शुक्रबार, वैशाख १४, २०८१

नेकपा बिप्लव समूहका नेताहरुको गिरफ्तारीप्रति मोर्चाद्वारा भर्त्सना

नेपाल प्लस२०७७ माघ १ गते १५:११

नेकपा बिप्लव समूहका केन्द्रीय सचिवालय सदस्य तथा अन्तर्राष्ट्रिय ब्यूरो इन्चार्ज धर्मेन्द्र बास्तोला (क. कन्चन) सहित विवेक कुमाल र विश्वासको गिरफ्तारीको नेपाली जनप्रगतिशिल मोर्चा बेल्जियमले भर्त्सना गरेको छ । बास्तोला लागयतका ब्यक्तिहरुलाई नेपाल प्रहरीले २०७७ पौष २९ गते गिरफ्तार गरेको थियो ।

आफूलाई एक जिम्मेवार पार्टीको रुपमा उभ्याउदै कोरोना संक्रमणको शुरुवाती दिनबाट नै नेकपाले आफ्ना राजनैतिक आक्रामक गतिविधीहरुलाई स्थगन गरेको मोर्चाको भर्त्सना पत्रमा उल्लेख छ । उक्त पार्टीका नेता तथा कार्यकर्ताहरु देशभर शान्तिपूर्ण रुपले जनसेवामा जुटिरहेकोपनि उनीहरुले उल्लेख गरेका छन् ।

नेपाल सरकारलाई सामाजिक फाँसीवादी तथा दलाल सरकार भन्दै जनताको घरदैलोमा रहेका नेकपाका नेता तथा कार्यकर्ताहरुलाई गिरफ्तार गर्ने, यातना दिने र हत्यासमेत गर्ने गरेको उनीहरुको अारोप छ । “नेपाल सरकारको यो फाँसीवादी कदमको हामी घोर भ्रत्सर्ना गर्दछौं” पत्रमा उल्लेख छ ।

“पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा अन्तरराष्ट्रिय ब्यूरो इन्चार्ज धर्मेन्द्र बास्तोला (क कन्चन) सहित विवेक कुमाल र विश्वासलाई मिति २०७७ पौष २९ गते गरेको गिरफ्तारीलाई गैरकानुनी भन्दै कडा शब्दमा बिरोध गर्ने उल्लेख गरेका छन् । बास्तोला एक सच्चा वामपन्थी, बुद्धिजीवी विश्लेषक तथा चिरपरिचित व्यक्तित्व भएकाले उनी लगायत सम्पूर्ण राजनैतिक बन्दीहरुलाई यथाशीघ्र रिहा गर्न उनीहरुले माग गर्दै उनीहरुले भनेका छन् “नेपाली जनता अहिले यो असफल संसदीय ब्यवस्थाको जाँतोमा पिसिएको अवस्था छ । यो जनघाती, राष्ट्रघाती, परजीवी ब्यवस्थाको अन्त्य गरी संघीय जनगणतान्त्रिक सरकारको गठन गर्दै देशलाई वैज्ञानिक समाजवादी सत्तामा परिणत गर्ने महान अभियानमा रहेका नेता तथा कार्यकर्ताहरुको रक्षा र रिहाइको लागि पहल गरिदिन हुन राजनीतिक दल, मानवअधिकारकर्मी, बुद्धिजीवी, कानुन व्यवसायी, पत्रकार मित्रहरु लगायत सम्बन्धित सबैमा हामी हार्दिक अनुरोध गर्दछौं ।”

भर्त्सना पत्रमा जनप्रगतिशिल मोर्चाका नेताहरुले हस्ताक्षर गरेका छन् ।

तपाइँको प्रतिक्रिया