शनिबार, वैशाख ८, २०८१

कोरोना खोप बितरणमा चार हप्ता ढिलाई, युरोपेली नेताद्वारा फाईजरको निन्दा

नेपाल प्लस२०७७ माघ २ गते १९:५०

पर्याप्त उत्पादन क्षमताको अभाव भएको भन्दै अमेरिकी प्रयोगशाला फाइजरले आफ्नो खोपको आपूर्ति ढिलो गर्ने निर्णय गरेपछि केहि युरोपेली देशका नेताहरुले त्यसको बिरोध गरेका छन् । बिरोधमा उत्रिन नसकेका अन्य देशले भित्रभित्रै पत्र लेखेर चिन्ता जाहेर गरेको भन्दै घुमाउरो तरिकाले आपत्ती जनाएका छन् । फाइजरले समायोजन गर्न समय लाग्ने बताएपछि यो ढिलाई धेरै हप्तासम्म रहन सक्ने भन्दै ईयु नेताहरुले चिन्ता ब्यक्त गरेका छन् ।

युरोपेली संघका छ वटा देशका स्वास्थ्य मन्त्रीहरूले आजै शुक्रबार जनवरी १५ मा अमेरिकी खोपको आपूर्तिमा अस्थायी रुपमा ढिलो हुने अमेरिकी प्रयोगशाला फाइजरले घोषणा गरेपछि संयुक्त पत्र लेख्दै निन्दासमेत गरेका छन् ।

डेनमार्क, इस्टोनिया, फिनल्यान्ड, लिथुआनिया, लात्भिया र स्वीडेनका मन्त्रीहरूले पत्रमा “अस्वीकार्य अवस्था” भन्दै निन्दा गरेका हुन् । यो ढिलाईले खोप प्रक्रियाको विश्वसनीयतालाई नकारेको भनाई तिनको छ ।

ईयूका देशहरूमा फाईजर र बायोटेक कोरोना खोपको यस अघि निर्क्यौल गरिएको योजनाबद्ध वितरण अनुसार नभइ तिन देखि चार हप्ता ढिलो हुने जर्मन स्वास्थ्य मन्त्रालयले जनाएको छ । खोप उत्पादन प्लान्टमा निर्माण कार्य हुने भएकाले ढिलाई हुने बताइएको छ ।

“युरोपेली आयोग र यसमार्फत ईयूका सदस्य राष्ट्रहरूलाई सूचित गरिसकिएको छ कि फाईजरले आगामी तीन देखि चार सातासम्म बेल्जियमको प्लान्ट द पुउर्समा नवनिर्माणका कारण प्रतिबद्ध गरिएका खोपको मात्रापनि वितरण गर्न सक्ने छैन” जर्मन स्वास्थ्य मन्त्रालयको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

खोप उत्पादनमा कमी आउने भएपनि पहिलो क्वाटरमा ईयुले अपेक्षित गरेका र सहमती गरेका डोजहरू योजनाबद्ध रूपमा वितरण गर्ने आस्वासन फाईजरले दिएको युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले शुक्रबार बताएकि छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक