बुधबार, वैशाख १२, २०८१

हिमपातले स्पेनको राजधानी हल न चल : विमान, रेल, शैक्षिक संस्था सबै अवरुद्द

नेपालप्लस समाचारदाता२०७७ पुष २८ गते १२:५८

अप्रत्याशित रुपमा परेको भारी हिमपातले गर्दा स्पेनको राजधानी म्याड्रिडलाई पक्षघात बनाएको छ । देशका १३८ वटा ठूला सडक अबरुद्द छन् । रेल सेवा काटिएको छ । भुइँमा छर्किने नुनकोसमेत अभाव भएको छ । कोरोना खोप राजधानीमा झार्न नसकेर अन्यत्रै ओरालिएको छ ।

गत ५० वर्षको ईतिहासमै स्पेनमा यति धेरै हिमपात भएको हो । ज्यादा हिमपातले गर्दा शनिवार र आइतवार हवाई र रेलसेवा समेत केहि ठाउँमा अवरुद्द भएको थिए । राजधानी शहरबाट अन्य ठूला शहरमा जाने रेल सेवा अवरुद्द थियो । कोरोना बिरुद्दको खोप सोमवार राजधानीमा ओराल्न नसकेपछि अन्य शहरमा लगेर झार्नु पर्‍यो ।

A man walks past trees fallen on a street, during a heavy snowfall in the centre of Madrid, Spain January 9, 2021. REUTERS/Ingrid Melander

हिमपातका कारण सोमवार विहानैदेखि शैक्षिक संस्थाहरु बन्द छन् । रेल र हवाई सेवा भने अंशिक रुपमा खुलाउन सक्षम भएका छन् ।

फँस २४ न्युजका अनुसार हिमपातले गर्दा स्कूल, अड्डा अदालत सबै बन्ध भएका छन् । सडकपेटीहरु हिउँका ड्याङमा परिवर्तित भएका छन् । सोमवार शुन्य दशमलवबाट ११ डिग्री झरेको तापक्रम आज मंगलवार झन घटेर माईनस १३ पुगेको छ ।

हिउँ पागाल्न भुइँमा छर्किने नुन अत्यधिक प्रयोग भएपछि भण्डार रित्तिएर नुनको अभाव भएको छ ।

यस्तो हिमपातले जनजिवन कस्टकर पारेका बेलापनि स्पेनका ग्रिह मन्त्री फेर्नान्डो ग्रन्डे मार्लास्काले कोरोना भाईरस बिरुद्दको खोप ओअसारपसारमा कुनै बाधा हुन नदिने आस्वस्त पारेका छन् । खोप अभियानलाई जसरिपनि सुचारु राख्ने उनले स्पेनको मेडियासित बताएको एल पाईस दैनिकले उल्लेख गरेको छ ।

तर सोमवार मेड्रिडको विमानस्थल ल्याउन लागिएको फाईजर र बायोएनटेकद्वारा निर्मित तिन लाख ५० हजार कोरोना खोप हिमपातले गर्दा ल्याउन सकेनन् । ति खोप बार्सेलोना र भितोरिया शहरमा ओरालिएको थियो।

हिमपात भारि मात्रामा भएपछि स्पेनको सरकारले नागरिकहरुलाई घरघरै बस्न आग्रह गरेको छ । तर सधैं सवारी साधनले भरिने सडक स्की(हिम चिप्लेटी) खेल्न जाने मानिसहरुले भरिएको छ । मेड्रिडवासीहरु हिउँमा रमाउन पैदल यात्रामा धेरैनै निस्किएका छन् । गाडी चलाउन कठिन भएकाले सुपरमार्केट अगाडि भिड लागेको छ । हिउँमा चिप्लिएर लड्ने डरले हात हातमा लठ्ठी बोकेका छन् ।

हिमपातले गर्दा मेड्रिडमा सामानको संकट पर्नसक्ने देखिएको छ । किनभने बाक्लो हिउँले गर्दा खाध्यान्न र अन्य सामान आपूर्तीकर्ताहरुले धेरै ठाउँमा शुक्रबार मात्रै सामान ल्याउन सक्ने बताएका छन् ।

स्पेनीश अखबार एल पाईसका अनुसार मेड्रिडको सडकमा परेको भारी हिउँलाई पगाल्न त्यहाँ २७७ टन नुन बाँडिएको छ । त्यति नुनले नपुगेर अझै ३ हजार पाँच सय टन मगाइएको छ ।

सरकारी अधिकारीहरुले कोरोना भाइरसको ब्यापक संक्रमणका बेला भन्दा बढि अहिले नागरिकहरुलाई घर भित्रै बस्न आग्रह गरिरहेका छन् ।

ग्रिहमन्त्रीले सार्वजनिक गरे अनुसार देशका १३८ वटा ठूला सडकमार्ग पूर्णरुपमा बन्द भएका छन् । अन्य ७०० सडक अझै अंशिक रुपमा अबरुद्द भएका छन् ।

अत्यावस्यक कामकालागि बाहेक अन्य अवस्थामा आफ्नो निजि गाडीमा बाहिर निस्कन सरकारले बन्देज गरेको छ । सार्वजनिक बसहरु पूर्णरुपमा बन्द छन् । तर मेट्रो रेललाई भने सरकारले चालु राखेको छ । सोमवार देशका प्रमुख शहर सारागोथा, बार्सेलोना, सालामाङ्का जाने लामो दूरिका रेलहरु सोमवार पूर्ण रुपमा बन्द थिए । आज मंगलवार आंशिकरुपमा चालु गरिएको छ ।

(फोटो- एपी, रोयटर्स्, एप न्युज डट कम)

तपाइँको प्रतिक्रिया

फेसबुक