मंगलबार, वैशाख ११, २०८१

एक खुट्टाकी महिला बडी बिल्डर तहल्का पिट्दै चीनमा

नेपाल प्लस२०७७ पुष २९ गते ०:५९

स्कूलबाट घर फर्कन लागेका बेला ट्रकले ठक्कर दिंदाको त्यो भयावह दिनको संझना गुईलाई छैन ।

तर उनी कसरी बिर्सिन सक्छिन्, एउटा सानो बच्चाको हातमा एउटा वैशाखी थियो । त्योनै उनको दाहिने खुट्टा थियो । स्कूलका बच्चाहरूले उनलाई लात हानेर लडाउँथे । लठ्ठी फालिदिएर हावामा उडाइदिन्थे । वा उनी बल्लतल्ल बसेका बेला कुर्सी ठोक्काइदिएर सताउँथे ।

“उनीहरूले मलाई लंगडो वा ‘तीन खुट्टे बिराला’ भन्थे” आँखाभरि आँशु बनाउँदै गुईले भनिन् “मेरो आँशु अझै थामिन्न यद्दपी त्यो लगभग तिन दशक अघिको कुरा हो ।”

धेरै जसो उनीहरु अपमानजनक भाषामा बोल्थे र कहिलेकाहिँ शारीरिक दुर्व्यवहारपनि गर्थे । “पहिलो पटक उनीहरूले मलाई गिल्ला गरे । म रोएँ । तर त्यसपछि मलाई यसको अभ्यास गर्ने बानी भयो । मैले सोचें : तपाईले चाहे अनुसार मलाई धम्काउन सक्नुहुन्छ । तर म ठीक छु किनकि मेरो हृदय साहसी छ ।”

दक्षिणी शहर नाननिंगका बस्ने गुईलाई उनको आमाले हुर्काएकि थिईन् । किनभने उनको जन्म हुनुअघि नै उनका बुबाको मृत्यु भएको थियो ।

गुई, तस्विरमा दाहिनेबाट तेस्री

गुईको एथलेटिज्म उनको दृढ संकल्पको परिणाम हो । २००१ मा उनी प्यारा ओलम्पिक खेलमा सामेल भइन् । २००४ को खेलमा चीनको प्रतिनिधित्व गर्न गइन् र उनी लामो जम्प (लङ जम्प) मा सातौं स्थानमा थिइन् ।

उनले हाईजम्प पनि गरिन् । पछि तीरंदाजी वा तिर हान्ने खेल (आर्चरी) पनि गरिन् । सन् २००८ मा भएको बेइजिङ ग्रिष्मकालिन खेलमा प्यारा ओलम्पिकको टर्च रिलेमा पनि भाग लिइन् ।

सन् २०१७ मा प्रतिस्पर्धाबाट सेवानिवृत्त भएपछि गुईले कामकाजी संसारमा अझै बढी विभेद सहनुपर्‍यो । रोजगारदाताहरूले अस्वीकार गरे । तिनले गुइलाई उनीहरूको “छवि” सँग मेल नखाएको बताए ।

“उनीहरूले यो संकेत गर्दै थिए कि मैले उनीहरूको छविलाई हानी गर्नेछु” उनले भनिन् “मैले करीव २० कम्पनीहरूमा आवेदन दिएँ । तर ती सबैले उस्तै कुरा गरे ।”

पछि धेरै अनलाइनहरुले अपांगता र क्षमता देखेपछि उनको प्रशंसा गरे । शारिरिक रुपमा सक्षम प्रतिद्वन्दीसित भकाभक लडेर पराजित गरिदिएपछि उनको प्रशंसा चुलियो । केहिले शरिर असक्त भएकाले घरै बस्नुपर्ने भन्दै उनप्रति असहमती नजाएका भने होइनन् ।

कहिलेकाहीँ सडकमा व्यक्तिहरूले गुईलाई उनको दाहिने खुट्टामा के भयो भन्दै सोधेर हैरान पार्थे । उत्तर दिँदादिँदा उनी लखतरान हुन्थिन् । एउटा अंग गुम्नु उनको लागि सामान्य कुरा भन्दै उनले यसबारे फेरि फेरि नसोच्ने निधो गरिन् ।

गुईको बैसाखी सधैं नजिकै हुन्छ । उनलाई धेरै सास्ति नभएपनि दैनिक जीवनका क्रियाकलाप गर्न केहि समस्याहरू देखिन्छन् ।

“धेरै मानिसहरु भाग्यले मलाई नराम्रो व्यवहार गरेको ठान्छन् । तर मलाई त्यस्तो लाग्दैन” गुईले भनिन् । उनी अहिले घरको सजावटमा विशेषज्ञता राख्ने कम्पनीको साझेदार हुन् ।

“म यी कठिनाइहरूको लागि धन्यवादी छु । म किन त्यसो भन्छु भने यसको कारणले गर्दा म हुर्कें । यसले मेरो मुटुलाई बलियो बनायो । मसित आज जे छ, मलाई जे बनाएको छ त्यसैले बनाएको छ” उनले बिट मारिन् ।

(एएफपीको रचना नेपालप्लसकालागि नेपालीमा भावानुवाद गरिएको हो । तस्विर : ए एफ पी (पहिलो) र दोस्रो तस्विर स्टेट टाईम्स डटकम-सम्पादक)

तपाइँको प्रतिक्रिया