शुक्रबार, चैत १६, २०८०

आन्दोलन कि मध्यावधी निर्वाचन ? गुटगत स्वार्थमा देउवा र पौडेल

नेपालप्लस समाचारदाता / काठमाडौं२०७७ पुष २७ गते १:१७

गत महिना प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा बिघटन गरेर मध्यावधी निर्वाचनको घोषणा गरेपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस भित्र यो निर्वाचनलाई लिएर मौन तर स्पष्ट मतभेदहरु देखिएका छन् । पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबिच मध्यावदी निर्वाचन सम्बन्धमा देखिएका मतभेदहरु अहिले विस्तारै सतहमा आएका छन् ।

पौडेल पक्ष आन्दोलन गरेर अदालतलाई दबा दिने सोचमा छ । जुनसुकै हालतमा प्रतिनिधि सभा पुनर्थापना गरेर निर्वाचन सम्बन्धी विवादलाई अली पर धकेल्न सकिने ध्याउन्नमा छ । कार्यकर्ताहरुलाई सडकमा उतार्न सके कांग्रेसकै संस्थापन पक्ष र अदालतलाई समेत दवाब हुने पौडेलहरुको सोच हो । तर केन्द्रिय समितिमा निर्णयक र बहुमतमा रहेको देउवा गुटले पौडेलहरुको दवावलाई त्यति गम्भिरतापूर्वक लिएको देखिँदैन ।

आइतवार भएको एउटा पुस्तक विमोचन कार्यक्रममा वरिष्ठ नेता पौडेलले सँगै मन्चमा बसेका सभापति शेर बहादुर देउवालाई लक्षित गर्दै भने- “आज देशले नेपाली कांग्रेसबाट सहि नेतृत्व र प्रष्ट दिशा खोजेको छ । त्यसैले कांग्रेसले स्पष्ट बाटो रोजेर दोहोरो मानशिक प्रवृत्ति छोड्नु पर्दछ” ।

कार्यकर्ताहरुलाई सडकमा उतार्न सके कांग्रेसकै संस्थापन पक्ष र अदालतलाई समेत दवाब हुने पौडेलहरुको सोच हो । तर केन्द्रिय समितिमा निर्णयक र बहुमतमा रहेको देउवा गुटले पौडेलहरुको दवावलाई त्यति गम्भिरतापूर्वक लिएको देखिँदैन ।

हुन त नेपाली कांग्रेसले प्रधानमन्त्री ओलीद्वारा प्रतिनिधिसभा विघटन गरिएको कदमलाई असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावाद उन्मुख भनेको छ । तर केन्द्रिय कार्यसमितिबाट निर्णय गरिए जस्तै ब्यवहारिक सतहमा नेपाली कांग्रेस छैन ।

केपी ओलीको कदमका विरुद्दमा गतिलो साथ पाउने आश गरेर बसेको प्रचन्ड-नेपाल गुटले समेत नेपाली कांग्रेससँग बिस्तारै दुरी बढाउदै छ भने कांग्रेसका आफ्नै कार्यकर्ता पनि नेतृत्वको दोहोरो चरित्रका कारण अन्योलमा छन् । जिल्लाहरुमा गरिएका केही कोण सभा बाहेक कांग्रेस सँग ‘इश्यु’ लाई दौडाउन सक्ने अन्य कार्यक्रम छैनन् ।

जनतालाई आन्दोलित बनाउन कुनै सिमित घटनाले मात्र पुग्दैन । त्यसलाई प्रमाणित गर्नसक्ने अधिकारिक आवाजहरु नेतृत्वले कार्यकर्तामाझ पुर्‍याउनु पर्दछ । जुन कांग्रेस सँग छैन । अभेध्य स्वार्थमा रुमल्लिएको छ । गुट र उपगुटले सखाप भएको छ कांग्रेस ।

नेकपाको कुरा अल्ली पर छोडौं । अहिलेको परिवेशमा त्यो पार्टी भित्रका गुटहरु गन्नु पर्ने आवश्यक भएन । प्रतिपक्षमा भएको पार्टी जसले राष्ट्रका लागि सरकारलाई हरेक पटक खबरदारी गर्नुपर्ने थियो । जनताका पक्षमा आवाज उठाउनुपर्ने थियो । राष्ट्रियताका सवालमा मुठ्ठी कसेर उभिनुपर्ने थियो । खोइ त प्रतिपक्ष ? सरकारको असंबैधानिक कदमको विरुद्दमा जहाँँ गएपनि एक भएर जानुपर्ने यो पार्टीका कार्यकर्ताहरुले रामचन्द्र पौडेल र शेर बहादुर देउवाको दोहोरी सुनेर बस्न बाध्य छन् ।

प्रधानमन्त्री केपी ओलीलाई लुकी लुकी भेट्ने देउवा र त्यसको बिरोधमा मन्तब्य दिँदै हिँड्ने रामचन्द्र पौडेल दुबै आ-आफ्नै स्वार्थका घेराउमा छन् ।

मध्यावधी निर्वाचन हुने भयो भने नेपाली कांग्रेससँग जनताका माझ पुगेर आफूलाई उभ्याउने आधार के छन् ? केहि छैनन् । नादा छ कांग्रेस । नेकपा भित्रको समस्या र कांग्रेस भित्रको समस्यामा कत्ती पनि फरक छैन । दुबै पार्टीका सबैलाई देश र जनतासँग कत्ती पनि मतलव छैन । मतलव छ त कसरी शक्तीमा पुग्ने ! कसरी आफ्नो हात जगन्नाथ बनाउने !

नेपालमा गणतन्त्र स्थापना भएको आज ठ्याक्कै १२ वर्ष ७ महिना १३ दिन भयो । १२ वर्षमा खोलो फर्किन्छ भन्छन् । खोलो कहाँँ छ सबैले देखेका छन् । फर्क्यो भने आश्चर्य मान्नु पर्दैन । नेपाली कांग्रेसभित्रको बिग्रहले खोलो बोलाईरहेको छ ।

प्रधानमन्त्री केपी ओलीलाई लुकी लुकी भेट्ने देउवा र त्यसको बिरोधमा मन्तब्य दिँदै हिँड्ने रामचन्द्र पौडेल दुबै आ-आफ्नै स्वार्थका घेराउमा छन् । र खोलो यिनैले बोलाएका छन् ।

फागुनका लागि घोषणा भएको नेपाली कांग्रेसको महाअधिवेशन अब टरेको छ । त्यो मितिमा कुनै पनि हालतमा महाधिवेशन हुन सक्दैन भनेर नेताहरुले ठोकुवा गरिसकेका छन् । तर त्यसका लागि अर्को मिति घोषणा भएको छैन । शेर बहादुर देउवा कांग्रेसको महाधिवेशन नहोस भन्ने चाहन्छन् । उनलाई कांग्रेसको महाधिवेशन भन्दा पहिले मध्यावधी निर्वाचनको जरुरत छ । किनभने महाधिवेशनको उद्घाटन सत्रमा उभिएर कार्यकर्तालाई सुनाउने एजेण्डा उनी सँग छैनन् । हजारौं कार्यकर्ताका चोर औंला आफूतिर सोझिने कुरामा देउवा जानकार छन् ।

शेर बहादुर देउवा कांग्रेसको महाधिवेशन नहोस भन्ने चाहन्छन् । उनलाई कांग्रेसको महाधिवेशन भन्दा पहिले मध्यावधी निर्वाचनको जरुरत छ । किनभने महाधिवेशनको उद्घाटन सत्रमा उभिएर कार्यकर्तालाई सुनाउने एजेण्डा उनी सँग छैनन् ।

त्यसैले महाधिवेशन भन्दा पहिले नै उनी प्रधानमन्त्री बन्ने जोखानामा छन् । अबको महाधिवेशनले सम्भवत: देउवालाई फेरी प्रधानमन्त्री बन्ने मौका दिने छैन । रामचन्द्र समुहलाई पनि मध्यावधी निर्वाचनले खासै समस्या थिएन । समस्याको जड देउवा हुन् । यो समुह कुनैपनि हालतमा देउवालाई प्रधानमन्त्री हुन दिने पक्षमा छैन ।

महाधिवेशनमा आफ्नो समुहले सभापति जित्ने कुरामा पौडेल ढुक्क छन् । त्यसपछी जुनासुकै बाटोबाट चुनाव गराएपनि यिनिहरुलाई फरकपर्ने छैन । अहिले रामचन्द्र पौडेलले उठाएको ओली कदमको बिरोध अली सतही देखिन्छ । हुन त पौडेलले नेपालप्लस सँगको कुराकानीमा भनेका थिए- संविधान हामीले बनाएको हो । त्यसकारण न्यायधिसलाई भन्दा संविधानको मर्मका बारेमा हामीलाई बढी थाहा छ । पौडेलको यो अभिब्यक्ती कार्यकर्ता तताउन र अदालत माथि दवाव बढाउन काफी थियो ।

तर, देउवाले अर्को तर्फ तुरुप अदालतको निर्णयलाई पर्खिने अभीब्यक्ती दिएर फालेका छन् । अदालतले निर्णय गरिसकेपछी कांग्रेसको हकमा आन्दोलनको कुनै निर्णय हुनसक्ने छैन । सबभन्दा पहिले नेपाली कांग्रेस ब्यक्तिगत स्वार्थबाट बाहिर निस्किन जरुरी छ । कमसेकम देउवा र पौडेलको उमेर यस्तो ठाउँमा पुगेको छ जहाँ निहित स्वार्थहरु सकिनुपर्ने थिए । अझै पनि यिनका ब्यक्तिगत स्वार्थहरु मेटिने हो भने संबिधान त के देशले कोल्टे फेर्न सक्थ्यो ।

तपाइँको प्रतिक्रिया

फेसबुक