शुक्रबार, वैशाख १४, २०८१

युरोप छिर्न लागेका सयौं पाकिस्तानी र अफ्गानी शरणार्थी हिउँमा फसे

नेपाल प्लस२०७७ पुष २८ गते २२:१७

फोटो- योर सन डट कम

बोस्निया हर्जगोभिनिया हुँदै युरोप छिर्न लागेका सयौं पाकिस्तानी र अफगानीहरु हिउँमा फसेका छन् ।

बोस्नियाको शाणार्थी शिविरमा आगलागी भएपछि घरवारबिहिन बनेका शरणार्थीहरु युरोप छिर्न हिँडेका थिए । यस अघि डिसेम्बरको अन्त्यमा उनीहरूको अस्थायी शिविरमा आगो लागेको थियो । हाल ति आप्रवासीहरू बोस्निया र हर्जगोभिनियामा हिउँमा फसेका छन् । अस्थायी शिविरहरु बोस्नियाली सेनाले स्थापना गर्नुपर्नेछ । तर शिविर अप्रिल भन्दा अघि निर्माण गर्न नसकिने भनाइ तिनको छ ।

फँस २४ न्युजका अनुसार शनिबार जनवरी ९ मा बोस्निया र हर्जेगोभिनियामा सयौं घरबारविहीन आप्रवासीहरू युरोप छिर्दै गर्दा भारी मात्रामा हिउँ परिरहेको थियो । हिउँले कतिपय ठाउँमा बाटो बन्द भएपछि ति फसेका हुन् ।

युरोपियन युनियनका एक सदस्यका अनुसार क्रोएशियाको सिमाना नजिक उत्तर पश्चिमी बोस्नियाको पूर्व लिपा शिविरमा तापक्रम ज्यादै घट्दै गइरहेको छ । कुहिरोले केहि देखिन्न । त्यस क्षेत्रलाई हिउँले ढाकेको छ ।

फोटो- डेली साबाहा

उक्त शिविरमा मुख्यतया पाकिस्तानी र अफ्गानी शरणार्थी रहेको फँस २४ न्युजले उल्लेख गरेको छ । त्यहाँ करिब १३०० भन्दा बढी आप्रवासीहरूले बसोबास गरिरहेका थिए । डिसेम्बर २३ मा उक्त स्थानको प्रबन्धक, ईन्टरनेशन अर्गनाईजेसन अफ माईग्रेसन (आई ओ एम) फिर्ता भएपछि उक्त शिविर आगोले ध्वस्त पारेको थियो ।

सयौं आप्रवासीहरू बोस्नियाली सेनाद्वारा यस क्षेत्रमा स्थापित लगभग २० वटा पालमा अस्थायी रूपमा बसिरहेका छन् । त्यसबाहेक अन्य धेरै आप्रवाशीहरु शिविर नजिकैको जंगलमा बसेका छन् । बोस्नियाको सेनाले अप्रिल महिना अघि नयाँ शिविर निर्माण गर्न नसकिने भनेपछि शरणार्थीहरु बहगेर युरोप छिर्न खोजेका हुन् ।

“यहाँ पिउने पानी छैन । बिजुली छैन । अन्धकार छ । हिउँ जमेको छ । पानी छ तर पकाउने, पिउने र नुहाउने छैन । मान्छेहरुसँग औषधी छैन । यो सबभन्दा ठूलो समस्या हो । हामीसँग थोरै खाना छ” ३० वर्षका पाकिस्तानी असद अलीले एएफपीलाई भने ।

रेडक्रस स्वयंसेवकहरूले एक हजार मानिसलाई खाना वितरण गरिरहेका छन् । रेड क्रसका स्थानीय प्रबन्धक सेलम मिडिजिकले एएफपीसित भने “यो एकदम महत्त्वपूर्ण छ कि आप्रवासीहरूले हामीलाई सबैले सहयोग गरेका छन् भन्ने महसुस गर्नुपर्छ ।”

तपाइँको प्रतिक्रिया