बिहीबार, वैशाख १३, २०८१

सरकारको “सुरक्षा कानून” बिरूद्ध फ्रान्सका ८० ठाउँमा प्रदर्शनी

नेपाल प्लस२०७७ माघ ३ गते १७:४९

फोटो- लेस्त रेपुब्लिक्याँ

शनिबार फ्रान्सको राजधानी पेरिस लगायत देशका विभिन्न शहरमा सरकारको प्रस्तावित कानून “बृहत सुरक्षा” को विरोधमा दर्जनौं जुलुसहरू आयोजना गरिएको छ । यस कानुनमा विशेष गरी प्रहरी अधिकारीहरूको छविलाई दुर्व्यवहारपूर्ण ढंगले प्रचार गरेको आरोपमा दण्ड दिइने भन्ने उल्लेख छ ।

“व्यापक सुरक्षा” विधेयकका विरोधीहरूले आज शनिबार फ्रान्सभरि प्रदर्शन गरिरहेका छन् । संघको संघसंस्था र युनियनहरूको आह्वानमा यो बिरोध आयोजना गरिएको हो । प्रहरी हिंसा बिरूद्ध प्रदर्शन गर्ने स्वतन्त्रताको बिरूद्ध र जन निगरानीको बिरूद्ध” करिब ८० वटा प्रदर्शन गर्ने योजना बनाईरहेका छन् जसले विशेष गरी प्रहरी छविको प्रसारलाई प्रतिबन्धित गर्दछ ।

स्वतन्त्र पार्टी र संघ संस्थाका ब्यक्तिहरु आन्दोलनको लागि पेरिस, बोर्दो, लिल, नँत, लियोँ, लिल, सँ एतियन लगायतका धेरै शहरमा सामेल हुने कार्यक्रम छ । यो पटक विरलै देखिने एकता कायम भएको मेडिया रिपोर्टहरुमा उल्लेख छ । सरकारले अनौठो खालको दमन निति ल्याएकाले त्यसका बिरूद्ध साझा मोर्चा बनेको भनाई सामाजिक अभियन्ताहरुको छ ।

स्वतन्त्रताको रक्षाको लागि अभूतपूर्व परिचालन हुँदापनि सरकारले त्यो कानुन फिर्ता लिनेबारे सोचेको देखिन्न । यो आन्दोलनले फ्रान्सको लीग अफ ह्युमन राइट्स, एम्नेस्टी इन्टरनेशनल जस्ता संगठनहरू समेतलाई एकिक्रित गरेर ल्याएको छ । त्यसबाहेक धेरै संघसंस्था, पत्रकार र विभिन्न निकायका निर्देशकहरूसमेत समावेश छन् ।

यो विधेयक राष्ट्रियसभामा पहिलो पटकमै पारित भइसकेको हो । मार्च महिनामा प्रतिनिधी सभामा जाने छ । यो विधेयकले कानूनको शासन, नागरिक, संसद, न्याय र प्रेस द्वारा अधिकारीहरुको नियन्त्रणको सम्मानमा प्रभाव पार्छ । संघहरुलाई रेखांकित गर्दछ । जनसंख्याको निगरानी गर्ने कुरालाई अपवादका रुपमा राख्नुपर्ने हो । तर सरकारले त्यसमा जबर्जस्ति गरिरहेको छ ।

उनीहरुले अझै पनि धेरै प्रावधानहरु फिर्ता लिनु आवश्यक छ । सरकारले कम्तिमा दफा २४ हटाउनुपर्ने देखिन्छ । यो दफाले प्रहरी अधिकारीहरुको छविलाई दुर्व्यवहारपूर्ण प्रसारको आरोप लगाएर दण्ड दिन्छ ।

राष्ट्रपति इमानुएल आख्रोंले पैदल यात्रीको गतिबिधी लिन क्यामेरा र ड्रोनको प्रयोग गर्न पाउने दफा २१ र २२ लाई लक्षित गरेका छन् । यो दफाले प्रहरीहरुलाई बाटोमा हिँडिरहेका पैदल यात्री, सार्वजनिक स्थलका ब्यक्तिहरुको समेत गतिबिधी खिचेर प्रहरीले प्रयोग गर्न पाउँछ । यसले सुरक्षाका हिसावले नयाँ राष्ट्रिय योजनालाई पनि लक्षित गर्दछ । प्रहरीले सार्वजनिक प्रदर्शन भएका बेला मिडिया कभरेज सीमित गर्न दबाब दिने बुँदापनि सेक्युरिटी कानुनमा छ ।

पेरिसमा कार्यक्रम दिउँसो २ बजेबाट शुरु भएको छ । प्लास दोमेनिलबाट शुरु भएर बास्ति पुग्ने छन् प्रदर्शनकारीहरु । यस्तो बिरोध रेन, नँत, क्यान, रुवँ, ल आब्र, लियोँ, क्लेरँफेरँ र डिजोँमा पनि हुनेछ ।

“सरकारले बिग्रँदो आर्थिक र सामाजिक अवस्थाको मौअक छोपेर स्वतन्त्रताको बिरूद्ध कदम चालिरहेको छ” फ्रान्सको सबैभन्दा ठूलो मजदूर संगठन सीजीटीको जिरोन्द क्षेत्रका विभागीय सचिव स्टेफन ओबेको भनाई छ ।

फ्रान्समा मानव अधिकार सम्बन्धी अधिकारवाला, मानव अधिकार सम्बन्धी राष्ट्रिय परामर्शदाता आयोग, विदेशमा संयुक्त राष्ट्र संघका विशेष प्रतिनिधिहरु र मानव अधिकार सम्बन्धी युरोपेली आयुक्तले यस विधेयकको कडा आलोचना गरेका छन् ।

तपाइँको प्रतिक्रिया