मंगलबार, वैशाख ११, २०८१

फोटोग्राफरका रुपमा प्रधानमन्त्री ओली !

नेपालप्लस२०७७ पुष २८ गते १७:२३

प्रधानमन्त्री ओली राष्ट्रवाद, उखानटुक्का र तिखो वाणीका फण्डा खेलाउन खुब पोख्त छन् । फरक फरक कोणबाट प्रहार गर्छन् । तर ओलीको क्षमता त्यत्तिमा सिमित छैन। फोटोग्राफरपनि हुन् भन्ने धेरैलाई जानकारि छैन । उनी फोटो खिच्न खुब रुचाउँछन् । खासगरि बिदेश आएका बेला घुमिघुमी अनेक अनेक एंगलका फोटो खिच्छन् । एउटा क्यामरा जहिलेपनि उनको साथमा टुट्दैन भन्ने चाहिँ कमैलाई थाह होला । अरुले मेसो नपाउन भनेर उनी इत्रुको क्यामरा गोजिमा छुटाउँदैनन् ।

हो, प्रधानमन्त्री के पी ओली फोटोका सोखिनपनि हुन् । उनी सानो तर राम्रै क्यामरा बोक्छन् । कार्यक्रममा जाँदा क्यामरा झिकेर कोल्टे परिपरि, शरिर घुमाईघुमाई, क्यामराको प्रकाश र एंगल हेरिहेरि फोटो खिच्छन् । अनि तत्कालै फोटो कस्ता छन् भनेर हेर्छन् । प्राय आफूले कार्यक्रममा यताउति सबैतिर फर्केर फोटो खिचेपनि आफ्नो फोटो त हुन्न । महत्वपूर्ण मानिससँगको क्षणमा आफूपनि थिएँ भनेर कसरि समेट्ने ? उनी ति मानिससित उभिएर आफ्नो फोटो खिचिदिन कसैलाई आग्रह गर्छन् । यसो हेर्छन् प्राय, कसले राम्रो तस्विर खिचेको जस्तो लाग्छ उसैलाई आफ्नो क्यामरा तेसारेर ‘ल यो क्यामरालेपनि मेरो यस्सो’ भन्छन् ।

सामूहिक तस्विर खिचेर राख्न उनलाई एकदमै मन लाग्छ । आफूले खिचेको भन्दा अरु कसैले राम्रो फोटो खिचेको जस्तो लागेमा ‘मलाईपनि पठाइदिनुस् न तपाई राम्रो खिच्नुहुँदो रैछ’ भनेर आफ्नो जिमेल ठेगाना दिईहाल्छन् ।

अन्तर्राष्ट्रिय हिमाल आरोही फ्रान्सेली नागरिक मोरिस हेर्जोकको सम्मान कार्यक्रममा सन् २००२ की पेरिस सुन्दरी इसाबेल लामँ पनि आएकि थिईन । उनीपनि नेपालप्रेमी हुन् । पूर्व पेरिस सुन्दरी कसलाई पो मन नपर्ला र ? पेरिस सुन्दरी भन्ने जानेपछि उनले ति सुन्दरीसितपनि आफ्नो तस्विर खिचिदिन लगाए । केहिबेर गफ गरे, सुन्दरीसित ।

कोहि ब्यक्तिले वा फोटोग्राफरले सामूहिक फोटो खिचिराख्यो । तर उसको फोटो खिचिएन भने ‘तपाईले मात्रै कति अरुको खिच्ने ? तपाईकोपनि हुनुपर्‍यो नी । ल आउनुस भनेर बोलाउँछन् र अर्को कसैलाई खिच्न लगाउँछन् ।

परराष्ट्र मन्त्री भएका बेला र राजाको शासन लगत्तै उनी पेरिस आएका थिए । संयोगबस दुबै पटक उनी पेरिसमा नेपालीले गरेका कार्यक्रममा परे । ति दुबै पटक फोटोग्राफरका रुपमा देखिए ओली । राजाको शासनका बेला पेरिसका नेपालीले गरेको बिरोध प्रदर्शनको उनले असाध्यै प्रशंसा गरेका थिए । अर्को पटक उनी विश्वमा सबैभन्दा पहिले आठ हजार मिटर अग्लो हाम्रो अन्नपूर्ण हिमाल चढेर किर्तिमान राख्ने आरोही मोरिस हेर्जोगको सम्मान कार्यक्रममा आएका थिए । त्यो बेलापनि उनले निकै तस्विर लिए । केहि बिदेशी कूटनितिज्ञ र ति आरोही, तिनका आफन्तसित त्यसैगरि तस्विर लिए, सँगै बसेर तस्विर लिन लगाए ।

तपाइँको प्रतिक्रिया