बिहीबार, वैशाख १३, २०८१

बेलायती खाद्य उत्पादननै ब्रेक्सिटको शिकार : अझै खाद्य संकट थपिने संभावना

नेपालप्लस संवाददाता / फ्रान्स२०७७ माघ १ गते १३:३०

सुपर मार्केटका तख्तामा बेलायती सामान खाली

बेक्जिटपछि नयाँ प्रशासनिक अवरोधको मुख्य समस्या बेलायती खाद्य उत्पादनलेनै ब्यहोर्नुपरेको छ । बेक्जिट पछि दुई सातापनि नपुग्दै बेलायती खाद्य उत्पादनले आफ्नै प्रशासनिक अवरोध ब्यहोर्नुपरेको हो । बेलायत लैजाने खाद्य उत्पादन बेलायत नलगि अन्य मुलुक हुँदै लैजाने उपायको खोजिमा यातायात र डेलिभरि कम्पनीहरुले गर्न थालेपछि बेलायतमा खाद्य संकट केहि दिनमा अझै बढेन् संभावना रहेको बताइएको छ । यसको पुष्टि बेलायती समन्वय मन्त्री माईकल गोभलेनै गरेका छन् ।

ब्रेक्सिटको १३ दिन पछि बेलायती उत्पादनहरूको फ्रान्सेली आपूर्तिकर्ताहरूले केहि उत्पादनहरू आयात गर्न संघर्ष गरिरहेका छन् । इयुबाट फ्रान्सको काले नाका हुँदै बेलायत छिर्ने उत्पादनलेपनि त्यहि समस्या भोगिरहेको छ ।

बेलायती सुपरमार्केट स्पेन्सरले बेलायतबाट डेलिभरि नभएकाले सामान उपलब्ध गराउन असमर्थ छौं भन्दै राखेको जानकारि । फोटो- गुडवर्डन्युज

बेलायती सुपरमार्केट जायन्ट मार्क्स र स्पेन्सरको फ्रान्सेली तख्तामा सामानहरु खाली हुने क्रम प्रतिदिन दोब्बरले बढिरहेको छ । जनवरी १, २०२१ सम्म बेलायतबाट कुनैपनि सामान फ्रान्स पुग्न नसकेको फ्रान्सेली मेडियाहरुले उल्लेख गरेका छन् । युरोपियन युनियनबाट बेलायत बाहिरिएको १३ दिन पछिपनि बेलायती कम्पनीहरूले आफ्नै प्रशासनिक औपचारिकता र ब्रेक्सिटको कुप्रभावको संघर्ष गरिरहेका छन् । बेलायतका अधिकांश उत्पादन फ्रान्सकै सिमा क्षेत्र भएर युरोपेली अन्य देश पुग्ने हुन् । बेलायती उत्पादन फ्रान्स भित्रिनै कठिन भएकाले अन्य युरोपेली देशमा त झन नपुगेको भनाई ब्यवशायीहरुको छ ।

फँस २४ न्युजका अनुसार इन्टरनेट बिक्रीमापनि बेलायतले अवरोधको सामना गरिरहेको छ । केहि फ्रान्सेली पार्सल क्यारियरहरूले युरोपियन युनियन र बेलायतबिचको वितरणमा अवरोध पुर्‍याएका छन् । अन्य केहिले उनीहरूको मुल्य बढाएका छन् । यसो गर्दा केहि उत्पादनको मूल्य आकाशियपछि बिक्रि बन्द हुनसक्ने देखिएको छ ।

वितरणको ढिलाई

बेलायती सुपरमार्केट एम एण्ड एसले बेलायत र ईयुबिचको आयात नियमले गर्दा केहि सामान उपलब्ध नहुनसक्छन् भन्दै राखेको जानकारि । फोटो- फँस २४ डट कम

बेलायत सरकारका समन्वय मन्त्री माइकल गोभले ट्राफिक नियमका कारण यातायातमा ढिलाई भएकाले आपूर्तिमा कमी हुन गएको बताएका छन् । उनले आगामी दिनमा उत्पादनहरु देशभित्र प्रवेश गर्ने बिन्दुमा “महत्वपूर्ण अवरोध” हुने चेतावनी दिएका छन् । यसले विशेष गरी ताजा उत्पादनको परिचालनमा बाधा उत्पन्न गर्ने छ ।

प्रवेश बिन्दू (इन्ट्री पोइन्ट) मा ढिलो हुँदै गएकोमा उनीहरुको चिन्ता छ । विशेष गरी युरोपेली युनियनका सामानहरु बेलायत छिर्ने र बेलायती सामान युरोप छिर्ने प्रमुख नाका बेलायतको डोभर (फ्रान्ससित सिमा जोडिने भन्सार) को बन्दरगाह हो । एक अर्को क्षेत्रमा प्रवेश गर्नु अघि उत्पादनहरु यहिँ रोक्ने अधिकार हुन्छ । उत्पादनहरु तीन स्थानमा छोड्ने ठाउँमा झार्ने वा ईयूमा डेलिभरीका लागि सामानहरू लिने र दिने ठाउँलाई यातायात क्षेत्रले प्रमुख जटिलता भोगेको छ । कतिपय सामान भन्सारको झन्झटिलो प्रक्रिया पुरा गर्दागर्दै कुहिने वा पुरानो हुने अवस्था देखिएको छ ।

फ्रान्सको काले र बेलायतको डोभर नाकामा झन्झटपूर्ण प्रक्रियाले गर्दा रसद कम्पनीहरूले डोवरको बन्दरगाह र विशेष गरी आयरल्याण्डमा कम निर्भर हुन कोशिस गरिरहेका छन् । उनीहरूले बेलायत र यसका हालका जटिलताहरूलाई बाइपास गर्न खोजिरहेका छन् । त्यसको अर्थ बेलायत लैजाने सामानहरु डोभर अर्थात् बेलायतको सिमा वा बन्दरगाह नभै अन्य लामू दूरी पार गरेर अन्य देशबाट छिर्ने माध्यम खोजिरहेको फँस २४ न्युजले उल्लेख गरेको छ । लामो बाटो परेपनि ईयुभित्रै पर्दा सहज हुने यातायात र डेलिभरि कम्पनीहरुको भनाई छ ।

तपाइँको प्रतिक्रिया