरूबाट नियमित रूपमा संस्थाहरुलाई चन्दा दिइन्छ जसले एचआईभीको लागि उपचार खोज्न प्रयास गर्दछ ।

के जापानमा बस्ने नेपालीहरु यो पर्वमा कहिल्यै पुग्नुभएको छ ? छैन भने आगामी अप्रिल १ का दिन पुग्ने हो कि ?

(‘जापान्स् स्टील पेनिस फेस्टीभल’ शिर्षकमा बेन कागेयाआले मेडियम डट कममा लेखेको आलेखलाई नेपालप्लसकालागि नेपालीमा भावानुवाद गरिएको हो- सम्पादक)

तपाइँको प्रतिक्रिया

फेसबुक