बिहीबार, वैशाख १३, २०८१

बेलायतमा विकसित कोरोना भाईरसको झुण्ड फ्रान्समा फेला पर्‍यो

नेपाल प्लस२०७७ पुष २५ गते २२:१०

photo-sud ouest

बेलायतमा उत्परिवर्तित (म्युटेड) भएको कोरोना भाईरसको फ्रान्समा झुण्डनै फेला परेको छ ।

फ्रान्सको दक्षिण क्षेत्र बुस दु रोनमा यस्तो झुण्ड फेला परेको आजै शनिवार हो । फ्रान्सको दोस्रो ठूलो शहर मार्सेई यहि क्षेत्रमा पर्छ । स्वास्थ्य विशेषज्ञहरुले त्यो झुण्ड पत्ता लगाएका हुन् । यो फेला परेलगत्तै बुस दु रोन क्षेत्रमा साँझ ६ बजेदेखिनै कर्फ्यु लगाउने आदेश दिइएको छ ।

साँझ ६ बजेदेखिनै कर्फ्यु लगाउनु नहुने भन्ने स्थानिय निर्वाचित अधिकारीहरुको बिरोधलाई अबज्ञा गर्दै प्रशासनले कर्फ्यु लगाउने निर्णय गरेको हो ।

कोरोना भाईरसको बेलायती रुपको झुण्ड फेला परेको ठाउँका मानिसहरुको कोरोना भाईरस परिक्षण गरिएको थियो । परिक्षणमा सहभागि ४६ मध्ये २१ जनामा बेलायती रुपको कोरोना भाईरस फेला परेको फँस २४ न्युजले उल्लेख गरेको छ ।

केहि समयपछि मार्सेई शहरका समाजवादी पार्टीका मेयर बेन्वा पायँले यो झुण्ड (क्लस्चर) आफ्नो शहरमा फेला परेको स्पष्ट पारेका छन् । उनले कोरोना पोजेटिभ भएकालाई सहयोग र निगरानी गर्न तत्कालै ४० समुद्री अग्निशमक दूत (मारिन फायर फाइटर) तैनाथ गरिएको बताए । उनले न्यु २४ सित भने “कोविड १९ को यो म्युन्टेन्ट र क्रुद्ध प्रकारको फैलावट रोक्न हामीले अब छिट्टै कदम नचालिहुन्न ।”

यो झुण्ड फेला परेपछि बुस दु रेनको अवस्था गम्भिर रहेको अधिकारीहरुले बताएका छन् । त्यहाँ प्रति एक लाखमा २२५ जनामा यो नयाँ खालको कोरोना भाईरस फेला परेको छ ।

तपाइँको प्रतिक्रिया