मंगलबार, वैशाख ११, २०८१

प्रियंका चोपडाले दिईन् कोरोनालाई धन्यावाद

नेपाल प्लस२०७७ पुष २९ गते १५:५९

चर्चित नायिका प्रियंका चोपडाले आफूले सकेसम्म धेरै बच्चा जन्माउने विचार गरेको बताएर सबैलाई छक्कै पारेकी छिन् ।

द सन्डे टाइम्सलाई दिएको अन्तर्वार्तामा उनले भनिन् ‘म सक्दासम्म बच्चा जन्माउन चाहन्छु ।’

मुस्कुराइरहेकी चोपडालाई पत्रकारले सोधे, उसो भए क्रिकेट टीम जति नै जन्माउने विचार हो ? हाँस्दै चोपडाले जवाफ दिइन्, ‘त्यसो त भन्न सकिन्न ।’

हलिउडकी सफल नायिक चोपडाको ०१८ डिसेम्बरमा अमेरिकी गायक, गीतकार तथा नायक निक जोनाससँग बिहे भएको थियो । जोनास प्रियंका भन्दा १० वर्ष कान्छा छन् ।

अन्तर्वार्ताको क्रममा प्रियंकाले कोभिडलाई धन्यवाद दिएकी छिन् । कोभिडकै कारण श्रीमान् श्रीमती लामो समयसँगै बस्न पाएको बताउँदै अब आमा बन्ने योजनातिर लागेको जनाइन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक