शुक्रबार, वैशाख १४, २०८१

बेलायती रुपको कोरोना ५० र अफ्रिकी रुपको २० देशमा फैलियो, विश्व स्वास्थ्य संगठनमा आपतकालिन बैठक

नेपाल प्लस२०७७ माघ १ गते २२:३०

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले बेलायती रुपको कोरोना भाइरस ५० देश र अफ्रिकी रुपको २३ देशमा पुगिसकेको आँकलन गरेको छ । भाइरसका उत्परिवर्तित (म्युटेड) रुपहरु विश्वभरि फैलिएपछि डब्ल्यूएचओले विहिवार विशेषज्ञहरुको आपतकालिन बैठक बोलाएको छ ।

थरिथरिका रुप बदलिएका थरिथरिका भाइरसको प्रसारले विश्वभरिका अधिकारीहरूलाई चिन्तित तुल्याएको छ । महामारीको पुनरुत्थान विरुद्ध लड्न लकडाउन, कर्फ्यू र खोप अभियानहरू संचालित छन् । तर त्यसले कोरोना भाईरसलाई सहजै पराजित गर्न सक्ने देखिन्न ।

बेलायत, दक्षिण अफ्रिका र अहिले ब्राजिलको अमेजन क्षेत्र हुँदै कोरोना भाइरसको नयाँ रूपहरू विश्वभर फैलँदै गएका छन् ।

भाइरसको पुनरुत्थानले चीनलाई पनि असर पुर्‍याइरहेको छ जसले महामारीलाई ठूलो मात्रामा नियन्त्रणमा लिएको थियो । तर गएको मेदेखि शान्त रहेको चीनमा बिहीबार कोरोनाभाइरसबाट पहिलो मृत्युको रेकर्ड भएको छ ।

विशेष गरी कोरोनाको बेलायती र दक्षिण अफ्रिकी संक्रामक रुपहरू अन्यभन्दा तिब्ररुपमा बढिरहेका छन् । बेलायतमा सुरुमा भेटिएको कोरोना भाइरसको रुप बिभिन्न ५० देशमा फेला परेको र अफ्रिकी रुपको कोरोना भाइरस २० देशमा फेला परेको अनुमान विश्व स्वास्थ्य संगठनले गरेको फँस २४ न्युजले उल्लेख गरेको छ । डब्ल्यूएचओले अहिलेको परिवर्तित भाईरसको रुपलाई गम्भिरतापूर्व नहेरिएको उल्लेख गरेको छ ।

कोरोना भाईरसको तेस्रो उत्परिवर्तित रुप ब्राजिलियन अमेजनबाट शुरु भएको र त्यसको निर्क्यल जापानले आइतवार गरेको थियो । यसले शरिरको प्रतिरक्षा प्रतिक्रियालाई धेरैनै असर गर्नसक्ने भन्दै डब्ल्यूएचओले “चिन्ताजनक रूप” उल्लेख गरेको छ ।

विशेष रूपमा यी उत्परिवर्तित भाईरसहरूबारे छलफल गर्नका लागि तत्काल बहसको आवश्यकता रहेको भन्दै डब्ल्यूएचओले विशेषज्ञ समितिलाई आग्रह गरेको छ । विशेषज्ञहरुको बैठक सामान्यतया प्रत्येक तीन महिनामा बसेपनि हाल कोरोना भाईरसका नयाँ रुपहरुको संक्रमणले गर्दा दुई हप्ता अगाडि बोलाइएको हो ।

वुहानमा डब्ल्यूएचओ अनुसन्धानकर्ताहरु

२०१९ को अन्त्यमा महामारी देखा परेको चीनले विहीवार कोरोनाभाइरसबाट आठ महिनापछि पहिलो मृत्युको घटना ब्यहोर्‍यो । यो हेबेई प्रान्तमा रेकर्ड गरिएको थियो । चीनका धेरै शहरमा हालसालै संक्रमणको प्रकोप देखा परेपछि नियन्त्रणमा राखिएको थियो । चिनियाँ स्वास्थ्य अधिकारीहरूले १३८ वटा नयाँ संक्रमणको रिपोर्ट गरेका छन् जुन मार्च पछि सबभन्दा उच्च संख्या हो ।

यो नयाँ मृत्युको रेकर्ड डब्ल्यूएचओ विशेषज्ञहरूको एक टोली बिहीबार वुहान (केन्द्र) मा आइपुगेपछि सार्वजनिक भएको हो जहाँ भाइरस पहिलो चोटि २०१९ को अन्त्यमा देखापरेको थियो । बिभिन्न देशका १० वैज्ञानिक यसमा अनुसन्धानको जिम्मेवार छन् । विशेषज्ञहरुपनि दुई हप्ताको क्वारेटाइनमा बसेर त्यसपछि वुहानको अनुसन्धान गरेका हुन्

युरोपमा महामारीको प्रकोप

८५ हजार भन्दा बढीको मृत्यु भएको युरोपले सबभन्दा नराम्रो प्रकोपको सामना गर्नुपरेको छ । बेलायतमा नयाँ रुपको भाईरस फैलावटले गर्दा बुधवार १,५६४ व्यक्तिको मृत्यु भएको छ जुन पछिल्लो अवस्थामा देखिएको सबैभन्दा डरलाग्दो संकेत हो ।

उता पोर्चुगलमापनि भाइरस तीव्र गतिमा फैलिरहेको छ । बुधवार एकै दिन १० हजार पाँच सय भन्दा बढिमा कोरोना भाइरस सरेको भेटिएको छ ।

छिमेकी स्पेनमा वुधवार ३९ हजारमा संक्रमित भएको छ । क्षेत्रीय नीतिनिर्माण मन्त्री क्यारोलिना डारियासको भनाइमा यो उच्च जोखिमको अवस्था हो ।

इटाली सरकारले आपतकाललाइ अप्रिल ३० सम्म विस्तार गर्ने आफ्नो अभिप्राय घोषणा गरेको छ । फ्रान्समा वुधवार २३ हजार नयाँ संक्रमित भेटिएका छन् । अब फ्रान्सलेपनि शनिवारदेखि साँझ छ बजेदेखिनै कर्फ्यु घोषणा गरेको छ ।

एएफपीका अनुसार डिसेम्बर २०१९ को अन्त्यमा भाईरस शुरुआत भएदेखि विश्वभरि कोभिड १९ महामारीबाट कम्तिमा १९ लाख ६३ हजार, ५५७ ब्यक्तिको ज्यान गएको छ ।

तपाइँको प्रतिक्रिया