शुक्रबार, वैशाख १४, २०८१

यि हुन एन्जेला मार्केल पछिको नेत्रित्व लिने जर्मन नेता

नेपाल प्लस२०७७ माघ ३ गते १६:२०

                   फोटो- बिल्ड डट डिई

विश्वमै चर्चित, अति शक्तिशाली मानिएकि जर्मनीका चान्सलर एन्जेला मार्केलले राजनितिबाट बिदा लिँदै छिन् । सन् २००५ देखिनै जर्मनी र युरोपेली युनियनलाईसमेत कुनै न कुनै तरिकाले नेत्रित्व दिएकि उनको स्थान कसले लेला ? सर्वत्र चासो र खुल्दुलि थियो । अन्तत एन्जेला मार्केलको कन्जरभेटिभ पार्टी क्रिस्चियन डेमोक्रेटिक युनियन (सि डि यु) ले ६० वर्षिय आर्मिन लास्सेतलाइ पार्टीको अध्यक्षमा चुनेको छ ।

जर्मन चान्सलरको सीडीयूले शनिबार नेतृत्वकर्ता एन्जेला मार्केलको उत्तराधिकारी आर्मिन लाचेतलाई आजै शनिवार नियुक्त गरेको हो ।

आर्मिन लासेत मार्केलकै लाईन वा उनीसितै बिचार मिल्ने नेता हुन् । उनी जर्मनीमा कन्जर्भेटिभ पार्टी सीडीयूको अध्यक्षमा निर्वाचित भएका हुन् । आत्मविश्वासलाई प्रेरित गर्ने लासेतसँग क्षेत्रीय सरकार प्रमुखको राम्रो अनुभव छ ।

सोर्बोन विश्व विध्यालयका प्राध्यापक हेलेन मियार्द दलाक्वाले फँस न्युज २४ लाइ बताए अनुसार लासेत एन्जेला मार्केलको सबैभन्दा निकट र विश्वासिला थिए । मार्केलले उनको राजनितिक ब्यक्तित्व विकासमा सहयोग गरेकि थिईन् । उनी अन्य युरोपेली प्रबहवशाली नेता जस्तै सबल छन् । लासेतले लामो समयदेखि मार्केलको निरन्तरताको पक्षमा काम गरेका थिए ।

अध्यक्षको निर्वाचनकालागि १००१ प्रतिनिधीलाई मतदानकालागि बोलाइएको थियो । त्यसमा उनले ५२१ भोट ल्याएर बिजयी भए । उनका प्रतिद्वन्धी फ्रेदेरिक मेर्जले ४६६ मत ल्याए । बाँकि १४ मत के भयो भन्ने चहैँ रिपोर्टा खुलाइ एको छैन ।

कोरोना भाइरसको स्वास्थ्य संकटले अन्यथा नभए आगामी सेप्टेम्बरमा निर्वाचन हुने छ जर्मनीमा । त्यो निर्वाचनमा अब आर्मिन लास्चेत पार्टीको तर्फबाट चान्सलरमा उमेदवार हुने छन् ।

यो चुनाव जर्मनीको भविष्यका लागि निर्णायक हुने छ । उमेरले ६० वर्षका लास्सेतलाई यो निर्वाचनमा विजेता भएर कन्जरभेटिभ पार्टीको तर्फबाट देशको नेत्रित्व गर्ने अवशर छ । एन्जेला मार्केलको सफल नेत्रित्वका कारण जर्मनीमा सिडियु पार्टी लोकप्रिय छ । २००५ देखिनै सत्तामा रहेकिएन्जेला मार्केलको उत्तराधिकारी हुने राम्रो अवशर छ लास्सेतलाई भने सिडियो पार्टीको बर्चस्व कायम गर्ने अवशरपनि हो यो ।

तपाइँको प्रतिक्रिया

फेसबुक