बुधबार, वैशाख १२, २०८१

खण्डन : एडमन्ड हिलारीकी श्रीमतीलाई कन्सुलेटबाट हटाएको होइन

नेपाल प्लस२०७७ पुष २६ गते १८:२०

सम्पादक ज्यू

तपाइको अनलाइनमा ‘प्रचन्डपक्षका राजदूतको ओलीभक्ति पर्वतारोही एडमन्ड हिलारीकी श्रीमतीलाई कन्सुलेटबाट हटाएर ओली कार्यकर्ताका नियुक्ती सिफारिस‘ समाचारप्रति मेरो ध्यान आकर्षण भएको छ । यो समाचार गलत हो भनि खन्डन गर्नुहुन अनुरोध गर्दै निम्न जानकारी पठाएको छु ।

समाचारमा उल्लेख भएजस्तो पद र शक्तिका कारण म न्यूजिल्यान्डको अवैतानिक वाणिज्यदूत भएको हैन । यसको लागि नेपाल सरकार र न्यूजिल्यान्ड सरकारको तर्फबाट कम्तिमा सात महिना बिभिन्न प्रकृयाहरु पुरा भएको छ । प्रकृयाहरु पुरा भएपछि सयोगबस नियुक्ति मात्र यो बेलामा भएको हो ।

समाचारमा उल्लेख भएजस्तो पर्वतारोही हिलारीकी श्रीमतीलाई कन्सुलेटको पदबाट हटाइएको छैन । उहाँको स्वास्थ्य तथा उमेरका कारण उहाँले आफ्नो काम कारवाहीलाई नियमित गर्नका लागि एक असिस्टेन्ट राखेर काम गरिरहनुभएको छ र उहाँले ओकल्यान्ड शहरबाट यो काम नियमित गरिरहनुभएको छ । म उहासँग नियमित सम्पर्कमा छु । मेरो नियुक्ति पछि अबस्य पनि म उहाँसग नजिक रहेर काम गर्नेछु ।

आत्मा राम खनाल
अवैतानिक वाणिज्यदूत, न्यूजिल्यान्ड

तपाइँको प्रतिक्रिया