शुक्रबार, वैशाख १४, २०८१

परराष्ट्र मन्त्रीको दिल्ली भ्रमण कुबेलाको सावित : ‘न चुच्चे नक्शा’ बहसमा, न कोरोना भ्याक्सिनको टुंगो

नेपालप्लस कुटनीतिक संवाददता /काठमाडौं२०७७ माघ २ गते १८:४१

गत वर्ष भारतीय विदेश मन्त्री एस. जयशंकर काठमाडौं उत्रँदा नेपाल सरकारले आफ्ना उपप्रधानमन्त्री पोर्टफोलियोका मन्त्रीलाई स्वागत द्धारमा हरदम उभ्याएको थियो । तर, विहिबार नेपालका परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली दिल्ली उत्रँदा भारतीय विदेश मन्त्रालयका शाखा अधिकृतसम्म पनि फूलमाला लिएर स्वागतमा देखा परेनन् । उमेरमा ८० टेकेका दिल्लीस्थित नेपाली राजदूत निलाम्बर आचार्य मात्रै फूलमाला लिएर दिल्ली अन्तर्राष्ट्रिय बिमानस्थलमा देखा परे । हेर्दै दयनीय दृष्य !

मन्त्री ज्ञवाली दिल्ली उत्रँदै गर्दा भारतीय विदेश मन्त्रालयले आयोजना गरेको नियमित विहिबारे पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नेपालका परराष्ट्र मन्त्री ज्ञवालीको ३ दिने दिल्ली भ्रमणबारे त जानकारी दिए नै । योभन्दा अघि बढेर कालापानी वा लिम्पियाधुरा बारेको छलफल मन्त्रीस्तरीय संयन्त्र बैठकमा हुन नसक्ने जानकारीसमेत गराए ।

यता काठमाडौंमा परराष्ट्र मन्त्री ज्ञवालीको दिल्ली भ्रमणका क्रममा सिमा समस्या बारेमा कुरा हुने, लिम्पियाधुरा सहितको भूभाग व्यवहारमैं फिर्ता ल्याइने भनेर प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले निरन्तरजसो अन्तर्वार्ता दिइरहेपनि त्यो राजनीतिक ‘स्टन्टबाजी’ बाहेक केहि सावित हुन सकेन । सिमा विवादको विषय मन्त्रीस्तरीय संयन्त्र बैठकमा
उठेपनि ‘यो विषय सचिवस्तरीय समितिले भविष्यमा निक्र्यौल गर्ने’ भन्दै पन्छाइएको थियो ।

यसबाहेक, मन्त्री ज्ञवालीको भ्रमण नेपाललाई तत्काल ४० लाख कोरोना भ्याक्सिन उपलब्ध गराउने सहमतीका दिशामा निर्णय गराउन केन्द्रित थियो । तर, यसपटक पनि भारतले अरु आफ्ना छिमेकी श्रीलंका र बंगालादेशलाई झैं
‘प्राथमिकतामा राखेर भ्याक्सिन’ उपलब्ध गराइने मात्रै भनेर ओठे प्रतिबद्धता सुनाएको छ ।

यस्तै, दुइ सरकारका प्रधानमन्त्रीकै सहमतीमा बनेको प्रबुद्ध समुहको रिपोर्ट (इपीजी) बुझ्नेबारेमा पनि संयन्त्र बैठकमा कुनै चर्चा भएन । एकदमैं अमुर्त रुपमा उर्जा, जलस्रोत, सिंचाइ, बिकास, निर्माण, पेट्रोलियम, सडक, रेल्वे आदि विषयमा कुराकानी भएको छ भन्दै दिल्लीको नेपाली दुतावासले बिज्ञप्ती जारी गरेको छ ।

नेपालको पुरानै नक्शा अगाडि उभिएर संवोधन गर्दै ज्ञवाली, हेर्नुस रातो घेरोमा । फोटो- कान्तिपथ

शुक्रबार मन्त्रीस्तरीय बैठकपछि भारतीय विदेश मन्त्रालय मातहतको थिङ्ख–ट्यांक आइसीडब्लुमा मन्तव्य दिने क्रममा पनि मन्त्री ज्ञवालीलाई जानजानी ‘मानमर्दन’ गरिएझैं देखियो । उक्त कार्यक्रममा बनाइएको तुलमा नेपालको पुरानै नक्साको उपयोग गरिएको थियो, जबकि चुच्चे–नक्सालाई नेपालले संविधानमा समेत मान्यता दिइसकेको छ । ज्ञवालीले नेपालको पुरानै नक्शा अगाडि उभिएर संवोधन गरेका थिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षा मन्त्री राजनाथ सिंह, गृह मन्त्री अमित शाहलगायतका नेतासँग भेट हुने भनेर पर्खिरहेका मन्त्री ज्ञवाली शनिबार अपरान्ह काठमाडौं फर्किने छन् । तर, भारतले वर्तमान केपी ओली सरकारको ‘कामचलाउ स्थिती’ र राजनीतिक असन्तुलनको स्थिती हेरिकन कुनै प्रकारको सहयोग वा सम्झौता गर्नमा कहींकतै पनि अग्रसर नभएको स्पष्ट संकेत देखिएको छ ।

मन्त्री ज्ञवाली काठमाडौंबाट दिल्ली जाने बिहान (विहिवार) मात्रै दिल्लीले मन्त्री ज्ञवालीको भ्रमण हुन लागेको ‘अनिच्छाको अर्थपूर्ण’ बिज्ञप्ती सार्वजनिक गर्नासाथै यो भ्रमण कामचलाउ सरकारको कामचलाउ मन्त्रीले गरेको स्पष्ट भैसकेको थियो । तैपनि मन्त्री ज्ञवाली आफ्ना एक दर्जन अधिकारी लिएर दिल्ली गएरै छाडे ।

तपाइँको प्रतिक्रिया