शुक्रबार, वैशाख ७, २०८१

फ्रान्सले हरेक महिना १० लाख स्कूले विध्यार्थी र शिक्षकमा कोरोना परिक्षण गर्ने

नेपाल प्लस२०७७ माघ २ गते ०:०५

                                    फोटो- ल पारिजियाँ

वृद्दवृद्दाहरुमा परिक्षण गर्दै आएको फ्रान्सले अबदेखि स्कूले वालवालिका र शिक्षकहरुमा कोरोना परिक्षण गर्ने भएको छ । स्कूलका शिक्षक र स्कूले विध्यार्थीहरुगरि १० लाखमा हरेक महिना परिक्षण गर्ने फ्रान्सका स्वास्थ्य मन्त्री ओलिभिए भेरँले बताएका छन् । कोरोना भाइरसका परिवर्तित रुपहरु फैलिँदै गएपनि फ्रान्सले स्कूलहरु खुलै राख्ने निर्णय लिएको छ ।

स्वास्थ्य मन्त्रालयले कोरोना भाईरसको परिवर्तित रुपलाई नियन्त्रणमा राखेर स्कूलहरु खुल राख्ने उद्देश्य लिएको छ । स्वास्थ्य मन्त्री भेरँले हरेक महिना १० लाख स्कूले वालवालिका र शिक्षकहरुको कोरोना भाइरस परिक्षण गराउँदै बेलायती परिवर्तित रुपको भाइरससितसमेत लड्ने योजना बनाएको विहिवार मेडिया सम्मेलनमा बताएका छन् ।

“हामीले एउटा प्रोटोकल स्थापना गरेका छौं जसको लक्ष्य प्रति महिना १० लाख बच्चा र शिक्षकहरुको स्क्रीनिंग गर्ने हो । छ वर्षको उमेरदेखि वालवालिकाको परिक्षण गरिने छ जहाँ आवस्यकता देखिन्छ” भेरँले भने ।

“हामीलाई अहिलेसम्म थाहा छ कि भाइरस वास्तवमा बच्चाहरूमा बढी संक्रामक देखिन्छ । यो हामीले बेलायतमा देखेका छौं । धेरै गम्भिर नदेखिएपनि तुलनात्मक रुपमा उनीहरुमा बढि संक्रमण हुन्छ” उनले उल्लेख गरे ।

फ्रान्सका स्कूलहरु हाललाई खुलै राख्ने निर्णय गरेपनि यदि भाईरसको संक्रमणले बेलायतमा जस्तै रुप लिएमा स्कूल बन्द गर्न सकिने उनले उल्लेख गरेका छन् ।

वैज्ञानिक परिषदका अध्यक्ष प्रोफेसर जँ-फ्रँस्वा डेलफ्रेसीले बुधवार फ्रान्सइन्फोसित भने “अंग्रेजीरुपको उत्परिवर्तीत भाइरसले कति प्रतिशत प्रतिनिधित्व गर्छ भन्ने जान्न स्कूले वालवालिका र शिक्षकहरूमा परिक्षण लक्षित गरिएको हो ।” उनले यसो भन्दै मन्त्रीसित प्रतिवाद गरेका हुन् ।

डेलफेसीले बेलायती रुपको कोरोना भाइरस वालवालिकामा उति गम्भिर नभएको उल्लेख गरेका छन् ।

गत हप्ता प्रधानमन्त्री जँ कास्तेक्सले स्वास्थ्य अवस्था अत्यन्तै गम्भिर भएकाले स्कूलहरु बन्द गर्नु उचित हुने प्रतिक्रिया दिएका थिए । पछिल्लो स्वास्थ्य नतिजा एकदम नाटकीय भएको उनको भनाई थियो ।

तपाइँको प्रतिक्रिया

फेसबुक