बिहीबार, वैशाख १३, २०८१

स्पेनमा हिउँले ७०० बाटा बन्द, १५०० नागरिक गाडीभित्रै : हिउँ पन्छाउन सेना परिचालन

नेपाल प्लस२०७७ पुष २६ गते २०:२९

photo- France 24

स्पेनमा नाटकिय रुपमा परेको हिउँले जनजिवन निकै प्रभावित पारेको छ । शनिवार त्यहाँ हिउँसमेत परेको आँधी ‘फिलोमेना’ ले तिन जनाको ज्यान लिएको छ । आइतबार देशको उत्तरपूर्वी भागमा पर्ने क्याटालोनिया र अरागोनको इलाकामा यो आँधी सर्दै गएको छ । म्याड्रिडमा, सोमबार अपेक्षित कडा चिसो भन्दा पहिले हिउँ हटाउन सहयोग गर्न सेना खटाइएको अधिकारीहरुले बताएका छन् ।

शनिवार स्पेनको राजधानी मेड्रिडमा ज्यादै बाक्लो हिउँ परेपछि मेड्रिडबाट काँठ र अन्य क्षेत्रतिर जाने करिब ७०० सडकहरु बन्द भएको फ्रान्सको न्युज २४ ले उल्लेख गरेको छ ।

बाटाहरु बन्द भएपछि हिउँ हटाउन त्यहाँ आज आ इ तवारदेखिनै सेना परिचालन गरिएको छ । भोली सोमवार झन धेरै हिउँ पर्ने स्पेनको मौसम पूर्वानुमान विभागको जनकारिपछि त्यहाँ सेना परिचालित गरिएको हो । आज आइतवार रातीनै सबैतिरको हिउँ सफा गरेर सक्नुपर्ने भन्दै सेना परिचालित भएको हो ।

एउटा अभूतपूर्व चिसो छालले सोमबार देशलाई असर गर्ने बताएका छन् । यो फिलोमेना भन्ने आँधीले अन्य क्षेत्रमा भारी वर्षा पनि ल्याएको छ । त्यहाँ न्यूनतम तापक्रम १० डिग्री सेल्सियसबाटपनि तल झरेको छ ।

“हाम्रो लक्ष्य सोमबार अघि हरेक मिनेटकोपनि फाइदा लिनु हो । परेको हिउँ बरफमा परिवर्तन हुनुभन्दा पहिले मुख्य सडकबाट हिउँ खाली गर्नको लागि एक मिनेटपनि सदुपयोग गर्नुपर्ने छ” म्याड्रिडका मेयर जोसे लुइस मार्टिनेज-अल्मेडाले ला सेक्स्टा च्यानलसित भनेका छन् ।

हिउँका कारणले केहि क्षेत्रहरु यातायात सन्जालबाट बिच्छेद भएको हुँदा स्पेनी सरकारले कोभिड १९ भ्याक्सिन र खाद्यान्नको आपूर्ति सुनिश्चित गर्न आइतवार सेना खटाएको हो ।

म्याड्रिडको विमानस्थलमा हिउँ जमेपछि आइतवार दिउँसोसम्म रन वे बन्द गरिएको थियो । त्यसपछि आइतवारनै हिउँ सफा गर्न सेना खटाइएको थियो । हिउँकै कारणले अस्पतालसम्म पुग्नपनि कठिन भएको थियो ।

सरकारका अनुसार आइतबार बिहानसम्म ७०० भन्दा बढी मार्गमा ट्राफिक निलम्बित वा अवरुद्ध भएको थियो । म्याड्रिड जाने र मेड्रिडबाट फर्किने रेलहरूसमेत आइतवार दिउँसोसम्म रद्द गरिएको थियो ।

म्याड्रिड क्षेत्रमा लगभग एक हजार पाँच सय व्यक्ति आआफ्ना गाडीभित्रै फसेका थिए । तिनलाई सहयोग गर्न सुरक्षाकर्मी खटाइएको थियो । स्पेनिस सरकारले हाल नागरिकहरुलाई घरमै बस्न आग्रह गरेको छ ।

मौसम पूर्वानुमानकर्ताहरुले मौसमको स्थिति अर्को हप्ता अझ जटिल हुने र तापक्रम १० डिग्री सेल्सियसबाटपनि तल झर्ने चेतावनी दिएका छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक