शुक्रबार, वैशाख ७, २०८१

ट्रम्पमाथि दोस्रो महाअभियोग : अबको साता अमेरिकी राजनीती तनावपूर्ण

नेपाल प्लस संवाददाता / अमेरिका २०७७ माघ १ गते ११:५७

ह्वाइट हाउसबाट निस्कनु ठिक सात दिन अघि अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्पमाथि महाअभियोग लागेको छ । जनवरी ६ मा क्यापीटल हिलमा भएको हिंसात्मक हुलदंगा, ट्रम्पकै उक्साहटमा भएको भन्दै उनमाथि महाअभियोग लगाइएको हो ।

अमेरिकी कंग्रेसमा बुधबार भएको मतदानमा ४ सय ३५ सदस्य मध्ये दुइ सय ३२ जनाले ट्रम्पमाथी महाअभियोग लगाउने प्रस्तावको पक्षमा मतदान गरेका छन भने १ सय ९७ जनाले महाअभियोगको प्रस्वावको बिपक्षमा ।

ड्रेमोक्रेटीक पार्टी मार्फत् ल्याइएको ट्रम्पमाथि महाअभियोग लगाउने प्रस्तावको पक्षमा उनकै पार्टी रिपब्लीकनका १० जना सांसदहरुले समेत मतदान गरेका छन् । रिपब्लीकनका चार सांसद भने तटस्थ रहे ।

अब महाअभियोग प्रस्ताव सिनेटमा जानेछ । सिनेटमै सुनुवाइ हुनेछ । तर ट्रम्प कार्यकालका यी अन्तिम सात दिन भित्रै सुनुवाइ सम्पन्न हुने जस्तो देखिँदैन । सिनेटका मेजीरिटी लिडर मिच म्याकोनेलले ट्रम्पको कार्यकाल सकिनु अघि महाअभियोगको सुनुवाइ टुंगोमा पुग्न नसक्ने बताएका छन् । उनका अनुसार जो बाइडेनको राष्ट्रपतीय कार्यकालमा पनि ट्रम्पमाथिको महाअभियोगको प्रक्रिया जारी रहनेछ ।

ट्रम्प राष्ट्रपतीबाट बाहरिएपछि पनि उनमाथि लागेको महाअभियोग प्रस्तावमाथी सिनेटमा मतदान हुनेछ । महाअभियोग प्रस्ताव पारित हुन सिनेटको दुइ तिहाइ मत आवश्यक पर्छ । महाअभियोग प्रस्ताव पारित हुन डेमोक्रेटलाइ १७ जना रिपब्लीकन सिनेटरहरुको समर्थन आवश्यक पर्छ । यसैले अहिले नै महाअभियोग प्रस्तावको भविष्य के हुन्छ भन्न सकिने अवस्था छैन ।

एक सय सिट संख्या रहेको सिनेटमा आजका दिनसम्म रिपब्लीकनको सामान्य बहुमत छ । यहि जनवरी ५ मा जर्जियामा भएको सिनेटरको निर्वाचनबाट निर्वाचीत दुइ डेमोक्रेट सिनेटरहरुले सपथ लिएपछि भने सिनेटमापनि डेमोक्रेट पार्टीको सामान्य बहुमत हुनेछ । सपथ ढिलोमा यो महिनाको अन्तिम सातासम्ममा भैसक्नेछ ।

राष्ट्रपतीबाट बाहिरिएपछि ट्रम्पमाथि लागेको महाअभियोग प्रस्तावको के अर्थ ? भन्ने प्रश्न पनि उठनसक्छ । तर बुझ्नुपर्ने कुरा के हो भने महाअभियोगले पदबाट बर्खास्त गर्ने मात्र होइन भविष्यमा समेत कुनैपनि संघीय पदमा अयोग्य ठहराउन समेत सक्नेछ जसको निर्णय सिनेटले लिनेछ । यसो भएमा ट्रम्पको राजनीतीक भविष्य समाप्त हुनेछ ।

तर यो प्रस्ताव पारित हुने सम्भावना कम छ । आफूमाथि महाअभियोगको प्रस्ताव अघि बढाइएपछि राष्ट्रपती ट्रम्प आक्रोशीत बनेका छन् । चार वर्षे कार्यकालमा राष्ट्रपती ट्रम्पमाथि लागेको यो दोस्रो महाअभियोग हो ।

यसअघि ठिक एक वर्ष पनि आफ्नो आन्तरिक राजनैतीक फाइदाका लागि युक्रेनको प्रयोग गरेको भन्दै ट्रम्पमाथि महाअभियोग लगाइएको थियो । तर त्यसलाइ सिनेटले खारेज गरिदिएको थियो ।

जनवरी ६ मा निर्वाचीत राष्ट्रपती जो बाइडेनको बिजयको प्रमाणीकरण गर्ने प्रक्रिया चलीरहेकै बेला अमेरिकी संसद भवन क्यापिटल हिलमा ट्रम्पका समर्थकहरुले हिंसात्मक हुलदंगा गरेपछि ट्रम्पको सर्वत्र आलोचना भैरहेको छ ।

डेमोक्रेटहरुले संबिधानको २५ औं संशोधनको चौथो सेक्सन प्रयोग गरी ट्रम्पलाइ तत्काल हटाउनुपर्ने प्रस्ताव पनि अघि बढाएका छन् । तर उपराष्ट्रपती माइक पेन्सले यसमा कुनै रुची देखाएका छैनन् ।

अमेरिकी संबिधानको २५ औ संशोधनको सेक्सन चारमा राष्ट्रपती आफ्नो जिम्मेवारी पुरा गर्न असक्षम ठहरीएमा उपराष्ट्रपतीले कार्यकारी राष्ट्रपतीको भूमिका निर्वाह गर्ने गरी क्याबीनेटले राष्ट्रपतीलाइ हटाउन सक्ने प्रावधान छ । तर उपराष्ट्रपती पेन्स यसो गर्न तयार देखिँदैनन ।

कतिपयले महाअभियोग वा २५ औं संशोधनको प्रयोग भन्दा एक दुइ दिनका लागी नै सही राष्ट्रपती ट्रम्प राजीनामा दिएर शान्तपूर्वक बाहिरीनु उपयुक्त हुने बिकल्प पनि सुझाएका छन् । तर राष्ट्रपती ट्रम्पले राजीनामा दिने कुनै लक्षण देखिदैंन ।

यसैबिच जो बाइडेनको सपथको दिन नजिकिंदै गर्दा अमेरिकामा सुरक्षा चासो पनि बढदै गएको छ । सपथको दिन जनवरी २० मा ट्रम्पका समर्थकहरुले हात हतियार सहितको प्रदर्शन गर्नसक्ने भन्दै व्यापक सुरक्षा सतर्कता अपनाउन थालिएको छ । यसो हेर्दा अबको एक साता अमेरिकी राजनीती तनावग्रस्त रहनेछ ।

तपाइँको प्रतिक्रिया

फेसबुक