बिहीबार, चैत १५, २०८०

सामाजिक घोटलाको आरोपपछि नेदरल्याण्डका प्रधानमन्त्रीद्वारा राजिनामा

नेपाल प्लस२०७७ माघ २ गते १८:२५

नेदरल्याण्ड्सका प्रधानमन्त्री मार्क रुट्टेले बाल कल्याणमा घोटालाको आरोप लागेपछि आजै शुक्रबार आफ्नो सरकारबाट राजीनामा घोषणा गरेका छन् । संसदीय प्रतिवेदनका अनुसार हजारौं परिवारलाई अवान्छित तरिकाले सहयोग दिएको भन्दै ठगीको आरोप लगाइएको छ ।

एक असफल प्रशासन द्वारा हजारौं परिवारलाई बर्बाद गर्न प्रेरित गरेको बह्न्दै वाल कल्याण घोटालाका नाममा आरोप अलगेको हो । हेरचाहकर्ता र सुसारे (केयरगिभर) को व्यवस्थापनमा गम्भीर असक्षमता भएको भन्दै संसदीय प्रतिवेदन प्रकाशित भएपछि नेदरल्याण्ड्सका प्रधानमन्त्रीले शुक्रवार आफ्नो सरकारको राजीनामा घोषणा गरेका हुन् ।

“कानूनको शासनले आफ्ना नागरिकहरूलाई सर्वशक्तिमान सरकारबाट जोगाउनु पर्छ । यो भयंकर ढंगले असफल भएको छ” मार्क रुट्टेले एक पत्रकार सम्मेलनमा राजा विलेम-अलेक्ज्याण्डरसमक्ष राजीनामा पेश गरेको पुष्टि गर्दै भने ।

डच न्युज डट एन एलका अनुसार हजारौं परिवारहरूलाई गलत ढंगले ठगि गरेर परिवार भत्ताको आरोप लगाइएको छ । तिनीहरूलाई क्षतिपूर्ति दिन बाध्य हुनु अघि तीमध्ये केहीलाई गम्भीर वित्तीय समस्यामा डुबाएको आरोपसमेत लागेको छ । उनीहरूमध्ये धेरैलाई दोहोरो नागरिकताका आधारमा जातीय ट्याग भिराइएको आरोपपनि छ ।

सरकार सन्चालक चार केन्द्र र दक्षिणपन्थी पार्टीहरूले सम्भावित राजीनामा मागबारे छलफल गर्न यसअघि भेटघाट गरेका थिए । रुट्टे सन् २०१० पछि प्रधानमन्त्री छन् र उनी सबैभन्दा लामो समयसम्म युरोपेली युनियनमा सेवा गरिरहेका नेता मध्ये एक हुन् । उनले यस अघि चौथो कार्यकालको लागि पनि अगाडि बढ्ने घोषणा गरेका थिए ।

डिसेम्बरमा प्रकाशित एउटा संसदीय अनुसन्धान रिपोर्टले के स्थापित गरेको छ भने अधिकारीहरूले छानबिनपछि सन् २०१३ देखि २०१९ को बिचमा झूटो आरोप लागेका हजारौं परिवारको भत्ता अन्त्य गरेका थिए। गलत तरिकाले लिएको त्यस्तो भत्ता उनीहरुलाई केहि वर्षको भाका दिएर फिर्ता गर्न बाध्य पारिएको थियो । केहिले प्रतिगामी तरिकाले झुठो बिवरण पेश गर्दै हजारौं युरो लिएका थिए ।

केहि मन्त्री लगायत वरिष्ठ राजनीतिक नेताहरूलाई के आरोप लागेको छ भने यसरि गलत तरिकाले सहयोग लिएकोमा उनीहरू सचेत थिए । तर उनीहरुले त्यसमा बिरोध गर्नुको साटो आफ्नो आँखा बन्द गर्न रुचाए ।

यो मुद्दा मार्च १७ मा हुने विधायिकाको चुनावभन्दा दुई महिनाअगाडि कोरोना भाईरस स्वास्थ्य संकटकालकाको बिचमा आएको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक