शुक्रबार, वैशाख ७, २०८१

अनलाइनमा कोरोना खोप बिक्रि भन्दै गैरकानुनी धन्दा

नेपालप्लस संवाददाता / जेनेभा२०७७ पुष २९ गते २२:०५

स्विजरल्याण्ड सरकारले अनलाइन मार्फत् कोरोना खोप बिक्री गर्ने नाममा गैर कानूनी धन्दा चलिरहेको भन्दै आफ्ना नागरिकहरुलाई यस्तो खोप नकिन्न चेतावनी दिएको छ । स्वास्थ्य मन्त्रालयले वक्तव्य प्रकाशित गरेर नागरिकहरुलाई सचेत गराएको हो ।

चिनियाँ र युरोपेली ठगहरु घरमै सुरक्षित खोप दिने भन्दै सर्वसाधारणबाट पैसा जम्मा गरेको प्रहरीमा उजुरी परेपछि छानविन गर्दा कतिपय व्यक्तिहरुले संगठित रुपमा यो अपराध गरेको पाइएपछि सरकारले गलत काममा सहभागी नहुन नागरिकहरुलाई चेतावनी दिने अवस्था आएको हो ।

स्विस सरकारले पहिलो चरणमा वृद्ध, स्वास्थ्य सेवासँग आवद्ध सरकारी गैर सरकारी कर्मचारीहरुलाई मध्यनजर गरेर खोप दिन शुरु गरिसकेको छ ।

स्विस सरकारले सैनिकहरुको सहयोगमा अत्यावश्यक स्थानमा खोप पुर्याउने काम गरिरहेकोछ । त्यस्तै सुरक्षित ल्याबहरुमा पिफाइजर बायोएनटेक, अक्सफोर्ड अस्त्राजेनेका कम्पनीहरुसँग किनेका खोपहरु सुरक्षित गरेर राखेको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक