बुधबार, वैशाख १२, २०८१

सेतो र खैरो अण्डाको स्वाद र स्वास्थ्यमा के छ भिन्नता ?

नेपाल प्लस२०७७ पुष २६ गते १३:२७

बजारमा मुख्यत दुई थरि अण्डा हुन्छन् । सेतो र खैरो । दुबै कुकुरालेनै पार्ने हुन् । तर मान्छेहरु सकेसम्म खैरो अण्डा रुचाउँछन् । खैरो अण्डा सेतो भन्दा महँगोपनि हुन्छ । सेतो र खैरो अण्डाबिच पौष्टिक भिन्नता भने हुन्न । तैपनि किन बढि मूल्यमा खैरो अण्डा किन्छन् त ?

अण्डा प्रोटीनले भरिएको हुन्छ । कम लागतमा असंख्य पौष्टिक लाभ प्रदान हुने खाद्य वस्तु हो यो । चाहे तपाईं तिनीहरूलाई दुधमा, पानीमा पकाएर खानुस् । ससेज जस्तो बनाएर एक टुक्रा बिस्कुटको बीचमा राखेर खानुस् । अण्डाको तरकारी बनाउनुस् वा स्यान्ड्विच बनाउनुस् । वा तपाईंको मनपर्ने केकमा मिश्रित गर्नुस् । अण्डा जेमापनि मिलाउन, मिसाउन सकिन्छ ।

खासमा खैरो रङको अण्डा सेतो रङको भन्दा मिठो, स्वादियो, पौष्टिकता बढि हुन्छ भन्ने भ्रम छ मानिसमा । वास्तबमा त्यस्तो होइन । फरक के भने अण्डा दिने कुखुरामा भर पर्छ अण्डामा कति पौष्टिकता छ भन्ने । यद्यपि बजारमा हेर्दा सेतो र खैरो रङको अण्डाको मूल्य फरक हुन्छ । कहिलेकाहिँ खैरो अण्डाहरू सेतो अण्डा भन्दा महँगो हुनसक्छ किनकि अण्डा पार्ने कुखुरामा भिन्नता भएर हो । सेतो अण्डाहरू सेतो पंखका कुखुराले पारेका हुन्छन् । तिनको कानका लोती सेता हुन्छन् । खैरो अण्डाहरू रातो पखेटा भएका कुखुराले पारेका हुन्छन् । तिनको कानको लोती रातो वा खैरो हुन्छ । रातो प्वाँख भएका कुखुरा शारिरिक आकारमा ठूला हुन्छन् । तिनलाई अधिक खाना चाहिन्छ । त्यसैले खैरो अण्डाहरू पसलका तख्तामा महँगो हुन्छन् ।

हालसालैका दुई अध्ययनहरूले के संकेत गरेका छन् भने दिनहुँ अण्डाहरू खाँदा वास्तवमा हृदय रोगको जोखिम कम हुन्छ । विगतमा गरिएको अध्ययनले अण्डाहरू खानेलाई कोलेस्ट्रोलको समस्या निम्त्याउन सक्छ भन्ने संकेत गरे पनि अमेरिकन जर्नल अफ क्लिनिकल न्यूट्रिशन द्वारा प्रकाशित अध्ययनले हृदय-अवरुद्ध रोगहरूको बढ्दो जोखिम विकास गर्न असफल भएको संकेत गर्दछ ।

स्वतन्त्रपूर्वक वा खुल्ला वासस्थानमा पालिएका कुखुराले पारेका अन्डा उत्पादन लागत धेरै पर्छ । त्यसैले बजारमा मूल्य पनि महँगो हुन्छ । खुल्ला वासस्थान (फ्री-रेंज) मा पालिएका कुखुराहरूको लागि श्रम लागत १० देखि २० गुणा बढी पर्छ । पोथीहरु सामान्यतया आकारमा ठूला हुन्छन् । उनीहरूको शारिरिक विकास र अण्डा पार्न अधिक आहाराको आवश्यकता पर्दछ । फ्रि-रेंजको कुखुरा उत्पादन किनपनि खर्चिलो हुन्छ भने त्यस्ता कुखुराको म्रित्युदर शिकारीहरूको कारणले उच्च हुन्छ जुन उत्पादकको लागि आर्थिक घाटा हो ।

अण्डाको सम्पूर्ण गठन प्रक्रिया पुरा हुन २४ देखि २६ घण्टा सम्म लाग्छ । एगशेल वा अण्डाको बाहिरी पत्र वा बोक्रा गठन गहुन २० घण्टा मात्र लाग्छ । कुखुराको खानामा क्याल्शियमको उच्च प्रतिशत हुन्छ जुन अण्डकोषलाई सहयोग गर्न प्रयोग गरिन्छ । कुखुराले अण्डा पार्ने बित्तिकै यसको शरीरले अण्डाहरूको गठन प्रक्रिया फेरि सुरु गर्न नयाँ जर्दी (पहेंलो भाग) निकाल्ने गर्छ । राम्रो, स्वस्थ कुखुराले एकदमै अण्डा पार्ने मुख्य याम वसन्त र गर्मि महिनामा प्रत्येक पाँच देखि सात हप्ताको बिचमा अण्डा पार्छ ।

कुखुरा साना तर एकदमै ब्यस्त जनावर हुन् । जतिखेरपनि चरिरहन्छन् । हिँदिरहन्छन् । केहि न केहि खोजिरहन्छन् । प्रति वर्ष एउटा पोथीले २५० देखि ३०० अण्डा दिन्छे ।

तपाइँको प्रतिक्रिया